अन्ततः गण्डकीका मुख्यमन्त्री अधिकारीको पद गुम्यो

अन्ततः गण्डकीका मुख्यमन्त्री अधिकारीको पद गुम्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ९ गते शनिवार ०८:१८

प्रदेशसभाका कांग्रेसका सबैभन्दा धेरै २७ सिट छ । एमालेको २२, सभामुखसहित माओवादी केन्द्रका ८, राप्रपाका २ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात दिपक मनाङेले अधिकारीलाई मत नदिएको जानकारीमा आएको छ ।
गण्डकी प्रदेशमा माओवादीका ७, कांग्रेसका २७ र एक स्वतन्त्र सांसदले विपक्षमा मत दिएका हुन् । अधिकारीले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत माग्नु भएको हो ।

भोलिनै नयाँ सरकार बन्ने काँग्रेसको दावी

पोखरा– अन्ततः केन्द्रका सत्ता झैं गण्डकी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट बैशाख ९ गते विश्वासको मत पाउन नसकेसँगै उनी नेतृत्वको सरकार ढल्न पुगेको हो । माओवादीले समर्थन फिर्ता लिएपछि पनि उहाँ जबरजस्ती सरकारमा बसिरहनु भएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार गरेसँगै उहाँ पद मुक्त हुनु भएको हो । अधिकारीले गत पुस २५ गते एमालेसहित, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । केन्द्रमा एमालेसहितको गठबन्धन परिवर्तन भएपछि गण्डकीमा समेत गठबन्धन परिवर्तन भएको हो ।
प्रदेशसभाका कांग्रेसका सबैभन्दा धेरै २७ सिट छ । एमालेको २२, सभामुखसहित माओवादी केन्द्रका ८, राप्रपाका २ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात दिपक मनाङेले अधिकारीलाई मत नदिएको जानकारीमा आएको छ ।
गण्डकी प्रदेशमा माओवादीका ७, कांग्रेसका २७ र एक स्वतन्त्र सांसदले विपक्षमा मत दिएका हुन् । अधिकारीले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत माग्नु भएको हो ।
माओवादी केन्द्रले गण्डकी प्रदेशमा गत चैत १० गते नै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट हटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
विश्वासको मत लिँदा अधिकारीको पक्षमा जम्मा २४ मत मात्रै परेको थियो । विपक्षमा ३५ मत खसेको सभामुखबाट घोषणा भयोे । सो मतदानमा जम्मा ५९ मत खसेको थियो । अधिकारीलाई विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक हुनेमा सो संख्या अपुग भएसँगै उहाँको मुख्यमन्त्री पद गुमेको हो ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिनु भएको हो ।
यसअघि, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको माग माग्दै सरकार निर्माण गर्दा जनाएको सहकार्यको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह स्मरण गराउँदै माओवादीलाई आफूलाई विश्वासको मत दिएर सहयोग गर्न आग्रह गर्नु भएको थियो । तर माओवादीले मत दिन नसक्ने बताएको थियो ।
भोलिनै नयाँ सरकार बन्ने काँग्रेसको दावी ः
यसैबीच, नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भोलिसम्म नयाँ सरकार बन्ने दावी गर्नु भएको छ ।
पाण्डेले पत्रकारहरूसँग छोटो कुराकानी गर्दै प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र भोलिसम्म नयाँ सरकार बन्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘प्रदेश प्रमुखले संविधान अनुसार सरकार गठनको आह्वान गर्नुहुन्छ, अर्काे गठबन्धन दलहरुबीचको सहमतिबाट तय हुने हो ।’

प्रकाशित मिति २०८० बैशाख ९, शनिबार २०:१८ गते
हजुरको प्रतिक्रिया