भरतपुर– चितवन– २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानकाले अग्रता सुरु भएको छ ।
इच्छाकामना गाउँपालिकाबाट सुरु भएको मत गणनाको प्रारम्भिक परिणाममा पछि गर्नु भएका ररवि ऐले भने तनहुँमा जस्तै दोब्बर जसो मतले अघि हुनुहुन्छ । वडा नं १ र ३ को गणना सकिँदा रविलाई एक हजार १५५ मत मात्र आएको थियो । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिनु भएको हो ।
दिउँसो १ बजेबाट मतगणना गर्ने सर्वदलीय सहमति भएपनि दुई बजेपछि मात्र गणना सुरु गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनु भयो । उहाँका अनुसार चितवनको मतगणना भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा भएको छ । इच्छामनकामना गाविस १ र ३ वडाबाट मत गणना सुरु भएको हो ।
सो निर्वाचन क्षेत्रमा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धी उम्मेदवारका रुपमा रहेका छन् ।
बारा– २ को उपनिर्वाचनमा रमेश खरेल कमजोर : शिवचन्द्र कुशवाहको अग्रता :
यसैबीच, बारा– २ को उपनिर्वाचनमा भने रास्वपाका उम्मेदवार रमेश खरेल कमजोर देखिनु भएको छ । मत गणनाको सुरुआति अग्रता लिनु भएका उपेन्द्र यादवलाई पछि पार्दै शिवचन्द्र कुशवाहले अग्रता लिनु भएको छ ।
हालसम्मको पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत तथा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाउनु भएको छ । सो निर्वाचन क्षेत्रमा नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएको स्थिति छ ।
प्रकाशित मिति २०८० बैशाख ११, सोमबार १६:२५ गते