दमौली– तनहुँ– १ मा झन्डै आधा मत मतणनाको काम सकिएको छ । अहिलेसम्म हालसम्म ३५ हजार तीन मतगणना भएको छ । यो बैशाख ११ गते दिउँसो ४ः३० बजेसम्म परिणाम हो ।
अहिलेसम्म हालसम्म ३५ हजार तीन मतगणना हुँदा स्वर्णिम वाग्लेले १७ हजार ९०२ मत ल्याउन भएको छ भने सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ तथा एमालेका सर्वेन्द्र खनालले पाँच हजार ८६६ मत पाउनु भएको छ ।
निर्वाचन क्षेत्रमा पर्ने ४२ वडामध्ये दिउँसो ४ः३० बजेसम्म २४ वडाको मतगणना सकिएको हो ।
केही बेरअघि घोषित परिणाम अनुसार गणना भएकामध्ये अधिकांश वडाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अन्य उम्मेदवारभन्दा बढी मत पाउनु भएको छ ।
तनहुँ– १ अन्तर्गत ४२ वडामा कुल ६३ हजार ७ सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।
तीमध्ये आबुखैरेनी गाउँपालिकाका– ६, भानु नगरपालिकाका– ११ र देवघाट नगरपालिकाका– ४ वडाको मतगणना सकिएको छ ।
यसैबीच, आबुखैरेनी– १ मा एक हजार चार सय ५८ मत खसेकोमा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत पाउनु भएको छ ।
आँबुखैरेनी– २ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत पाउनु भयो भने आँबुखैरेनी– ३ को २१७३ मतमध्ये वाग्ले एक्लैले १५१५ मत पाएका छन् भने भट्टराईले ४०१ र खनालले १९१ मत ल्याउनु भएको छ ।
यसैगरी,
आँबुखैरेनी– ४ को ६९४ मतमध्ये वाग्लेले ३३२, भट्टराईले २३७ र खनालले ८५ मत पाउनु भएको छ भने आँबुखैरेनी– ५ मा ५७० मतमध्ये वाग्लेले ३७१, भट्टराईले १४९ र खनालले २८ मत पाउनु भएको छ । आँबुखैरेनी– ६ को ७०४ मतमध्ये वाग्लेले २८१, भट्टराईले २५९ र खनालले १३० मत पाउनु भएको छ ।
उता, देवघाट– १ को ११३८ मतमध्ये वाग्लेले २७८, भट्टराईले ३३३ र खनालले ४९४ मत, देवघाट– ३ को ६४३ मतमध्ये गोविन्द भट्टराई ३२२, सर्वेन्द्र खनालले ५४ र स्वर्णिम वाग्लेले २४९ मत पाएको स्थिति छ ।
देवघाट– ४ को ६८१ मतमध्ये गोविन्द भट्टराई २७२, सर्वेन्द्र खनालले २३०, स्वर्णिम वाग्ले १६८ मत तथा देवघाट– ५ को २७५८ मतमध्ये स्वर्णिम वाग्लेले १३८६, गोविन्द भट्रुटराई ६९५ र सर्वेन्द्र खनालले ६०५ मत पाएको स्थिति छ ।
यसैगरी, भानु– १ को १६७६ मतमध्ये स्वर्णिम वाग्लेले १०४४, गोविन्द भट्टराई ३८९ मत पाए र सर्वेन्द्र खनालले १७५ मत पाएको अवस्था छ भने भानु– २ को १४१४ मतमध्ये स्वर्णिम वाग्लेले ८२३, गोविन्द भट्टराई ३८९ र सर्वेन्द्र खनालले १६३ मत पाउनु भएको छ ।
भानु– ३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत, भानु– ४ मा १६७५ मत खसेको थियो। त्यहाँ रास्वपाका वाग्लले ७५९, कांग्रेसका भट्टराईले ४८२ र एमालेका खनालले ३९४ मत तथा भानु– ५ को १५८४ मतमध्ये वाग्लेले ७७६, भट्टराईले ५३१ र खनालले २३७ मत पाउनु भएको छ ।
भानु– ६ को १४६२ मतमध्ये वाग्लेले ६८४, भट्टराईले ५४९, खनालले १७७ मत तथा भानु– ७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र एमालेका खनालले दुई सय ७० मत पाउनु भएको छ ।
भानु– ८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत तथा भानु– १० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ एमालेका खनालले तीन सय २९ मत पाएको स्थिति छ ।
त्यस्तै, भानु– ११ को २०१४ मतमध्ये वाग्लेले १२०२, भट्टराईले ५९३ र खनालले १८३ मत तथा भानु– १२ को १६८७ मतमध्ये स्वर्णिम वाग्लेले ८६०, गोविन्द भट्टराईले ५८८ र सर्वेन्द्र खनालले १८७ मत पाउनु भएको छ ।
प्रकाशित मिति २०८० बैशाख ११, सोमबार १६:५७ गते