गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा लमजुङलाई ६ स्वर्ण सहित १३ पदक

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा लमजुङलाई ६ स्वर्ण सहित १३ पदक

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १७ गते आईतबार ११:४१

प्रतियोगिताबाट छनोट भएका खेलाडीले काठमाडौँमा हुने १३ औं राष्ट्रिय राष्ट्रपति कपमा भाग लिएका छन् । राजधानी काठमाडौंमा सञ्चालित प्रतियोगिता जारी नै छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराँतेतर्फ लमजुङ प्रथम

पोखरा– गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा लमजुङले ६ स्वर्ण जित्न सफल भएको छ । गण्डकी खेलकुद परिषद्को अयोजनामा उहाँ सञ्चालित १४ औ गण्डकी प्रदेशस्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा लमजुङले करातेतर्फ तीन स्वर्ण, एथलेटिक्स तर्फ हाइजम्प, लङजम्प र रिलेदौडमा एक÷एक स्वर्ण जितेको हो ।
प्रतियोगिताबाट छनोट भएका खेलाडीले काठमाडौँमा हुने १३ औं राष्ट्रिय राष्ट्रपति कपमा भाग लिएका छन् । राजधानी काठमाडौंमा सञ्चालित प्रतियोगिता जारी नै छ ।
पोखरा रङ्गशालामा सञ्चालन गरिएको प्रतियोगितामा ६ स्वर्णसहित कराँतेतर्फ लमजुङ पहिलो हुन सफल भएको जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष योगबहादुर गुरुङ (कालु) ले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा ५० किलो तौल समूहतर्फ बेसीशहर नगरपालिकाका प्रीति तामाङ प्रथम हुुनुभएको छ । त्यस्तै, ४० किलो तौलतर्फ राइनास नगरपालिकाका हर्षाली गुरुङ प्रथम हुनुभएको छ ।
छात्रातर्फको एकल कातामा पनि तामाङ नै पहिलो हुन सफल भएको मस्र्याङ्दी कराँते डोजो भोटेओडारका प्रशिक्षक विक्रम घलेले बताउनुभयो । उहाँका अनुसार कराँतेतर्फ प्रथम हुन सफल खेलाडी राष्ट्रियस्तरको प्रतियोगितामा छनौट भएका छन् । हाइजम्पतर्फ बेसीशहर नगरपालिकाका सीमा श्रेष्ठ पहिलो हुनुभयो । लङजम्पतर्फ राइनास नगपालिकाका लक्ष्मी परियार पहिलो हुनु हुनुभएको हो ।
४ सय गुणन ४ सय मिटर रिले दौडमा पनि लमजुङ पहिलो भएको छ । उक्त प्रतियोगितामा विनित भुजेल, गणेश विक, नितेश शाही र समीर सुन्दासले भाग लिएका थिए ।
एक सय मिटर दौड छात्रातर्फ पनि राइनासकै लक्ष्मी परियारले दोस्रो स्थान हासिल गर्नुभयो ।
४ सय मिटर दौड छात्रतर्फ लमजुङका विनित भुजेल दोस्रो र लमजुङकै नितेश शाही तेस्रो भएका छन् ।
प्रदेशस्तरीय खेलमा करातेतर्फ प्रिती तामाङले जिल्लालाई दुई स्वर्ण दिलाइन् । उनले ५० केजी तौल समूह र कातातर्फ प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेकी हुन् । राइनास– ५ तिनपिप्लेस्थित शिशु विद्याश्रम मावि कक्षा ९ मा अध्ययनरत हर्शली गुरुङले ४० केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भइन् ।
हाइजम्पमा बेसीशहरकी सिमा श्रेष्ठ र लङजम्पमा लक्ष्मी परियारले पहिलो स्थान हासिल गर्दै एक÷एक स्वर्ण जित्न सफल भएको जानकारीमा आएको छ । रिले दौडमा विनित भुजेल, गणेश विक, नितेश शाही र समिर सुन्दासको समूहले प्रथम स्थान हासिल गर्दै लमजुङलाई एक स्वर्ण दिलाएका छन् ।
प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र २ कास्य सहित लमजुङले कुल १३ पदक जित्दै चौथो स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगवहादुर गुरुङ(कालु)ले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८० बैशाख १७, आईतवार ११:४१ गते
हजुरको प्रतिक्रिया