लेखक संघले मनायो बैशाख १६ गते पहिलो लेखक दिवस

लेखक संघले मनायो बैशाख १६ गते पहिलो लेखक दिवस

अञ्जना पौडेल

@antaranganews

२०८० बैशाख १६ गते शनिवार ०८:५१

वि.सं. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत् पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवम् बुद्धिजीवीहरूले हस्ताक्षर गरी श्री ३ भीम शमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवाहरूलाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन (वैशाख १६) लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको जनाएको छ ।

वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँला अर्थात तिलबिक्रम नेम्बाङलाई राष्ट्रिय लेखक पुरस्कार अर्पण

काठमाडौं– वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँला अर्थात तिलबिक्रम नेम्बाङलाई राष्ट्रिय लेखक पुरस्कार अर्पण गरिएको छ । नेपाली लेखक सङ्घको केन्द्रीय कार्य समितिले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सो पुरस्कार बैशाख १६ गते प्रदान गरेको हो ।
उपप्रधानमन्त्री माननीय पूर्णबहादुर खड्का प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँती विशिष्ट अतिथिले काइँलालाई उक्त पुरस्कार संयुक्त रुपमा अर्पण गर्नु भएको हो ।
पुरस्कार प्रदान पछि संक्षिप्त मन्तव्य व्यक्त गर्नु हुँदै प्रमुख अतिथि खड्काले नेपालको साहित्यिक इतिहासमा आजको दिनले नयाँ आयाम थप्ने बताउनु भयो । उहाँले पुरस्र्कत व्यक्तित्व बैरागी काईलालाइ बधाई र आयोजकलाई धन्यवाद दिनु भएको थियो । उहाँले उचित व्यक्तित्वले पुरस्कार पाएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले थप भन्नुभयो ओज भएको व्यक्तिलाई पुरस्कार प्रदान गरिएकोले पुरस्कारको समेत गरिमा बढेको छ ।
पुरस्कार ग्रहण गरेपछि मन्तव्य दिँदै कवि काइँलाले आफूले लेखकीय सत्ताको उन्नयनका लागि खासै योगदान दिन नसक्दा पनि नेपाली लेखक सङ्घ पुरस्कार दिँदा आफूमाथि गम्भीर जिम्मेवारी आइपरेको बताउनुभयो । उहाँले लेखक सधैं सत्ताको प्रतिपक्षी हुन्छ भन्नु भयो ।
पुरस्कार ग्रहण गरेपछि मन्तव्य दिँदै कवि काइँलाले आफूले लेखकीय सत्ताको उन्नयनका लागि खासै योगदान दिन नसक्दा पनि नेपाली लेखक सङ्घ पुरस्कार दिँदा आफूमाथि गम्भीर जिम्मेवारी आइपरेको बताउनुभयो ।
सो पुरस्कारको राशि १ लाख रूपैँया रहेको राष्ट्रिय लेखक पुरस्कार प्रत्येक दुई– दुई वर्षमा प्रदान गरिने संघले जनाएको छ । संघका अनुसार यो पुरस्कार पहिलो पटक अर्पण गरिएको हो ।
अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाली लेखक सङ्घले आज वैशाख १६ गते देशैभर विभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना गरी लेखक दिवस मनाएको बताएको छ ।
सम्पूर्ण लेखकहरूले गौरव गर्ने लाइब्रेरी पर्वूका दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय नेपाली लेखक सङ्घको केन्द्रीय सचिवालयको बैठकले गरेको थियो । हरेक वर्ष बैशाख १६ लाई लेखक दिवसका रूपमा मनाउने कार्यको थालनी आजबाट भएको हो ।
वि.सं. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत् पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवम् बुद्धिजीवीहरूले हस्ताक्षर गरी श्री ३ भीम शमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवाहरूलाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन (वैशाख १६) लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको जनाएको छ । यस दिनलाई नेपालको इतिहासमा पुस्तकालय पर्वका रूपमा पनि चिनिन्छ । यसै दिनलाई राष्ट्रिय लेखक दिवस मनाउँदा उपयुक्त हुने नेपाली लेखक सङ्घको ठहर अनुसार यो कार्यक्रम गरिएको हो ।

सो अकसरमा लेखक नाम सँगालो पनि विमोचन गरिएको थियो ।
पुरस्कृत श्रष्टामाथि सल्लाहकार ज्ञानु पाण्डेले मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति तीर्थ श्रेष्ठले धन्यवाद मन्तव्यसहित विसर्जन गर्नुभएको कार्यक्रम संघका महासचिव सोझो गाउँलेले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० बैशाख १६, शनिबार २०:५१ गते
हजुरको प्रतिक्रिया