जनकल्याण माविको शुक्रबारे कार्यक्रममा खुल्ला लोकगीत प्रतियोगिता

जनकल्याण माविको शुक्रबारे कार्यक्रममा खुल्ला लोकगीत प्रतियोगिता

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १८ गते सोमबार ०८:३५

बाल्य तथा किशोर उमेरदेखि नै नेपाली मौलिक कला, संस्कृति, धार्मिक आस्था र राष्ट्रियताको बोध गराउँदै यी विषयप्रतिको विद्यार्थीहरूमा गहिरो भावना जागृत गर्न गराउन र पाश्चात्य संस्कृतिलाई क्रमशः निरुत्साहित गर्न र नव प्रतिभाको खोजी गरी समाज र राष्ट्रिय रुपमा परिचित बनाउने थप उद्देश्य समेत कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगितामा कक्षा– ४ देखि १० सम्मका नौ समूह सहभागी, कक्षा– १० को क समूह पहिलो

उदीपुर(लमजुङ)– जनकल्याण माविको आयोजनामा शुक्रबारे कार्यक्रम अन्तरगत खुल्ला लोकगीत प्रतियोगिताको आयोजना गरेको छ । सो प्रतियोगिता बेशाख १६ गते सम्पन्न भएको हो ।
बाल्य तथा किशोर उमेरदेखि नै नेपाली मौलिक कला, संस्कृति, धार्मिक आस्था र राष्ट्रियताको बोध गराउँदै यी विषयप्रतिको विद्यार्थीहरूमा गहिरो भावना जागृत गर्न गराउन र पाश्चात्य संस्कृतिलाई क्रमशः निरुत्साहित गर्न कार्यक्रमको आयोजना गरिएको सो माविका प्रधानाध्यापक सूर्यबहादुर अधिकारीले बताउनु भयो । उहाँका अनुसार नव प्रतिभाको खोजी गरी समाज र राष्ट्रिय रुपमा परिचित बनाउने थप उद्देश्य समेत कार्यक्रम आयोजना गरिएको हो ।
उहाँले भन्नुभयो, ‘नेपाली कला, धर्म, संस्कृति, राष्ट्रियता आदि विषयमा कक्षा– ४ देखि कक्षा– १० सम्मका विद्यार्थीहरूबाट आफैंले रचना गरेको लोकगीतहरू एकल र समूहगत रुपमा प्रस्तुत भएको थियो ।’
सोही माध्यामिक विद्यालयका प्र.अ. सूर्यबहादुर अधिकारीको अध्यक्षतामा सञ्चालित उक्त प्रतियोगिता कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक पुरुषोत्तम अधिकारीले गर्नुभएको थियो ।

सो प्रतियोगिताको निर्णायकमा शिक्षकहरू प्रभात घिमिरे, कृष्णचन्द्र पाैड्याल र सम्झना अधिकारी रहनु भएको सोही माविका शिक्षक गोविन्दप्रसाद अधिकारीले बताउनु भयो ।
प्रतियोगितामा विजयी विद्यार्थीहरूमा कक्षा– १० को क समूह पहिलो भयो । सो समूहमा पूजा चापागाईं, अञ्जु विष्ट, करुणा अधिकारी, सपना बाटाजु र एसुप गुरुङले भाग लिएका थिए ।
यसैगरी, दोस्रो हुने टिममा कक्षा– ९ को समूह रह्यो । सो समूहमा विद्या परियार, निशा सुनार, पूजा तिवारी, मेलिना नेपाली र चन्द्रमा मिजारले भाग लिएका थिए । तेस्रो हुनेमा कक्षा– १० को ख समूह रह्यो । त्यस समूहमा प्रतीक्षा बि.क.र उनका साथीहरूले भाग लिएका थिए ।
सान्त्वना स्थान हासिल गर्नेमा कक्षा– ७ का सिर्जित खड्काको समूह रह्यो । त्यसैगरी, अर्को सान्त्वना स्थान हासिल गर्ने समूहमा प्रावि तहका सन्देश, इशान र समीरको समूह रहेको कार्यक्रमका सञ्चालन सो विद्यालयका शिक्षक पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो प्रतियोगितामा ९ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति २०८० बैशाख १८, सोमबार २०:३५ गते
हजुरको प्रतिक्रिया