उपनिर्वाचन मत गणना : तनहुँ– १ अपडेट, विहान ७ बजेसम्म

उपनिर्वाचन मत गणना : तनहुँ– १ अपडेट, विहान ७ बजेसम्म

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ११ गते सोमबार ०७:००

घोषित मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले चार हजार ३०३ मत, नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार ९३३ मत तथा एमालेका सर्वेन्द्र खनाल एक हजार १९८ मत तेस्रो स्थानमा हुनुहुन्छ ।

रास्वपाका स्वर्णिम तीन हजार २१३ मतले काँग्रेसका गोविन्द भट्टराईभन्दा अघि

दमौली– तनहुँ– १ को उपनिर्वाचनको परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ । जसमा रास्वपाका स्वर्णिम वाग्ले तीन हजार २१३ मतले काँग्रेसका गोविन्द भट्टराईभन्दा अघि हुनुहुन्छ । यो विहान ७ बजेसम्म १० हजार ६३८ मत गणनाको परिणाम हो ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले पाँच हजार नौ सय मतका साथ अग्रता हासिल गर्नु भएको छ । उहाँले गणनाको प्रारम्भिक चरण देखिनै अग्रता हासिल गर्नु भएको हो ।
घोषित मत परिणाम अनुसार सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले दुई हजार ६८७ मत तथा एमालेका सर्वेन्द्र खनाल एक हजार ६५७ मत तेस्रो स्थानमा हुनुहुन्छ ।
हालसम्मको यो नतिजाले नेपाली काँग्रेसको किल्लाका रुपमा परिचित सो क्षेत्र भत्किने संकेत देखिएको छ ।

प्रकाशित मिति २०८० बैशाख ११, सोमबार ०७:०० गते
हजुरको प्रतिक्रिया