
हेल्सिन्की– फिनल्यान्डमा भएको संसदीय चुनाव प्रधानमन्त्री सन्ना मरिनको पार्टी तेस्रो स्थानमा झरेको छ । युरोपेली मुलुक फिनल्यान्डको समाचार संस्था रोयटर्सका चैत १९ गते सार्वजनिक भएको २ सय सदस्यीय संसदको अन्तिम मत परिणाममा ३७ वर्षीया मरिनको दल सोसियल डेमोक्र्याटिक पार्टीले ४३ सिट मात्र जितेको छ ।
प्रधानमन्त्रीका लागि तीन दिनसम्म चलेको निर्वाचनमा यी दुई प्रतिष्पर्धीको मत तलमाथि भइरहेको थियो । मतगणनाको सुरुवाती चरणमा पेट्रीभन्दा साना मारिन् अगाडि थिइन् । तर, त्यसपछि भने विस्तारै कन्जरभेटिभ पार्टी अगाडि बढ्यो र अन्ततः पेट्री ओर्पोले जित हासिल गरेका हुन् । फिनल्याण्डको कन्जरभेटिभ पार्टीका नेता पेट्री ओर्पोले वर्तमान प्रधानमन्त्री सान्ना मारिनलाई पराजित गर्दै प्रधानमन्त्रीको चुनाव जितेका हुन् ।
सन् २०१९ मा संसारकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी मरिन यो निर्वाचन परिणामसँगै तत्काल दोस्रो कार्यकाल प्रधानमन्त्री नबन्ने पक्कापक्की जस्तै भएको छ । संसारभर चर्चा पाएकी मरिन सरकारको कार्यशैलीप्रति परम्परावादी फिनिस नागरिक असन्तुष्ट रहेको देखिएको छ । मरिनको दलले वामपन्थी विचारधारा अँगालेको थियो ।
अब नेशनल कोअलिसन पार्टीका नेता पेटेरी ओर्पोले फिनल्यान्डमा गठबन्धन सरकार बनाउने छ । अब प्रधानमन्त्री बन्न लागेका ओर्पो दक्षिणपन्थी विचारधाराका हुन् । प्रतिष्पर्धीहरूभन्दा धेरै मत पाएर जित हासिल गरेका ओर्पोले आफूले सबैभन्दा ठूलो जनादेश पाएको भन्दै खुसी व्यक्त गरेका छन् । जितपछि ओर्पोले भने, ‘हामीले सबैभन्दा ठूलो जनादेश पाएका छौँ ।’
घोषित निर्वाचन परिणाम अनुसार सबैभन्दा धेरै सिट जितेको नेशनल कोअलिसन पार्टीले ४८ सिट जितेको छ । दोस्रो स्थानमा रहेको फिन्स पार्टीले ४६ सिट जितेको छ । सार्वजनिक भएको मत परिणाम अनुसार ओर्पोले २०.८ प्रतिशत, फिनल्याण्डको पपुलिस्ट पार्टीले २०.१ प्रतिशत मत प्राप्त गरेको छ । डेमोक्रेटिककी नेतृ साना मारिनको पार्टीले १९.९ प्रतिशत मत प्राप्त गरेको छ ।
उता, ओर्पोले जीतको दावी गरेपछि सान्ना मारिनले जनादेश स्वीकार गर्दै यो लोकतन्त्रको जवाफ भएको भन्दै बधाई दिएकी छन् । उनले भनिन्, ‘निर्वाचन जित्नेलाई बधाई, फिनस पार्टीलाई बधाई । यो लोकतन्त्रको जवाफ हो ।’
प्रकाशित मिति २०७९ चैत्र २०, सोमबार १७:०९ गते