शताब्दी पुरुष सत्यमोहन जोशीकी सहधर्मिणी राधादेवीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीकी सहधर्मिणी राधादेवीको निधन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २ गते शनिवार ०४:०५



उहाँको विवाह १४ वर्षकी हुँदा भएको हो । राधादेवी र सत्यमोहनको तीन वर्ष मात्रै अन्तर थियो । गत असोज ३० गते १०३ वर्षको उमेरमा शताब्दी पुरुष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

राधाको उमेर ९० सालको भुइँचालोमा १० वर्षको थियो ।

काठमाडौँ– शताब्दी पुरुष सत्यमोहन जोशीकी सहधर्मिणी राधादेवी जोशीको एक सय वर्षको उमेरमा निधन भएको छ । उपचारको क्रममा ललितपुरको किस्ट अस्पतालमा उहाँको बैशाख २ गते विहान चैत १६ गते बिहान ५ बजे र १५ मिनेटमा निधन भएको हो ।
सय वर्ष पुगेकी राधादेवीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको जोशीका भतिजा अजरमानले बताउनु भयो । उहाँका अनुसार राधादेवीको बिहान ५ बजे र १५ मिनेटमा निधन भएको हो । उहाँले भन्नुभयो, ‘उहाँ राम्ररी कुरा गर्न सक्नुहुन्थ्यो, खुट्टा दुखेर हिँड्न भने सक्नुहुन्न थियो । नर्स तथा छोरीले ओहोरदोहोर गराउने गर्नु हुन्थ्यो ।’
उहाँको निधनबारे जानकारी दिन किस्ट अस्पतालले विज्ञप्ति जारी गर्ने तयारी गरेको छ ।
जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए ।
राधादेवी पाटनका गणेशबहादुर र मोतीलक्ष्मी श्रेष्ठकी सु्पुत्री हुनुहुन्छ । राधादेवीको जन्म पाटन, मंगलबजारमा भएको हो । आमाबाबुका सात छोरी थिए । तर विभिन्न रोगले राधादेवीका पाँच दिदीबहिनीको कलिलैमा मृत्यु हुन गएको थियो भने बाँच्नेमध्ये उहाँ र एक जना बहिनी ‘रुक्मिणी’ मात्र हुनुहुन्थ्यो । उहाँकी बहिनीको पनि निधन भइसकेको छ ।
राधाले ९० सालको भुइँचालोमा १० वर्षकी भएको स्मरण गर्नु हुन्थ्यो । उहाँको विवाह १४ वर्षकी हुँदा भएको हो । राधादेवी र सत्यमोहनको तीन वर्ष मात्रै अन्तर थियो । त्यसपछि भने जीवन पर्यन्त उहाँले शताब्दी पुरुष जोशीलाई साथ दिइरहनु भएको थियो ।
स्मरणीय छ, गत असोज ३० गते १०३ वर्षको उमेरमा शताब्दी पुरुष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रकाशित मिति २०८० बैशाख २, शनिबार १६:०५ गते
हजुरको प्रतिक्रिया