बेसीशहर– लमजुङको बेसीशहर नगरपालिका– ६ को चण्डिस्थानको भण्डारी गाउँ निवासी स्वतन्त्र सेनानी मीनबहादुर भण्डारीको निधन भएको छ । ८० वर्षीय उहाँको आज चैत २३ गते १३ औं पुण्य तिथि हो ।
विसं १९९९ को चैत २७ गते जन्मिनु भएका उहाँ निर्भिक एवम् हकी स्वभावका हुनुहुन्थ्यो । तत्कालिन गाविसको पहिलो (२०४९ सालमा) निर्वाचित उपाध्यक्ष समेत रहनु भएका उहाँ गाउँमा समाजसेवी एवम् शिक्षा सेवीका रुपमा परिचित हुनुहुन्थ्यो । उत्तिकै मिलनसार रहि बालकदेखि बृद्धसम्मका लागि उचित व्यवहार गर्न सक्ने क्षमताका धनी उहाँले सो स्थानमा रहेको गंगामिलन माविलाई मावि तह सञ्चालनका लागि विशेष पहल र योगदान (विद्यालय स्वीकृतिका लागि धरौटी जुटाउने काममासमेत) गर्नु भएको थियो ।
स्वतन्त्रका प्रेरणादायी व्यक्तित्वका धनी गत स्थानीय निर्वाचनमा सो वडामा स्वतन्त्र व्यक्तित्व खडा गरी वडाध्यक्ष पदमा स्वतन्त्र रुपमा प्रकाश थापालाई उक्त पदमा जिताउनका लागि समेत भण्डारीले विशेष योगदान गर्नु भएको थियो । कुशल नेता एवम् असल अभिभावकको भूमिका निभाउनु भएका उहाँ सदैव आवाज विहीनहरूका आवाज हुनुहुन्थ्यो ।
उहाँको निधन पछि घाटमा एमालेका केही व्यक्तिहरू पार्टीको झण्डा ओढाउन पुगेका थिए तर उहाँको चाहना त्यस्तो नभएको भन्दै उहाँका महिला छोरा भरत भण्डारीले फर्काइदिनु भएको समेत जानकारीमा आएको छ । स्व. भण्डारीको राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा ओढ्ने चाहना भने अधुरै रहेको(समयमा खबर नभएका कारण) समेत बुझिएको छ ।
रास्वपाका जिल्ला संयोजक धर्म केसी, उपसंयोजक अशोक सापकोटा लगायतको टिम १० औं पुण्य तिथिका अवसरमा उहाँको निवासमा पुगेर स्वर्गीय भण्डारीकी सहधर्मिणी विष्णुमाया भण्डारी, छोराहरू लक्ष्मण सहितका चार भाइलाई भेटेर स्व. भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समवेदना व्यक्त गर्नु भएको जानकारीमा आएको छ ।
स्व. भण्डारीका श्रीमती, चार भाइ छोरा र सात जना नातिनातिना रहेका छन् ।
अन्तरङ्ग न्यूज डटकम परिवार उहाँको स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै वैकुण्ठबास होस् भन्ने कामना गर्दछ ।
प्रकाशित मिति २०७९ चैत्र २३, बिहीबार ०५:३१ गते