बैतडीमा अधवैंसे पुरुषको हत्या

बैतडीमा अधवैंसे पुरुषको हत्या

रासस

@antaranganews

२०८० बैशाख ३ गते आईतबार ०८:३३

सो हत्या कसले र किन गरेको हो ? भनेर खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।

३७ वर्षीय जोशीको धारिलो हतियार प्रहार गरी हत्या भएको

बैतडी– बैतडीमा धारिलो हतियार प्रहार गरेर अधवैंसे पुरुषको हत्या भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका– ८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरी बैशाख २ गते हत्या भएको प्रहरीले जनाएको छ ।
घर नजिकै हत्या गरिएको अवस्थामा जोशी भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताउनु भयो । उहाँका अनुसार साँझ बेलुका ८ बजे उनी फेला परेका हुन् । खत्रीले भन्नुभयो, ‘जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको छ ।’
उहाँका अनुसार वासुदेवको कसले र किन हत्या गरेको हो ? भनेर खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८० बैशाख ३, आईतवार ०८:३३ गते
हजुरको प्रतिक्रिया