भरतपुर– चितवन– २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्नै रेकर्ड ब्रेक गर्दै भारी मतसहित विजयी हुनु भएको छ । रविले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई ४३ हजार २५ मत अन्तर पार्दै बैशाख १२ गते विजयी हुनु भएको हो ।
रविले ५४ हजार २७६ मत ल्याउनु भएको छ भने काँग्रेसका श्रेष्ठले ११ हजार १५१ तथा एमालेका रामप्रसाद न्यौपाले १० हजार ९३५ मत ल्याउनु भएको घोषणा गरिएको छ ।
रास्वपाका सभापति रविले गत मंसिर ४ गतेको निर्वाचनमा भन्दा धेरै मत ल्याएर चुनाव जित्नु भएसँगै आफ्नो त्यो रेकर्ड ब्रेक गर्नु भएको हो । उहाँले त्यो बेलामा आफ्ना निकटत्तम प्रतिस्पर्धी उमेश श्रेष्ठलाई ३४ हजार १६२ मत अन्तरले पराजित गर्नु भएको थियो ।
रविले ४९ हजार २६१ मत प्राप्त गरी विजयी हुनुहुँदा श्रेष्ठले १५ हजार ९९ मत ल्याउनु भएको थियो । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार समेत हुनुहुन्थ्यो ।
एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहनु भएको थियो । २०७४ सालको निर्वाचनमा चितवन– २ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित हुनु भएको थियो ।
गत निर्वाचनमा ४९ हजार तीन सय मत पाएर विजय हासिल गर्नु भएका उहाँले ४ हजार ९७६ मत बढी पाउनु भएको होे । उहाँले त्यो बेलामा आफ्ना निकटत्तम प्रतिस्पर्धी उमेश श्रेष्ठलाई ३४ हजार १६२ मत अन्तरले पराजित गर्नु भएको थियो । यस पटक सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई ४३ हजार २५ मत अन्तर पार्दै जीत हासिल गर्नु भएको हो ।
सत्ता गठबन्धन सहित काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ भारी मतका साथ पछि पर्दा सो दलका महामन्त्री द्वयलाई समेत चितवनबासीका सामु नाक मुख देखाउन लाज हुने स्थिति उत्पन्न हुन गएको जिल्लाभर चर्चाको विषय बनेको छ ।
चितवन– २ मा ७८ हजार २७७ मत खसेको थियो ।
प्रकाशित मिति २०८० बैशाख १२, मंगलवार १४:१५ गते