बिना मञ्च, उठी, उठी सम्बोधन गरी फर्किनु भो, रास्वपाका सभापति रवि र उम्मेदवार स्वर्णिम वाग्ले

बिना मञ्च, उठी, उठी सम्बोधन गरी फर्किनु भो, रास्वपाका सभापति रवि र उम्मेदवार स्वर्णिम वाग्ले

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत ३० गते बिहिबार ०८:५२

विवादित सांसद ढाकारामलाई पार्टीले गरेको कारवाहीतर्फ संकेत गर्दै उहाँले यसअघि पनि त्यस्ता अडियो काण्ड नेपाली राजनीतिमा कति आएका थिए तर ती काण्डमा क कस्ले के के गरे यहाँहरूका सामु छर्लङ्ग छ, त्यसबारेमा म नबोलुँ । हामी राजनीतिको सेरोफेरोमा भएका र हुने त्यही र त्यस्तै फोहोर सफाई गर्नका लागि राजनीतिमा आएका हौं रविले दावी गर्नु भयो ।

तनहूँ– १ लाई नेपालकै नमूना निर्वाचन क्षेत्र बनाउने योजना आफूसँग भएको र त्यो प्रण गर्दछु : स्वर्णिम वाग्ले

मानेचौका(तनहूँ)– उपनिर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक दलका प्रचार शैलीले पनि गति लिइरहेको छ । यसै सन्दर्भमा तनहुँ– १ को भानु नगरपालिका– ११ को लमजुङको सीमा क्षेत्र मानेचौकामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्न आउनु भएका रास्वपाका सभापति रवि लामिछाने र सो क्षेत्रमा उक्त दलका उम्मेदवार स्वर्णिम वाग्लेले बिना मञ्च उठी, उठी सम्बोधन गरेर चैत ३० गते विदा हुनु भएको हो ।
तनहुँकै बाइस जघाँरको चुनावी सभालाई सम्बोधन गरेर आउनु भएका उहाँहरू मानेचौकाबाट आजै पोखरी छाप, चन्द्रावती र सेपा बगैंचामा हुने सभालाई सम्बोधन गर्नका लागि हतार हतार फर्किनु भएको बताइएको छ ।
रास्वपाका सभापति रविले सम्बोधनको क्रममा आफूहरू राजनीतिको भिडमा अर्को दल थप्नका लागि राजनीतिमा नआएको बताउँदै हिजोकै दिनको घट्नाले पनि त्यसको पुष्टि गरेको दावी गर्नु भयो । विवादित सांसद ढाकारामलाई पार्टीले गरेको कारवाहीतर्फ संकेत गर्दै उहाँले यसअघि पनि त्यस्ता अडियो काण्ड नेपाली राजनीतिमा कति आएका थिए तर ती काण्डमा क कस्ले के के गरे यहाँहरूका सामु छर्लङ्ग छ, त्यसबारेमा म नबोलुँ । हामी राजनीतिको सेरोफेरोमा भएका र हुने त्यही र त्यस्तै फोहोर सफाई गर्नका लागि राजनीतिमा आएका हौं रविले दावी गर्नु भयो । बालुवा मात्र रहेर मरुभूमिका रुपमा परिचत देशहरूका सरकारको दुरदृष्टि, योजना र सुशासनले हरियाली बनाएका छन् । त्यस्तो देख्दा हाम्रो देशमा सम्भावना नै छैन त ? भन्ने पनि लाग्छ । त्यसैले विज्ञहरूसँग आफूले सोधेर सल्लाह मागेको बताउँदै नेपाल जस्तो सम्भावना भएको देश अर्को नभएको जवाफ पाएको स्मरण गर्दै तर पनि यो देशको विकास नहुनुको एकमात्र कारण कुशासन हो भन्ने ठहर गरी हामी सुशासनका पक्षमा उभिएर काम गनै आएका हौं र गर्छौं उहाँले भन्नुभयो ।
स्वर्णिमको तारिफ गर्दै उहाँले भन्नुभयो, ‘तनहुँ नेताको उर्वर जिल्ला हो तर स्वर्णिम फरक परिवेशमा नेता बन्दै हुनुहुुन्छ, चितवन– २ मा रविको भन्दा धेरै मत अन्तरले स्वर्णिमलाई जिताएर पठाउन तनहुँबासी तयार गरेको आफूले थाहा पाएको छु ।’ उहाँले हामीसँग र काम नगर्ने नेतासँग त जम्मा एक÷एक भोट त छ नि ! उसले जित्ने भोट त तपाईहरूले नै मत हाली दिएका कारणले जितेर गएका र गाउँमा नफर्केका हुन्, त्यसैले अब मतदान गर्ने बेलामा सोचौं र पाँच वर्ष पछुताउने काम नगरौं रविले अनुरोध गर्नु भयो । उहाँले भन्नुभयो, ‘केही काम नहुने मान्छे राजनीतिमा आउँदा र भ्याई नभ्याई काम भएका मान्छे राजनीतिमा आउनु फरक छ र फरक हुनेछ त्यो अनुभूति दिलाउनका लागि आफूहरू राजनीतिमा आएका हौं, केही समय धैर्य गर्नु होला ।’
क्रान्ति शब्दको व्याख्या गर्दै उहाँले त्यो शब्द ‘भयावह’ पनि लाग्छ तर हामीले गरेको क्रान्तिमा त न बम पड्कियो, न त रगत बग्यो ! यस्तो पनि त सम्भव हुने रहेछ नि ! मात्र छ महिनाको तयारीमा । त्यो क्रान्तिको शक्ति तपाईले हाल्ने मतमा रहेको बताउँदै त्यसमा विवेक पु¥याउन उहाँले आग्रह गर्नुभयो । उहाँले नयाँ वर्षको शुभकामना दिदै दावाका साथ भन्नुभयो ‘देशलाई समृद्धि बनाउनका लागि पनि स्वर्णिमलाई जिताउन जरुरी छ र २०८० साल भाग्य फेर्ने वर्ष बन्न सकोस् ।’
सो सभामा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले आफूले तनहुँ– १ लाई नमूनाको निर्वाचन क्षेत्र बनाउनका लागि उम्मेदवार भएको बताउनु भयो । २१ औं शताब्दी सुहाउँदो एकीकृत विकास हामीले योजना बद्ध रुपमा सञ्चालन गर्नु पर्छ । वातावरणीय तापमान बढेको छ, कार्वन उत्सर्जले असर गरेको छ यस्ता यावत मुद्दा आज चुनौतिका रुपमा छन् र सम्बोधन गर्नुपर्छ त्यो सम्भव छ उहाँको कथन थियो ।
त्यसै क्षेत्रमा जन्मस्थलोसमेत रहेका काँग्रेस नेता गोविन्दराज जोशीको आशीर्वाद र समर्थन आफूलाई रहेको बताउँदै आज विहान मात्र जोशीले फोन गरेर आफूलाई जाशीले आफ्नो पालामा सुरु गरिएका विकासका कार्यलाई फत्ते गर्न अनुरोध गर्नु भएको छ र त्यो प्रतिवद्धता पुरा गर्नका लागि आफू यहाँ आएको उहाँले उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो ‘आफूहरू विकास र राजनीति दुवैमा कोल्टे फेर्ने र हामी परिणाम मात्र नभई गुणात्मक फड्को मार्न चाहन्छौं । आफूसँग तनहुँ– १ लाई मुलुकभरकै नमूनाको निर्वाचन क्षेत्र बनाउने योजना रहेको र त्यो पुरा गर्ने छु ।’ राजनीति गर्ने, सेवा गर्ने क्षेत्र पनि हो त्यो हामी सिद्ध गर्ने छौं वाग्लेले प्रतिवद्धताका साथ बताउनु भयो ।
उक्त कार्यक्रममा पूर्वशिक्षा मन्त्री शिशिर खनालले आफू यही क्षेत्र(टुहुरेपसल)मा जन्मे हुर्केको व्यक्ति आज स्वर्णिम वाग्ले जस्तो व्यक्तिलाई उम्मेदवारको रुपमा पाउँदा गर्वको आनुभव भएको बताउनु भयो । उहाँले राजा आफ्नो देशमा मात्र पुजिन्छ तर विद्वान विश्वभर पुजिन्छ भन्दै त्यसको तनहुँबासीलाई राम्रो ख्याल छ र व्यवहारमा प्रयोग गर्ने दिन बैशाख १० गते हो, त्यो अवसर नगुमाऔं र घण्टीमा मतदान गरौं भन्नुभयो ।
उपनिर्वाचनका क्रममा स्वर्णिमको सारथी हुनुभएका काँग्रेसका पूर्वनेता विश्वनाथ बास्तोलाले उक्त कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०७९ चैत्र ३०, बिहीबार २०:५२ गते
हजुरको प्रतिक्रिया