एमाले मिसन ग्रासरुटः माओवादी र समाजवादीका नेताहरू एमाले प्रवेश

एमाले मिसन ग्रासरुटः माओवादी र समाजवादीका नेताहरू एमाले प्रवेश

रामजीप्रसाद लम्साल

@ramji lamsal

२०७९ चैत १८ गते शनिवार १०:२०

पोखरा ।  नेकपा ( एमाले ) पोखरा महानगर वडा न ३३ मा ने क पा एस र माओवादी केन्द्रका प्रभाबशाली नेता , कार्यकर्ताहरू  एमालेमा प्रबेश गरेका छन । उक्त वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अन्तर्गत वडास्तरिय विशेष अभिमुखिकरण  कार्यक्रममा...

पोखरा ।  नेकपा ( एमाले ) पोखरा महानगर वडा न ३३ मा ने क पा एस र माओवादी केन्द्रका प्रभाबशाली नेता , कार्यकर्ताहरू  एमालेमा प्रबेश गरेका छन ।

उक्त वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अन्तर्गत वडास्तरिय विशेष अभिमुखिकरण  कार्यक्रममा ने क पा एस  कास्की जिल्ला कमिटी सचिबालय सदस्य टुकराज भण्डारी  र   माओवादी केन्द्र पोखरा महानगर कमिटी  सल्लाहकार  बद्रीनाथ आचार्य, समाजबादी युबा संघ गण्डकी प्रदेश कमिटी सदस्य  रबि प्रसाद आचार्य ,वडा कमिटी सदस्य मीन बहादुर नेपाली ,प्रबिण आचार्य ,  सुमन पौडेल , रामेश्वर बस्टाकोटी,,कृष्ण प्रसाद पौडेल सहितका दर्जन बढी  नेता  कार्यकर्ताहरू एमालेमा समाहित  हुनुभएको हो । उहाँहरूलाइ  एमाले केन्द्रिय कमिटी सदस्य तथा अभियानका पोखरा महानगर कमिटीका लागि केन्द्रिय प्रतिनिधि मायानाथ अधिकारी , केन्द्रिय सदस्य बिद्या भट्टराई ,  पार्टीका प्रदेश कमिटी उप सचिब रश्मि आचार्य ,प्रदेश कमिटी सचिबालय सदस्य तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख  लिलाधर पौडेल सहितका नेताहरूले स्वागत गर्नुभएको थियो।

 पार्टीमा समाहित हुदै ने क पा एस जिल्ला कमिटी  सचिबालय सदस्य टुकराज भण्डारीले अब कुनै पनि बहकाबमा   नलागी सक्षम कार्यकर्ता  निर्माण गर्दै जनताको  प्यारो र  बिकासको अगुवा पार्टी  एमालेमा कृयाशिल हुने प्रतिक्रिया दिनुभयो। साबिक भरत पोखरी गा बि स रहदा सो पार्टीका  सचिब  समेत  रहेका भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रबाह एमालेमा गोलबन्द हुन सम्पूर्ण जनतालाइ आभ्हान गर्दै एमालेमा सबैलाई समाहित गर्ने अभियानमा सक्रियतापूर्बक लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

कार्यक्रममा  माओवादी केन्द्र पोखरा महानगर कमिटी  सल्लाहकार  बद्रीनाथ आचार्यले  माओवादी केन्द्र कम्युनिस्ट आन्दोलनबाट बिचलित भएको र  र  देश बिकासलाइ तिलान्जली दिएर नीति र सिद्धान्तहिन पार्टी बनेको भन्दै   समृद्धि र बिकासको नेतृत्व गर्ने पार्टी  एमालेमा समाहित भएर अगाडि बढ्नुको बिकल्प नभएको उल्लेख गर्नु  भयो।

सो भेलामा पार्टिका प्रदेश कमिटी सचिबालय सदस्य टिकाराम पगेनी ,  जिल्ला कमिटि कास्किका उपाध्यक्ष तेज नारायण अधिकारी ,एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने ,जिल्ला कमिटी सचिबालय सदस्य शिव प्रसाद आचार्य ,लगायतको उपस्थिति रहेको पार्टीका  गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनु भयो।

 वडा कमिटी अध्यक्ष दिपक राज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन  वडा कमिटिका कार्यबाहक सचिब रमेशराज आचार्यले गर्नुभएको थियो।

प्रकाशित मिति २०७९ चैत्र १८, शनिबार २२:२० गते
हजुरको प्रतिक्रिया