पोखरा– लमजुङको पहिचान र गौरवका रुपमा रहेको मौलिक ठाडोभाकाका एक उज्वल नक्षत्रका रुपमा परिचित सुवेदार सन्तबहादुर गुरुङको निधन भएको छ । मध्यनेपाल नगरपालिका– ७ चिसंकु निवासी ६५ वर्षीय उहाँको पोखराको रामघाट स्थित तलुली घाटमा बैशाख २३ गते अन्तिमसंस्कार गरियो ।
स्व. गुरुङको पार्थिव शरीरमा उहाँका जेठो छोरा खेमबहादुर गुरुङले दागबत्ती दिनु भएको थियो । त्यसअघि उहाँले ठाडोभाका, सामाजिक क्षेत्र तथा भारतीय सेनामा कार्यरत रहदा र पेन्सनमा आएपछि भूपू सैनिकका तर्फबाट खेलेको भूमिकाका बारेमा प्रकाश पार्दै उहाँको अमरत्वको कामना गरिएको थियो ।
उहाँको निधनले अपूरणीय क्षति भएको भन्दै ठाडोभाकाको कार्यक्रम स्थलमा अमरत्व प्राप्त गरेको हुँदा उहाँको योगदानलाई चिरस्थायी बनाउन अक्षयकोष सहितको स्मृति पुरस्कार राख्ने प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको घोषणा ।
स्व. गुरुङको पार्थिव शरीरमा प्रतिष्ठानका अध्यक्ष पहाडी, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, उपाध्यक्ष सीता दुरा, कोषाध्यक्ष सीता गुरुङ, सहकोषाध्यक्ष भुन्टीमाया तामाङ, कार्यकारी सदस्य अमरध्वज गुरुङ, वरिष्ठ आजीवन सदस्य मीनबहादुर तामाङ, ठाडोभाका गायिकाहरू बुद्धिमाया गुरुङ, रमाना भण्डारी, तुलसा शाही ठकुरी, ठाडोभाकाका सर्जक देउवहादुर दुराकी नातिनी गौमाया गुरुङ उहाँका श्रीमान योगेन्द्र गरुङ लगायतले प्रतिष्ठानको झण्डा आढाएर उहाँको अन्तिम विदाई गर्नु भएको थियो ।
स्व. गुरुङका श्रीमती, दुई, दुई जना छोरा र बुहारी, दुई नाति र तीन नातिनी छन् । प्रस्तुत छ, त्यसको फोटो फिचर :







प्रकाशित मिति २०८० बैशाख २३, शनिबार २०:३३ गते