कोरोना अपडेट : थप एकजनाको मृत्यु

कोरोना अपडेट : थप एकजनाको मृत्यु

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १६ गते शनिवार ०६:१४

अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३६१ रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये २७ संक्रमित आइसोलेसनमा छन् । अस्पतालमा रहेका कोरोना संक्रमितमध्ये आठ आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ५१ संक्रमित

काठमाडौं– नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको मृत्यु भएको तथा ५१ जनामा कोरोना संक्रमण पुष्टि बैशाख १६ गते भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३५ जनाले कोरोना जित्न सफल भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९० हजार ५५० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २३८ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ५१ को नतिजा पोजिटिभ आएको हो । २०५ नमुनाको पीसीआर परीक्षण गर्दा २२ र एक हजार ३३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो ।
अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३६१ रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये २७ संक्रमित आइसोलेसनमा छन् । अस्पतालमा रहेका कोरोना संक्रमितमध्ये आठ आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति २०८० बैशाख १६, शनिबार १८:१४ गते
हजुरको प्रतिक्रिया