ठाडोभाकाको खुल्ला प्रतियोगिता पहिलो पुरस्कार राशि एक लाख, दोस्रो ६० हजार

ठाडोभाकाको खुल्ला प्रतियोगिता पहिलो पुरस्कार राशि एक लाख, दोस्रो ६० हजार

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १६ गते शनिवार ०५:२६

सो प्रतियोगितामा लमजुङ, गोरखा र तनहुँ गरी २५ भन्दा बढी टिमले भाग लिने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक हरिमाया गुरुङले बताउनु भएको छ । लमजुङबाट १३ टिम जाने तयारी गरिएको छ ।

सिराञ्चोक गाउँपालिका प्रवर्द्धक रहेको उक्त प्रतियोगिता गोरखा जिल्लाको सिराञ्चोक गाउँपालिका– ५ को चित्रेपोखरीका तीन दिवसीय रुपमा सञ्चालन गर्ने तयारी

बेसीशहर– बुद्धजयन्ती अर्थात बैशाख पूर्णिमा २०८० का अवसरमा ठाडोभाकाको खुल्ला प्रतियोगिताको तयारी गरिएको छ । त्यसको पहिलो पुरस्कार राशि एक लाख रुपैयाँ राखिएको आयोजकको भनाई छ ।
पश्चिमाञ्चल सांस्कृतिक केन्द्र, काठमाडौंले गोरखाको सिराञ्चोक गाउँपालिका– ५ स्थित चित्रे पोखरीमा सो प्रतियोगिता यही बैशाख २१ गते सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको सो प्रतियोगिताका संयोजक हरिमाया गुरुङले बताउनु भएको छ । उहाँका अनुसार प्रतियोगिताको पहिलो पुरस्कार एक लाख रुपैयाँ राशिको छ भने दोस्रो पुरस्कार ६० हजार रुपैयाँ, तेस्रो पुरस्कार ३० हजार रुपैयाँ र सान्त्वना पुरस्कार १५ हजार रुपैयाँ राशिको राखिएको छ । उहाँले भन्नुभयो, ‘प्रतियोगिताका लागि सिराञ्चोक गाउँपालिकाले प्रवर्द्धन गरेको छ भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतियोगिताको उदघाटन गर्नु हुने छ ।’
प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने संयोजक गुरुङले बताउनु भयो । उहाँका अनुसार कार्यक्रमको प्रवर्द्धक सिराञ्चोक गाउँपालिका तथा संरक्षकमा महेश गुरुङ रहनु भएको छ भने सहआयोजकमा चित्रेपोखरीकै न्यू दौतरी समूह रहेको छ । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा भाग लिन आउनेहरूका लागि खाने, बस्ने र एकतर्फी यातायात खर्चको समेत प्रवन्ध आयोजक समितिले गरेको छ ।’
उक्त कार्यक्रममा दुई दर्जन बढी राष्ट्रिय तथा स्थानीय कालकारको नाच सहितको सांगीतिक प्रतिस्तुति समेत रहने भएको आयोजकको भनाइ छ ।

उक्त कार्यक्रममा अर्थसंयोजकको भूमिकामा रमेश गुरुङ तथा मिडिया पट्नरमा सुरज गुरुङ(गोरखा) रहनु भएको कार्यक्रमका संयोजक हरिमाया गुरुङले जनाकारी दिनु भएको छ । उहाँका अनुसार उक्त अवसरमा प्रदर्शन गरिने नृत्यहरूको निर्देशक दिपु गुरुङ हुनुहुन्छ ।
लमजुङबाट १३ टिमले भाग लिने :
सो प्रतियोगितामा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङकोतर्फबाट भारी संख्यामा प्रतियोगी टिमले सो प्रतियोगितामा भाग लिन जाने भएका छन् । लमजुङबाट सो प्रतियोगितामा हालसम्म १३ टिमले भाग लिन जाने तय भएको सो प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार प्रतियोगिताको उदघाटन कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवम् ठाडोभाकाका वरिष्ठ गायिका उत्तम गुरुङको विशेष प्रस्तुति रहने भएको छ । त्यस्तै, प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारी, संरक्षक एवम् ठाडोभाका महानाकय बुद्धिमान दुरा ‘धम्पु’, वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे, उपाध्यक्ष सीता दुरा सहितका पदाधिकारी तथा केही वरिष्ठ आजीवन सदस्यहरू समेत जानु हुनेछ । उहाँले भन्नुभयो, ‘लोकसंस्कृतिको संरक्षण एवम् प्रवर्द्धनका लागि हुन लागेको यो यौटा विशेष उत्सव हो, त्यो कार्यक्रमले हामीलाई निकै उत्साहित तुल्याएको छ ।’ हामी लमजुङबाट यौटा बस रिजर्भ गरेर व्यानर सहित सो कार्यक्रममा भाग लिन जाने तयारीमा छौं अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।
सो प्रतियोगितामा लमजुङ, गोरखा र तनहुँ गरी २५ भन्दा बढी टिमले भाग लिने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक हरिमाया गुरुङले बताउनु भएको छ ।
स्मरणीय छ, ठाडोभाकाको गोरखामा हुन लागेको यो पहिलो प्रतियोगिता हो । लमजुङमा भने यस्ता प्रतियोगिताहरू पछिल्ला चार वर्ष यता मात्रै छ वटा सम्पन्न भइसकेका छन् ।

प्रकाशित मिति २०८० बैशाख १६, शनिबार १७:२६ गते
हजुरको प्रतिक्रिया