सिमरा– बारा– २ को उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार वैशाख १२ गते राती ८ः३० बजेसम्म यहाँ ५५ हजार ५१३ मतगणना भइसकेको छ ।
गणना भएको मतपरिणामअनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै छ । यहाँ सत्ता गठबन्धनले जसपाका यादवलाई सघाएको छ ।
पछिल्लो मत परिणाम अनुसार यादवले दुई हजार ६२९ मतान्तर छ । दोस्रो स्थानमा जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहा नै हुनुहुन्छ । जसपा अध्यक्ष यादवले २२ हजार ५५२ मत तथा दोस्रो स्थानमा रहनु भएका कुशवाहाले १९ हजार ९२३ मत पाउनु भएको छ ।
एमाले उमेदवार पुरुषोत्तम पौडेलले तेस्रो स्थानमा रहेर ६ हजार ५०१ मत पाउनु भएको छ । त्यस्तै, चौथो स्थानमा रहनु भएका रास्वपा उमेदवार रमेश खरेलले दुई हजार ६८१ मत ल्याउनु भएको छ भने आम जनता पार्टीका अरूण ज्ञवालीले २ हजार ६१५ मत पाएको स्थिति छ ।
यहाँ १३ हजार ५९९ मत गन्न बाँकी छ ।
यहाँ कूल ६९ हजार १०७ मत खसेको थियो ।
बारामा अब एउटा पचरौता नगरपालिकाको मात्र मत गन्न बाँकी छ ।
पचरौतामा १३ हजार ५ सय ९९ मत खसेको थियो । यहाँको मत केही बेरपछि गन्न सुरू हुनेछ ।
प्रकाशित मिति २०८० बैशाख १२, मंगलवार २१:५० गते