पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १९ गते मङ्गलबार ०७:१९

संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ११ जना छन् । आजका दिनमा भेन्टिलेटरमा कुनै पनि विरामी नभएको मन्त्रालयले प्रष्ट्याएको छ ।
आजकै दिनमा ५३ जना कोरोनालाई जित्न सफल भएका छन् ।

संक्रमितको संख्या २५२ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ११ जना

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको कुल संख्या २५२ पुगेको, संस्थागत आईशोलेशनमा २५ जना रहेका र आईसीयूमा ११ जना उपचाररत रहेको बैशाख १९ गते बताइएको हो ।
आज एक हजार ७१८ जनाको नमुनामध्ये १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी ५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार कोरोनाको संक्रिय संक्रमितको संख्या २५२ पुगेको छ । संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ११ जना छन् । आजका दिनमा भेन्टिलेटरमा कुनै पनि विरामी नभएको मन्त्रालयले प्रष्ट्याएको छ ।
आजकै दिनमा ५३ जना कोरोनालाई जित्न सफल भएका छन् ।
संक्रमण बढेसँगै कोरोना विरुद्ध कोरोनाको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

हिजो १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसबाट कोरोना घट्ने क्रममा रहेको आंकलन गरिएको थियो । तर आज दोब्बरभन्दा बढी संख्यामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, १७ गते थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१६ गतेका दिन नेपालमा ५१ संक्रमित थपिएका थिए भने कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । सोसँगै नेपालमा त्यस दिनसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ३० पुगेको छ ।

प्रकाशित मिति २०८० बैशाख १९, मंगलवार १९:१९ गते
हजुरको प्रतिक्रिया