उपनिर्वाचन अपडेट : राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम पाँच हजार ८३० मतले अघि

उपनिर्वाचन अपडेट : राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम पाँच हजार ८३० मतले अघि

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ११ गते सोमबार १२:११

मंसिरमा कांग्रेस र एमालेबीचको मतान्तर कम थियो । त्यतिबेला कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत पाउनु हुँदा एमालेका रानाले १९ हजार ९८१ मत प्राप्त गर्नु भएको थियो । आफ्नो भोट नघट्ने दावी गर्दै एमालेले जीत्ने आंकलन समेत गरेको थियो । साथमा, अन्य दलले पाएको मतको अवस्था :

कुल २३ हजार एक मत गणना भएको छ । स्वर्णिम सत्ता गठबन्धन र नेकपा एमालेको गढ भनिएकै क्षेत्रबाट धेरै मत पाउन सफल

दमौली– तनहुँ क्षेत्र– १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेको फराकिलो सुरुवाती अग्रता कायमै छ । उहाँ निकटत्तम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका कांग्रेस उमेदवार गोविन्द भट्टराईभन्दा पाँच हजार ८३० मतले अघि हुनुहुन्छ । कुल २३ हजार एक मत गणना भएको छ ।
रास्वपाका वाग्लेले ११ हजार ६७७, कांग्रेसका गोविन्द भट्टराईले छ हजार ७८७ तथा एमालेका सर्वेन्द्र खनालले तीन हजार ८०२ मत पाउनु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
स्वर्णिमले सत्ता गठबन्धन र नेकपा एमालेको गढ भनिएकै क्षेत्रबाट धेरै मत पाउन सफल हुनु भएको छ ।
उपनिर्वाचनमा तनहुँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले तुलनात्मक रूपमा नेकपा (एमाले) को धेरै मत पाउनु भएको देखिन्छ । स्थानीय तह निर्वाचनमा १३ वटा वडाहरू रहेको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो । यहाँका ९ वटा वडा कांग्रेसले तथा एमाले र स्वतन्त्रले दुई–दुई वटा वडा जितेका थिए ।
यसैगरी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए । कांग्रेस दोस्रो भएको थियो । तर भानु र आँबुकै वडाहरूबाट स्वर्णिमको पक्षमा बढी भोट खसेको छ ।
भानु– ३ मा स्वर्णिमले ७१४, वडा नम्बर ४ मा ७५९ र वडा नम्बर ८ मा ८५६ मत पाउँदा गोविन्दले क्रमशः ४१८, ४८२ र ४५८ मत पाउनु भएको छ ।
स्वर्णिमलाई एमालेको धेरै मत :
अहिलेसम्मको मतगणनाबाट आएको परिणामलाई आधार मान्ने हो भने वाग्लेले यसअघि एमालेलाई मत दिएका धेरै मतदाताको मत यो पटक आफूतिर तान्न सफल हुनुभएको छ ।
मंसिरको निर्वाचनमा एमालेले झन्डै २० हजार ल्याएको थियो । त्यतिबेला एमाले उम्मेदवार एकबहादुर रानाले सदर मतको झन्डै ३२ प्रतिशत मत पाउनु भएको थियो । अहिले खनालले १५ प्रतिशत मत मात्र पाइरहेको अवस्था छ ।
मंसिरमा कांग्रेस र एमालेबीचको मतान्तर कम थियो । त्यतिबेला कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत पाउनु हुँदा एमालेका रानाले १९ हजार ९८१ मत प्राप्त गर्नु भएको थियो ।
अहिलेसम्म मतगणना भएका वडाहरूको मत परिणाम र गत स्थानीय तहमा वडा अध्यक्षहरूले ल्याएको मतलाई आधार मान्ने हो भने एमालेको धेरै भोट वाग्लेलाई गएको छ । वाग्लेले माओवादी सहित सबै पार्टीको भोट पाउन सफल हुनु भएको छ ।
आँबुखैरेनी– १ मा एक वर्षअघि एमालेले ३ सय ५१ मत ल्याएको थियो । तर अहिलेको निर्वाचनमा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५४ मत मात्रै पाउनु भएको छ । जबकी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ सय ६५ मत ल्याएका छन् । स्थानीय तहको निर्वाचनमा यो वडामा कांग्रेसले ४ सय १५ मत ल्याएको थियो । रास्वपाका वाग्लेले १ हजार ६५ मत ल्याउन सफल हुनु भएको छ ।
यो वडामा वडा अध्यक्ष भने माओवादी केन्द्रले जितेको थियो । माओवादी मतदाताले गठबन्धनका उम्मेदवार भट्टराईलाई भोट नदिएर वाग्लेलाई दिएको प्रष्ट हुन्छ ।
एमालेले वडा अध्यक्ष जितेको आँबुखैरेनी– ६ मा एमाले उम्मेदवार खनालले १ सय ३० मत मात्र आएको छ । जबकी एक वर्षअघि एमालेका वडा अध्यक्ष उम्मेदवारले ३ सय ९० मत ल्याएर विजयी भएका थिए ।
सो वडामा कांग्रेसका भट्टराईले २ सय ५९ मत ल्याउनु भएको छ ।
भानु– ३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले ७ सय १६, कांग्रेसका भट्टराईले ४ सय १८ र एमालेका खनालले ३ सय ५१ मत पाउनु भएको छ ।
यो वडामा एमालेले स्थानीय तहमा ६ सय ९ मत र कांग्रेसले ९ सय ८ मत पाएको थियो ।
यस पटक देवघाट गाउँपालिकाको एउटा वडामा एमालेले लिड गरेको छ । देवघाट गाउँपालिका– १ मा एमालेका सर्वेन्द्र खनालले ४९४ मत ल्याउनु भएको छ । कांग्रेसका गोविन्द भट्टराईले ३३३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्लेले मात्र २७८ मत पाउनु भएको छ ।

अन्य दलले पाएको मतको अवस्था :
यसैबीच, तनहुँ– १ मा सम्पन्न उपनिर्वाचनको हालसम्मको नतिजा अनुसार अन्य दलले पाएको मतको अवस्था यस्तो रहेको छ । दलका चुनाव चिह्न र पाएको मत क्रमशः कुखुराको भाले १०९, हलो ५३, पिंध भएको सादा ढकिया ३७, घर १६, मादल १४ र कारलाई २ मत आएको पाइन्छ ।

प्रकाशित मिति २०८० बैशाख ११, सोमबार १२:११ गते
हजुरको प्रतिक्रिया