राइनासकोटमा लमजुङ सुनचाँदी व्यवसायी संघको आठौँ बार्षिक साधारण सभा

राइनासकोटमा लमजुङ सुनचाँदी व्यवसायी संघको आठौँ बार्षिक साधारण सभा

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत २९ गते बुधबार ०५:४९

२०५३ चैत्र १० गते सुनचाँदी व्यसायी संघको स्थापना गरेको स्मरण लमजुङ सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष गोपाल खातीले सुनचाँदी व्यवसायीहरूको थुप्रै समस्य र चुनौतीहरू रहेको छन् तिनको समाधन गर्न महासंघको केन्द्र र महासंघको प्रदेश समितिहरू थप जिम्मेबार भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

महासंघको केन्द्रीय समिति गैहजिम्मेवार भएको दुःखेसो

राइनासकोट(लमजुङ)– लमजुङ सुनचाँदी व्यवसायी संघको ८ औँ बार्षिक साधारण सभा राइनास नगरपालिका– ९ स्थित राइनासकोट सामुदायिक होमस्टेमा सम्पन्न भएको छ । सो अवसरमा वक्ताहरूले महासंघको केन्द्रीय समिति गैहजिम्मेवार भएको दुःखेसो पोखेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य हरिबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा चैत २५ गते भएको हो । उहाँले महासंघको केन्द्र व्यवसायीहरूको आन्तरिक समस्याका कारण गैरजिम्मेबार बन्दै वैठक नै नराख्ने ठाउँमा पुगेको दुखेसो गर्नु भयो । उहाँले जिल्ला तथा प्रदेश संघहरूले महासंघको केन्द्रलाई दबाब दिने खालका कार्यक्रम गरी नेतृत्वलाई जिम्मेबार र जवाफदेही बनाउन खबरदारी गर्नुपर्ने बताउनुभयो । देशमा बढ्दै गइरहको आर्थिक मन्दी र सुनचाँदीको दरभाउमा आएको अस्वभाविक बृद्धिका कारण सुनचाँदी व्यवसायीहरू मारमा परेको बताउनुभयो । विश्वकर्माले यस्तो जटिल अवस्थमा व्यवसायीहरूका समस्यलाई समाधान गर्न महासंघ गम्भीर भएर लाग्नु पर्नेमा उल्टै गैहजिम्मेवार भएकोले अव धैर्य गर्न नसकिने बताउनु भयो ।
विशेष अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सचिव रविन विश्वकर्माले संघीयता कार्यन्वयनसंगै सुनचाँदी व्यवसायी महासंघको प्रदेश समिति विस्तार भए पनि संघको केन्द्रले प्रदेशलाई कुनै अधिकार नदिदा सोचजस्तो काम गर्न नसकेको दुःखेसो पोख्नुभयो । उहाँले दिन प्रतिदिन व्यवसायीहरू धारासयी बन्दै गएको अवस्थमा पनि व्यवसायी महासंघ केही नगरी हात बाँधेर बसेकोले महासंघलाई जिम्मेबार बनाउन जिल्ला तथा प्रदेश संघहरूबाट दबामुलक कार्यक्रम गर्नुपर्ने बताउनु पर्नेमा जोड दिनुभयो ।
लमजुङ सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष गोपाल खातीले सुनचाँदीको व्यवसाय गर्ने व्यवसायीहरूलाई एकजुट गरी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने उद्धेश्यले २०५३ चैत्र १० गते सुनचाँदी व्यसायी संघको स्थापना गरेको स्मरण गर्नुभयो । उहाँले सुनचाँदी व्यवसायीहरूको थुप्रै समस्य र चुनौतीहरू रहेको छन् तिनको समाधन गर्न महासंघको केन्द्र र महासंघको प्रदेश समितिहरू थप जिम्मेबार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
लमजुङ सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष एवं सल्लाहकार मनिलाल विश्वकर्माले सुनचाँदी व्यवसाय सम्बन्धी निर्देशिका अझै पनि जारी हुन नसकेकोमा दुःख व्यक्त गर्दै प्रदेश तथा महासंघको केन्द्रले यस कार्र्यका लागि पहल गर्नुपर्ने र त्यसमा जिल्ला संघहरूले जस्तो सुकै साथ र सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले सुनचाँदी व्यवसायलाई मर्यादित बनाउन स्वच्छ प्रतिस्पर्धा हुनपुर्ने भन्दै बजारमा कहिले सुनको आपूर्ति कम भई आवश्यक कच्चा पदार्थ अभाव हुने त कहिले बजार मुल्यभन्दा बढी तिरेर सुन खरिद गर्नुपर्ने बाध्यता व्यवसायीहरू माझ रहकोले यस्लाई समाधन गर्न महासंघको खासगरी केन्द्रीय समिति जिम्मेबार ढंगले लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
लमजुङ सुनचाँदी व्यवसायी संघका अध्यक्ष देबबहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन गर्दै संघका सचिव कृष्णबहादर सुनारले आर्थिक बर्ष २०७८÷७९ को लेखा तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लमजुङ सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष बमबहादुर विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लालबहादुर विश्वकर्माले धन्यवाद मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको समापन मन्तव्यका साथ संघका उपाध्यक्ष तोत्रबहादुर विश्वकर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७९ चैत्र २९, बुधबार ०५:४९ गते
हजुरको प्रतिक्रिया