निलम्बित सांसद ढाकाकुमार प्रकरणको दोस्रो अडियो सार्वजनिक : पेचिलो बन्दै अडियो काण्ड

निलम्बित सांसद ढाकाकुमार प्रकरणको दोस्रो अडियो सार्वजनिक : पेचिलो बन्दै अडियो काण्ड

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत २८ गते मङ्गलबार ०७:३९

अडियो काण्डका नायक प्रसाईले दोष रास्वपाका सभापति रविको देखाउने चेष्टा गर्दै रवि पनि अन्य दलको हाइकमाण्ड जस्तै भएको पुष्टि गर्न खोजेको भान हुन्छ । त्यसमा के कति दम छ भन्ने खुल्न साय अव २४ घण्टा पनि कुर्नुपर्ने छैन ।

अर्बौैं रकम विभिन्न बैंकबाट ऋण लिएर तिर्न नसकेको भनिएका प्रसाई र श्रेष्ठको अडियो काण्ड कति यथार्थ कति भ्रमपूर्ण ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडियो पनि सार्वजनिक भएको छ । यो काण्ड झनै पेचिलो बन्दै गइरहेको चैत २८ गते खुलासा भएको छ ।
आफूलाई ढाकाकुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईं बीचको फोन सम्वाद सो रेकर्डमा सुन्न सकिन्छ । त्यसमा ती व्यक्तिले ढाकाकुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेको उल्लेख छ ।
आफूलाई ढाका कुमारको भाइ भन्ने व्यक्तिले प्रसाईंलाई फोनमा भन्छन्, ‘पार्टीले अब कारबाही गर्ने भयो । दाइ साधारण सदस्य पनि नरहने, सांसद पनि जाने भयो । ‘दाइलाई फसाए । हजुरले यसो बुझ्दिनु पर्यो यो कुरालाई ।’
त्यसपछि प्रसाईंले यस काण्डमा ढाका कुमारको नभइ रवि लामिछानेको दोष रहेको दावी गदै रबिलाई पनि अन्य दलको हाइकमाण्ड जस्तै हुन् भन्ने पुष्टि गर्न खोजेको बुझिन्छ । उनले ढाका कुमारलाई आस्वासन दिदै सहयोग गर्न तयार भएको बताएका छन् ।
त्यसपछि ढाका कुमारको भाइ बताउने व्यक्तिले भन्छन्, ‘एकचोटी दाइले भेट्न खोज्नुभा’थ्यो हजुरलाई, कता हुनुहुन्छ होला ?’
प्रसाईं भन्छन्– म आज वीरगञ्जको कार्यक्रममा छु । भरे बेलुका भेट्न भन्दिनुहोला नि त ल ।’
कपुरबोट डटकमको युट्युब च्यानलबाट सार्वजनिक भएको यो सम्वादमा आफूलाई ढाकाकुमारको भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई गरेको फोनको नम्बर नै देखाइएको छ ।

रवि लामिछाने पनि अन्य दलकै हाइकमाण्डजस्तै देखाउने दुस्साहस :
उनीसँग फोनमा बोल्ने व्यक्तिले भने आफू गाडीमा भएकाले ‘त्यो विषयमा सल्लाह गरौंला सर, भरे कुरा गरौंला’ भन्दै फोन काटेका छन् । त्यसअघि, ‘लघुवित्त, बैंक र सहकारीले सके । रवि लामिछानेहरू यस्तै हो, लुट्न गएका छन् त्यहाँ । अब तपाईंले बुझिहाल्नुभयो ।’ दुर्गा प्रसाइँले भनेका छन् ।  रवि लामिछाने पनि अन्य दलकै हाइकमाण्डजस्तै देखाउने दुस्साहस प्रसाइँले गरेका छन् ।
यसैगरी त्यसको अर्को क्लिपमा दुर्गा प्रसाईंका सहयोगी यदु गौतमसँगको फोन सम्वाद पनि छ । गौतमलाई फोन गर्ने व्यक्तिले दुर्गा प्रसाईंले अडियो प्रकरणबारे सकारात्मक कुरा बोलिदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका छन् । त्यसका लागि यदु गौतमबाट मध्यस्थताको अपेक्षा पनि गरेका छन् । मध्यस्थताको अपेक्षा गर्दै गौतमलाई फोन गर्ने व्यक्ति ढाकाकुमार श्रेष्ठ भएको दाबी छ । यसअघिको अडियोमा ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै दुर्गा प्रसाईंसँग रकम मागेको कुराकानी छ ।

सांसदबाट निलम्बित : पार्टीको साधारण सदस्यता समेत खारेज
उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले ढाका कुमारलाई पार्टीको साधारण सदस्यता समेत खारेज गरी सांसदबाट निलम्बित गरेको छ ।सो काण्डको छानबिन सुरु गरेको र ७२ घण्टाभित्र सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ ।
चरित्र हत्या गर्न चुनावी खेल :
ढाका कुमारले भने त्यो अभिव्यक्ति आफ्नो नभएको भन्दै यो काण्ड आफ्नो चरित्र हत्या गर्न चुनावी खेल भएको, दुर्गा प्रसाइँसँग राम्रो चिनजान समेत नभएको र आफै ऋणमा डुबेका प्रसार्इँसँग त्यत्रो रकम माग्यो होला भन्ने कल्पना कसरी गर्दछन् मानिसहरू भन्ने दावी गरेको छन् । श्रेष्ठले सो अडियो सम्पादन गरिएको र आफूलाई फसाउन, रास्वपाको बदनाम गर्न चुनावी खेल भएको जिकीर गरेका छन् ।
विभिन्न बैंकबाट अर्बौैं रकम ऋण लिएर तिर्न नसकेको भनिएका प्रसाई र निलम्बित सांसद श्रेष्ठको अडियो काण्ड कति यथार्थ कति भ्रमपूर्ण ? भन्ने अब छिटै बाहिर आउने अपेक्षा स्रोतले गरेको छ । स्रोतका अनुसार सदैव प्रशंसा र पदका लागि अनेकन तिक्डम गर्न तथा आफ्नो रुप रङ्ग बदल्न माहिर मानिएका दुर्गा प्रसाईको भनाईमा के कति दम छ भन्ने तथ्य समेत छिटै खुल्ने छ ।
ढकाकाराम यसअघि सहकारी संस्थाको घोटालामा समेत मुछिएका कारणले मानिसलाई शंकाको खेती गर्ने मौका भने प्रशस्त मिलेको छ । तर सो काण्डका बारेमा ढाकाकुमारले आफ्नो मानहानी भएको भन्दै न्यायालय जानका लागि आफ्ना कानुन व्यवसायीहरूसँग सल्लाह मागिरहेको बुझिन आएको छ । स्रोत– कपुरबोट ।

प्रकाशित मिति २०७९ चैत्र २८, मंगलवार १९:३९ गते
हजुरको प्रतिक्रिया