अन्ततः भूमाफियासँग झुक्यो सरकार : जग्गाको कित्ताकाँट खुलाउने निर्णय

अन्ततः भूमाफियासँग झुक्यो सरकार : जग्गाको कित्ताकाँट खुलाउने निर्णय

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ५ गते मङ्गलबार ०९:०३

अधिकांश स्थानीय तहले जग्गा वर्गीकरण नै गर्न नसक्दा घर जग्गाको कारोबारमा बन्दी आइ राजश्व संकलनमै असर परेपछि सरकारले वर्गीकरण गर्नै पर्ने नियमावलीको व्यवस्थालाई हटाएको जनाएको छ ।

सरकारको यो निर्णय सँगै भूमाफियासामु सरकार झुकेको आंकलन

काठमाडौँ– अन्ततः सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला भएको हो । सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ लाई संशोधन गर्ने निर्णय बैशाख ५ गते गरेको हो ।
सरकारको यो निर्णय सँगै भूमाफियासामु सरकार झुकेको आंकलन गरिएको छ । सरकारकी प्रवक्ता रेखा शर्माले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको जानकारी दिनु भएको हो ।
अधिकांश स्थानीय तहले जग्गा वर्गीकरण नै गर्न नसक्दा घर जग्गाको कारोबारमा बन्दी आइ राजश्व संकलनमै असर परेपछि सरकारले वर्गीकरण गर्नै पर्ने नियमावलीको व्यवस्थालाई हटाएको जनाएको छ ।
सरकारले भू–उपयोग नियमावलीमा स्थानीय तहले जग्गाको वर्गीकरण गर्नुपर्ने र १३० वर्गमिटर भन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्थालाई परिमार्जन गरेको हो ।
स्मरणीय छ, यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत हप्ता पोखराका व्यवसायीसँगको घरजग्गामा पैसा फसेको र भूउपयोग नियमावलीका कारण जग्गा कित्ताकाट रोकिएकाले खोल्ने तयारी भइरहेको जनाउ दिनु भएको थियो ।

प्रकाशित मिति २०८० बैशाख ५, मंगलवार २१:०३ गते
हजुरको प्रतिक्रिया