अन्तरङ्ग ‘क’ वर्गमा कायमै

अन्तरङ्ग ‘क’ वर्गमा कायमै

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २ गते शनिवार ०९:३६

अन्तरङ्ग ‘क’ वर्गमा कायम हुन सर्वोच्च अदालत गुहार्नु परेको थियो । त्यसयता भने क वर्गमा कायम रहदै आएको छ । जिल्लाबाट प्रकाशित पत्रिकाहरूलाई आफ्नो बजार विस्तार गर्न वा भएकोलाई कायमै राख्न चुनौति थपिएको छ । बजारमा देखिएका पत्रिका समेत वर्गीकरणमा परेको देख्नु पर्दा भने पाठक वर्गको जिब्रो टोकेका छन् ।

लमजुङका एक एक पत्रिका क र ग वर्गमा परेका छन् भने अन्य सबै ख वर्गमा पर्न सफल भएका छन ।

लमजुङ– प्रेस काउन्सिल नेपाल, काठमाडौंले आ.व. ०७७/७८ को पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको सार्वजनिक नतिजा अनुसार लमजुङको जेठो पत्रिका अन्तरङ्ग ‘क’ वर्गमा कायमै रहेको छ । पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण मूल्याङ्कन प्रतिवेदनका आधारमा चैत ३० गते नतिजा सार्वजनिक गरेसँगै त्यस्तो खुलासा भएको हो ।
प्रेस काउन्सिल नेपालबाट जारी विज्ञप्तिमा प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण मूल्याङ्कन प्रतिवेदनको आधारमा आ.व. २०७७/७८ को पत्रपत्रिका वर्गीकरण मूल्याङ्कन नतिजा सार्वजनिक गरिएको उल्लेख छ ।
सो विज्ञप्ति अनुसार आ.व. २०७७÷७८ को वर्गीकरण मूल्याङ्कनको लागि आवेदन दिने ८६८ पत्रपत्रिकाले मूल्यांकनका लागि आवेदन दिएका थिए । ती मध्ये मूल्यांकनका लागि आवश्यक न्यूनत्तम अङ्क कम भएका तथा काउन्सिलले माग गरेका विभिन्न कागजात नपुग भएका १४७ पत्रपत्रिकाको वर्गीकरण नतिजा स्थगनमा रहेको जनाएको छ ।
सो विज्ञप्ति अनुसार लमजुङका वर्गीकृत भएका पत्रिकाहरूमा ‘क’ वर्गमा वर्गीकृत हुनेमा अन्तरङ्ग एक्लो पत्रिका हो । अन्य प्रायः ख वर्गमा वर्गीकृत भएका छन् भने लमजुङ जागरण ‘ग’ वर्गमा परेको छ । सो पत्रिका अघिल्लो वर्ष भने वर्गीकरणमा पत्र सकेको थिएन ।
प्रेस काउन्सिलको विज्ञप्तिमा उल्लेख भए अनुसार क वर्गमा पर्ने पर्न सफल पत्रिकाहरू संख्या २४५ रहेको छ । यसैगरी, ख वर्गमा पर्नेको संख्या ३४८ रहेको छ भने ग वर्गमा १११ वटा पत्रपत्रिका परेका छन् । त्यस्तै, घ वर्गमा पर्ने संख्या मुलुकभर मात्र १७ रहेको छ ।
लमजुङमा घ वर्गमा पर्ने पत्रिकाहरू भने छैनन् ।
अन्तरङ्ग २०७०/७१ देखि क वर्गमा वर्गीकृत हुन थालेको हो । त्यस स्थान कायम गर्नका लागि भने अन्तरङ्गले सर्वोच्च गुहार गर्नु परेको थियो । सर्वोच्च अदालतबाट समेत क वर्ग कायम गरिएको अन्तरङ्गले सो मुदा दर्ता गरेकै वर्ष २०७२ सालदेखि भने स्वतःस्फुर्त रुपमा क वर्गमा रहन सफल हुँदै आएको छ ।
जिल्लामा हाल एकमात्र रहेको दैनिक लमजुङ दर्पण ख मा वर्गीकृत भएको छ । त्यस्तै, लमजुङ अवाज, स्वतन्त्र शक्ति, लमजुङ रत्न तथा लमजुङ पत्र साप्ताहिकहरू ख वर्गमा वर्गीकृत भएका छन् भने लमजुङ जागरण ग वर्गमा परेको माथि उल्लेख भइसहेको छ ।
पत्रिकाहरूलाई बजार विस्तार वा कायम गर्ने चुनौति :
इ–प्रविधिको विकासले फड्को मारिरहेको इ– पत्रिकाको बोलाबाला बढी रहेको वर्तमानमा छापामाध्यमका पत्रिकालाई आफ्नो बजार विस्तार गर्ने वा वर्तमानमा कायम रहेको बजारको पहुँचलाई कायम राख्न सक्नु पर्ने चुनौति थपिएको छ । त्यसो त बजारमा देखिदै नदेखिने वा पछिल्ला दिनमा मुख देख्न छाडिएका पत्रिका समेत वर्गीकरणको सूचिमा परेको देख्दा भने पाठक वर्गलाई आश्चर्य पनि लाग्दो हो । त्यस्तो प्रवृत्तीका कारण इमान्दारिपूर्वक काम गर्नेहरूलाई समेत पत्रकारिता जगतमा छाएको विकृति अन्त्य गर्ने चुनौति थपिएको आम बुझाई छ । बजारमा नाममुख नदेखिएका वा देख्न छाडिएका पत्रिकाहरू समेत वर्गीकरणमा परेको देख्नु पर्दा भने पाठक वर्गको जिब्रो टोकेका छन् ।
यस्तो परिस्थितिलाई सम्बन्धित निकायले के कसरी लिने र इमान्दारपूर्वक प्रयास गरिरहेकाहरूको संरक्षणका लागि के कसरी पहल, कार्यक्रम वा रणनीति अवलम्बन गर्ने हो त्यो भने पत्रिकाको निमयनकारी निकायका लागि समेत चुनौति बनेको बताइएको छ ।
स्मरणीय छ, हरेक वर्ष हुबहुका पत्रिकाको समेत काउन्सिलले नाम सार्वजनिक गर्दै आएको थियो । यो वर्ष भन्ने त्यस्तो सूचि देखिएको छैन । ती पनि स्थगितको सूचिमा परेका हुन् या यो वर्ष हुबहुका पत्रिका फेला नपरेको हो ? त्यसबारेमा भने प्रेस काउन्सिल मौन छ ।

प्रकाशित मिति २०८० बैशाख २, शनिबार २१:३६ गते
हजुरको प्रतिक्रिया