रास्वपाद्वारा ३६ विभाग गठन, कुन कुन विभागको प्रमुखमा को को ?

रास्वपाद्वारा ३६ विभाग गठन, कुन कुन विभागको प्रमुखमा को को ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १८ गते सोमबार ०३:४८

महासचिव डा. मुकुल ढकाल र सांसद डा. तोसिमा कार्की २/२ वटा विभागको जिम्मेवारीमा हुनुहुन्छ । उहाँहरू डा. ढकाल र डा. कार्की क्रमशः नीति तथा विभाग र प्रशिक्षण विभाग तथा स्वास्थ्य, जनसंख्या विभाग र युवा तथा खेलकुद विभागको प्रमुखमा चयन हुनुभएको छ ।

काठमाडौँ– संगठन विस्तारको चरणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न ३६ विभागहरू गठन गरेको छ । रास्वपाले विभाग गठन र हाल भएका विभागलाई पनि अद्यावधिक गर्ने निर्णय सो दलको बैशाख १८ गते सम्पन्न बैठकले गरेको हो ।
सो दलका महासचिव डा. मुकुल ढकाल नीति तथा विभाग विभाग र प्रशिक्षण विभागको प्रमुखमा चयन हुनु भएको छ । सङ्गठन विभागको प्रमुखमा कवीन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभागमा विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन हुनु भएको महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले बताउनु भयो । उहाँका अनुसार अर्थ नीति विभागमा डा. स्वर्णिम वाग्ले प्रमुख चयन हुनु भएको छ । त्यस्तै, मानवीय विकास प्रवर्द्धन विभागमा कुसुम महर्जन, उत्पादन प्रवर्द्धन विभागमा रामकृष्ण भट्टराई, केन्द्रीय आरएट संयोजन विभागमा विष्णुकुमार श्रेष्ठ, नेतृत्व क्षमता तथा मानव संसाधन विभागमा खुस्बु सरकार श्रेष्ठ, जनसम्पर्क विभागमा दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभागमा हरि ढकाल प्रमुख चयन हुनु भएको छ ।
यसैगरी, रास्वपाको आर्थिक व्यवस्थापन विभागमा लिमा अधिकारी, गुनासो व्यवस्थापन विभागमा डा. चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभागमा अरनिको पाँडे, तथ्यांक अनुसन्धान तथा अभिलेखन विभागमा मनिष झा चयन हुनु भएका बताइएको छ ।
विधेयक मन्थन विभागमा गणेश कार्की, गैरआवासीय नेपाली सम्पर्क विभागमा अर्जुन अधिकारी, कानुन तथा न्याय विभागमा सोविता अधिकारी र सार्वजनिक लेखा समीक्षा विभागमा मनिष झा, शिक्षा विभागमा सुमना श्रेष्ठ, कृषि विभागमा अशोक चौधरी प्रमुख चयन हुनु भएको छ ।
पर्यटन तथा संस्कृति विभागमा शिशिर खनाल, मुद्रा तथा पुँजी बजार विभागमा बिराजभक्त श्रेष्ठ, उद्योग तथा वाणिज्य विभागमा गणेश पराजुल, श्रम तथा उपभोक्ता हित विभागमा असिम शाह, यातायात विभागमा शिव नेपाली प्रमुख चयन तथा पूर्वाधार अनुगमन विभागमा निशा डाँगी, विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागमा सुमना श्रेष्ठ, मानव अधिकार विभागमा सन्तोष परियार चयन हुनु भएको छ । सहकारी विभागमा अशोक चौधरी, वन तथा वातावरण विभागमा विनीता कठायत र महिला तथा सामाजिक विकास विभागमा लक्ष्मी तिवारी प्रमुख चयन भएको डा ढकालले उल्लेख गर्नु भएको छ ।

प्रकाशित मिति २०८० बैशाख १८, सोमबार १५:४८ गते
हजुरको प्रतिक्रिया