यो वर्ष सहकारी दिवसको नारा ‘सहकारी मार्फत समृद्ध विश्व निर्माण गर्ने’ रहेको छ ।
नेफ्स्कुनले तीन खर्ब ७० अर्ब परिचालन गरेको छ
लमजुङ– बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह आर्यालले बचत सहकारीहरू विधिसम्बत रुपमा चल्नु पर्ने बताउनु भएको छ । उहाँले ६६ औं सहकारी दिवसको अवसरमा सदरमुकाम बेसीशहरमा आयोजित दिवसकोऔपचारिक रुपमा उदघाटन गर्दै चैत २० गते त्यस्तो बताउनु भएको हो ।
उहाँले विधि अनुसार चल्ने सहकारीहरू डुब्दैनन् र सेयर सदस्यलाई सताउँदैनन् भन्ने आफ्नो विश्वास रहेको उल्लेख गर्दै पारदर्शीता यसको मुल सिद्धान्त हो, त्यसको अवलम्बन सबै सहकारीले गनुृ पर्छ भन्नुभयो । उहाँले सहकारीका सञ्चालकहरू ठालु बन्ने, आफूलाई ठूलो ठान्ने र शेयर सदस्य दास बन्ने शैली र प्रवृत्ती सहकारीमा मौलाउन नहुने हो तर कतैकतै त्यस्तै प्रवृत्तीका कारण केही सहकारी संकटमा परेको पाइएको उल्लेख गर्नु भयो । यसका सैद्धान्तिक ज्ञान राख्ने र व्यवहारिकता सबै सहकारीले गर्नु पर्छ उहाँले भन्नुभयो । सहकारीका समस्या साधानका लागि प्रशिक्षणको आवश्यकताको महसुस गरी नगरपालिकाले यसको आयोजना गरेको हो उहाँले बताउनु भयो । थप सहयोग गर्न नगरपालिका तयार छ तर विधि संवत् रुपमा सहकारीका सिद्धान्त अनुरुप चल्नु पर्छ भन्नेमा उहाँले जोड दिनुभयो ।
नगरपालिकाले समस्या ग्रस्त र कहिल्यै वार्षिक साधारण सभा नगर्ने सहकारीहरू बन्द गर्नुको विकल्प नगरपालिकासँग नभएको चेतावनी दिनु भयो ।
सो नगरपालिकाका उपमेयर पद्मा गुरुङले सहकारी संस्थालाई के कसरी अघि बढाउन सकिन्छ भनेर कार्य विधि तयार गर्ने र बेसीशहर नगरपालिका क्षेत्र भित्र रहेका सबै सहकारीको एक छाता संगठन बनाउने गरी नगरपालिका अघि बढेको जानकारी दिइन् । उहाँले सहकारीले बिना झन्झट सेयर सदस्यको काम गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेफ्स्कुन)का केन्द्रीय कार्यकारी निर्देशक प्रकाश पोखरेलले आफ्नो संस्थाले तीन खर्ब ७० अर्ब परिचालन गरेको बताउनु भएको छ । उहाँले आफू सहकारीमा सुशासन, स्वनियमन र प्रभावकारी सञ्चालनको सन्देश लिएर मुलुकभर हिडेको उल्लेख गर्नुृ भयो । उहाँले भन्नुभयो, ‘आर्थिक संवेदनशीलता यसको मूलमर्म हो र अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार चल्ने हो भने सहकारी संस्थाहरू कहिल्यै डुब्दैनन् र सेयर सदस्यहरूलाई धोका हुँदैन हामी त्यही अभियानमा सचेतनाका कार्यक्रम चलाई रहेका छौं ।’ त्यसैले ‘सहकारी मार्फत समृद्ध विश्व निर्माण गर्ने’ यस वर्षको सहकारी दिवसको नारा रहेको जानकारी दिनुभयो ।
उहाँले नेपालमा सहकारी संस्थाहरू मार्फत परिचालित पूँजी सात खर्ब रहेको जानकारी दिनुभयो । त्यो रकममध्ये बचत तथा ऋण सहकारी संस्थाहरूका साथमा साढे चार खर्ब रहेको र त्यसमध्ये पनि तीन खर्ब ७० अर्ब रुपैयाँ नेफ्स्कुनमार्फत परिचालनमा रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘मुलुकभर १७ हजार तीन सय संस्था र ३७ लाख सदस्य रहेका छन् । तीमध्ये करिब एक प्रतिशत अर्थात एक सय ५० वटा संस्थाहरू समस्या ग्रस्त रहेको आंकलन छ तर एकिन तथ्यांक भने छैन ।’
नेफ्स्कुनका शाखा अधिकृत नवीनराज दाहालले सबैसँग सहकार्य गर्ने नीति सहकारीको रहेको उल्लेख गर्दै मितव्ययिता, सहार्दिकताबाट सहकारीको भावना जागृत गर्नु सहकारीको मूल मर्म हो भन्नुभयो ।
बचत तथा ऋण सहकारी संस्था बेसीशहर समन्वय समितिका अध्यक्ष ताराराज घलेको अध्यक्षतामा भएको सो कार्यक्रममा उहाँले सहकारीको व्यवस्थापन गर्न नजान्दा, नसक्दा र नचाहदा केही सहकारीमा समस्या सिर्जिएको भए पनि भाग्ने नियत कुनै पनि सहकारी संस्थाको नभएको बताउनु भयो । किनकि, बेसीशहरका सबै सहकारीहरू समुदायमा आधारित छन् त्यसैले यहाँका सञ्चालकहरू भाग्दैनन् भन्ने उहाँको दावी थियो । यस्तो सन्देश दिन सञ्चारकर्मीमा आग्रह छ उहाँले भन्नुभयो ।
उक्त कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव हिरा रावलले गर्नु भएको थियो । उहाँले बेसीशहरमा रहेको समन्वय समितिमा आवद्ध १९ संस्थाका सञ्चालक समितिका पदाधिकारीहरू तथा कर्मचारीलाई संयुक्त रुपमा प्रशिक्षण गरिएको जानकारी दिनुभयो ।
आज दिन भर चलेको सो प्रतिक्षणमा नेफ्स्कुनका केन्द्रीय कार्यकारी निर्देशक प्रकाश पोखरेल र नेफ्स्कुनका शाखा अधिकृत नवीनराज दाहालले प्रशिक्षण दिनु भएको रावलले जानकारी दिनु भयो । उहाँका अनुसार प्रशिक्षणमा बेसीशहर क्षेत्रका सहकारी संस्थाका करिब दुई सय सहभागी छन् ।
उक्त कार्यक्रम शुरु हुनु अघि कार्यक्रमका सहभागीहरूको र्यालीले प्लेकार्ड सहित बेसीशहर बजार परिक्रमा गरेको थियो ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..