अन्ततः एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

अन्ततः एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख १९ गते मङ्गलबार ०७:२६

कोइरी महोत्तरी १ बाट माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका थिए ।
स्मरणीय छ, प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम अदालतको आदेशविपरीत फरार रहेका सांसद स्वत निलम्बनमा पर्ने व्यवस्था छ ।

२०७२ भदौ २५ गते उच्च अदालत जनकपुरद्वारा उनलाई हत्या आरोपमा थुनामा राख्न आदेश

काठमाडौं– अन्ततः एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । हत्या आरोप लागेका उनी प्रहरी प्रधान कार्यालयले दोस्रोपटक उनलाई पक्राउ गरिदिन सहयोग माग्दै संसद सचिवालयमा बैशाख १७ गते पत्र पठाएको थियो । सोही आधारमा सभामुख देवराज घिमिरेले उनलाई बैशाख १९ गते निलम्बन गर्नु भएको हो ।
कोइरीलगायत सम्बन्धित सबैलाई निलम्बन भएको सूचना टाँस गरी निलम्बनको जानकारी दिइएको हो । उनीउपर सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप छ । २०७२ भदौ २५ गते उच्च अदालत जनकपुरले उनलाई हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि फरार रहेका उनको खोजी गर्न सहयोग माग्दै प्रहरी प्रधान कार्यालय नक्सालले संसद सचिवालयलाई दुई पटक पत्र लेखेको थियो ।
प्रहरी प्रधान कार्यालयले २०७९ साल पुस ७ गते नै सांसद कोइरी फरार रहेको सूचना संसद सचिवालयका महासचिवलाई पत्र लेखेर जानकारी दिएको थियो । तर सभामुख देवराज घिमिरेले नयाँ नियमावली पारित भएपछि फेरि प्रहरीबाट पत्र आउनुपर्ने अडान लिँदै आउनु भएको थियो । उहाँले पुरानो पत्रका आधारमा सांसद कोइरीलाई निलम्बन गर्न आनाकानी गर्नु भएको थियो ।
वैशाख १५ गतेको बैठकमा सभामुख देवराज घिमिरेले फरार रहेका सांसद कोइरीले अस्वस्थ रहेको भन्दै पठाएको पत्रलाई समावेश गरेर बिदा स्वीकृत भएको घोषणा गर्नु भएको थियो । त्यस लगत्तै सत्तापक्षका सांसदहरूले बैठकमा विरोध जनाए । सांसदहरूको विरोध थेग्न नसकेपछि संसद बैठक समेत स्थगित गर्नुपर्ने अवस्था उत्पन्न भएको थियो । त्यसपछि नयाँ अधिवेशनमा कानून बमोजिम गर्ने भन्दै सभामुख घिमिरे पछि हटनु भएको थियो ।
कोइरी महोत्तरी १ बाट माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका थिए ।
स्मरणीय छ, प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम अदालतको आदेशविपरीत फरार रहेका सांसद स्वत निलम्बनमा पर्ने व्यवस्था छ ।

प्रकाशित मिति २०८० बैशाख १९, मंगलवार १९:२६ गते
हजुरको प्रतिक्रिया