रविका चालक थापा छतबाट खसे, मुकुलका चालक राजवंशीसँग प्रहरीले गर्यो सोधपुछ

रविका चालक थापा छतबाट खसे, मुकुलका चालक राजवंशीसँग प्रहरीले गर्यो सोधपुछ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ५ गते मङ्गलबार ०४:४९

घाइते ३९ वर्षीय चालक थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ३ का बासिन्दा हुन् । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेकोले अवस्था गम्भिर छ ।

‘मौका छोपेर स्तरहीन राजनीतिकरण नगर्नु होला’ : रवि

काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालकसँगै सुतेका सो दलका महासचिव एवम् प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँग प्रहरीले गर्यो सोधपुछ गरेको छ । रविका चालक दिलबहादुर थापा बैशाख ४ गते राती भरतपुर महानगरपालिका–११ स्थित घरको अढाई तलाबाट खसेपछि सोधपुछका लागि प्रहरीले राजवंशीसँग प्रहरीले गर्यो सोधपुछ गरेको हो ।
सँगै सुतेका ढकालका सवारी चालक राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताउनु भयो । घाइते ३९ वर्षीय चालक थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ३ का बासिन्दा हुन् । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेकोले अवस्था गम्भिर छ ।
बिहान ३ः४५ बजेतिर लामिछानेको घर अगाडि सुरक्षाका लागि ड्यूटीमा रहेका प्रहरीले लामिछानेका सवारी चालक थापा छतबाट खसेको थाहा पाए लगत्तै उद्धार गरी थापालाई उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेज पु¥याएका थिए । छतबाट खसेका चालक थापाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतको भनाइ छ । लामिछानेका सवारी चालक थापा र महामन्त्री ढकालका सवारी चालक दोस्रो तलामा सँगै सुतेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले उनीहरू राति २ बजेसम्म पनि नसुतेको पाइएको छ र तीनतले घरमा रहेको सीसी क्यामेरामा आधा भागबाट मात्रै कभर भएको पाइएको जानकारी दिंदै भन्नुभयो, ‘दिलबहादुर खस्दै गरेको देखिन्छ । भुइँमा रहेको गमलामा उनको टाउको ब जारिएको देखिन्छ । अवस्था गम्भीर छ । सभापति (लामिछाने) र महामन्त्री ढकालका सवारी चालक घरको दोस्रो तलामा सँगै सुतेका भन्ने जानकारी मिलेको छ । उहाँका अनुसार खाना खाएर सँगै सुतेका सवारी चालक थापा छतबाट खसेकोबारे आफूलाई केही जानकारी नभएको महामन्त्री ढकालका सवारी चालकको भनाइ छ । ‘सँगै सुतेको हो, तर खसेको थाहा छैन’ महामन्त्री ढकालका सवारी चालकले भनेका छन् । ‘उनीहरूले रक्सी खाएका थिए कि थिएनन् भन्ने परीक्षण गर्न रगतको स्याम्पल निकालेर दिएका छौं,’ एसपी कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले घटनाबारे अनुसन्धान गर्न कसैलाई नियन्त्रणमा नलिएको भए पनि वरपरका मानिसहरूसँग सोधपुछ गरेको छ ।
वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि लामिछाने चितवन– २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ भने लामिछाने सहितको टोलीले हिजो बारा– २ मा चुनावी प्रचार गर्ने कार्यक्रम थियो ।
लामीछानेसहितको टोली ३ गते बेलुका तनहुँमा चुनावी प्रचारप्रसार सकेर चितवन आइपुगेको प्रहरीले जनाएको छ ।
‘मौका छोपेर स्तरहीन राजनीतिकरण नगर्नु होला’ : रवि
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै उनले घटनालाई राजनीतिसँग नजोड्न आग्रह गर्नु भएको छ । उहाँले ‘… यस्तो बेला योभन्दा धेरै मसँग तपाईंलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आँसु आउँछन्, बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला ।’ लेख्नु भएको छ ।

‘…सक्नुहुन्छ भने मलाई सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनुहोला । स्वास्थ्यलाभको कामना गरिदिनुहोला, राजनीति गर्न सिंगो जीवन छ । यस्तो संवेदनशील घडीमा मौका नछोप्नुहोला ।’ रविले लेख्नु भएको छ ।
यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेकाले आफूले धेरै नबोल्ने उहाँको भनाई छ ।

प्रकाशित मिति २०८० बैशाख ५, मंगलवार ०४:४९ गते
हजुरको प्रतिक्रिया