ऐतिहासिक फुटबल प्रतियोगिताको आजदेखि दोस्रो चरणको खेल हुने, ३६ टिम सहभागी

ऐतिहासिक फुटबल प्रतियोगिताको आजदेखि दोस्रो चरणको खेल हुने, ३६ टिम सहभागी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत २९ गते बुधबार ०३:४९

सो फुटबल प्रतियोगिता धेरै वर्ष अघिदेखि खेलाइँदै आएको हुँदा कति औं हो भन्ने यकिन हुन नसकेको आयोजक क्लबका सहसचिव सुरज गुरुङले बताउनु भयो ।

दोस्रो चरणको पहिलो खेल अन्तपूर्ण फुटबल क्लब गोरखा र भगवती फुटबल क्लब क्ब्होलासोंथर– ९, लमजुङका बीचमा हुने

डडुवा(लमजुङ)– लमजुङको मध्यनेपाल नगरपालिका– ८ को डडुवा दुर्छा गाउँमा खेलाइँदै आएको ऐतिहासिक फुटबल प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न भएको छ । स्थानीय क्रिएटिभ युवा क्लबको आयोजनामा भएको उक्त प्रतियोगिता चैत २५ गतेबाट शुरु भएको हो । सो प्रतियोगितामा कुल ३६ टिमले भाग लिएका छन् ।
क्रिएटिभ युवा क्लबको खेल मैदानमा सञ्चालन गरिएको प्रतियोगिताको पहिलो खेल मध्यनेपाल नगरपालिका– १० को बर्धन गाउँ स्थित वार्ता फुटबल क्लब र सोही वडाको सप्तकन्या युवा क्लबका बीचमा भएको थियो । ०– १ गोलले सप्तकन्या युवा क्लब विजयी भएको छ । यसैगरी, दोस्रो खेलमा बेसीशहर नगरपालिका– ५ को लाङ्दीदेवी फुटबल क्लब वाकओभर पाई विजयी घोषित भएको आयोजक क्लबका सहसचिव सुरज गुरुङले बताउनु भयो । उहाँका अनुसार तेस्रो खेल क्ब्होलासोंथर गाउँपालिका– २ को मालिङ युवाक्लब र सोही गाउँपालिका– ९ को मिलन फुटबल क्लबका बीचमा भएकोमा ०– ४ गोलअन्तरले मिलन फुटबल क्लब विजयी भएको छ ।
यसैगरी, चौथो खेल सोही नगरपालिका– ७ को चिंसकु फुटबल क्लब र आयोजक टिमका बीच भएकोमा ०– ६ गोल अन्तरले आयोजक टिम अघि बढेको छ । त्यस्तै, सोही गाउँको डुडुवा फुटबल क्लब र देवीस्थान फुटबल क्लबका बीच भएकोमा ०– २ गोल अन्तरले देवीस्थान फुटबल क्लब विजयी भएको छ । छैटौ खेल सोही नगरपालिका– १ को रक्षा कालिका फुटबल क्लबले वाकओभर गरेको हुँदा सोही वडाको न्यू मनाकामना युवा क्लब विजयी भएको घोषणा गरिएको आयोजक क्लबका सहसचिव गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार आज चैत २९ गतेबाट दोस्रो चरणको प्रतियोगिता प्रारम्भ हुन्छ । उहाँका अनुसार आजको पहिलो खेल अन्तपूर्ण फुटबल क्लब गोरखा र भगवती फुटबल क्लब क्ब्होलासोंथर– ९, लमजुङका बीचमा हुने कार्यक्रम छ ।
उक्त प्रतियोगितामा पहिलो हुने टिमलाई एक लाख ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई ८० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने तयारीमा रहेको आयोजक क्लबका सहसचिव गुरुङले बताउनु भयो । उहाँका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कष्ठ खेलाडीका लागि नगद पाँच हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ । उहाँले भन्नुभयो, ‘प्रतियोगिता नयाँवर्षको दिनमा समापनका गर्ने योजना रहेको छ ।’ उनका अनुसार सो फुटबल प्रतियोगिता धेरै वर्ष अघिदेखि खेलाइँदै आएको हुँदा कति औं हो भन्ने यकिन हुन सकेको छैन ।’
फोटा सौजन्य : पत्रकार सुरज गुरुङ ।

प्रकाशित मिति २०७९ चैत्र २९, बुधबार ०३:४९ गते
हजुरको प्रतिक्रिया