दमौली– तनहुँ– १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा साढे सात हजार बढी मत गणना हुँदा रास्वपाका स्वर्णिमलाई फराकिलो अग्रता हासिल गर्न सफल रहँदै आउनु भएको छ । प्राप्त पछिल्लो नतिजा अनुसार सात हजार ६८३ गणना भएको छ ।
जसमा रास्वपाका स्वर्णिम वाग्ले दुई हजार ३७० मतले काँग्रेसका गोविन्द भट्टराईभन्दा अघि हुनुहुन्छ ।
अहिलेसम्म सात हजार ६८३ मत गणना भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले चार हजार ३०३ मतका साथ अग्रता हासिल गर्नु भएको छ । उहाँले गणनाको प्रारम्भिक चरण देखिनै अग्रता हासिल गर्नु भएको हो ।
घोषित मत परिणाम अनुसार नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार ९३३ मत तथा एमालेका सर्वेन्द्र खनाल एक हजार १९८ मत तेस्रो स्थानमा हुनुहुन्छ ।
हालसम्मको यो नतिजाले नेपाली काँग्रेसको किल्लाका रुपमा परिचित सो क्षेत्र भत्किने संकेत देखिएको छ ।
प्रकाशित मिति २०८० बैशाख ११, सोमबार ०५:२४ गते