शारीरिक अपाङ्गताका व्यक्तिहरूलाई प्रस्ताव लेखन दुई दिने तालिम समापन

शारीरिक अपाङ्गताका व्यक्तिहरूलाई प्रस्ताव लेखन दुई दिने तालिम समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २४ गते आईतबार ०८:४७


प्रशिक्षणमा सहजिकरणका सीपहरू र समूह कार्यको बिषयमा अपाङ्गता निर्देशक समिति गण्डकी प्रदेशका बिषय विज्ञ युवराज पराजुली र प्रस्तावना लेखनबारे सत्यराज अधिकारी र राष्ट्रिय अपाङ्ग महासंघ संघीय निवर्तमान सदस्य चन्द्रकान्त पौडेलले सहजीकरण गर्नु भएको थियो ।

गण्डकीका १० जिल्लाका ४० जना सहभागी

नवलपुर– शारीरिक अपाङ्गताका व्यक्तिहरूलाई प्रस्ताव लेखन दुई दिने तालिम सञ्चालन गरिएको छ । यहाँ स्थित पिप्रहर होमस्टे ग्राममा आयोजित प्रस्ताव लेखन तालिमको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा समापन बैशाख २३ गते गरिएको हो ।
प्रजिअ लम्सालले आफ्नो प्रमुखआतिथ्य मन्तव्यका क्रममा अपाङ्गताको प्रदेशस्तरीय यो कार्यक्रम नवलपुरमा हुनु सुखद रहेको बताउनु भयो । उहाँले कार्यक्रमले अपाङ्गताको बारेमा सचेतना जागृत गर्नका लागि कोशेढुंगाको काम गर्ने उल्लेख गर्नु भयो । उहाँले आगामी दिनमा अपांगता भएका व्यक्तीहरूका सवालमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रमका अध्यक्ष जगन्नाथ सुवेदीको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगरपालिका प्रवक्ता तिता प्रसाद काम्ला, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, जन कल्याण सामुदायिक शिकाई केन्द्रका अध्यक्ष टिकाराम पङेनी, राष्ट्रिय अपाङ्ग महासङ संघीय सदस्य बिष्णु सिग्देल लगाएको सहभागिता थियो ।
आयोजक महासंघ गण्डकी प्रदेश उपाध्यक्ष युवराज पराजुलीले उक्त कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सहजी करण राष्ट्रिय शारीरिक महासंघ गण्डकी प्रदेशका महासचिव चन्द्रकान्त पौडेलले गर्नु भएको थियो ।
प्रशिक्षणका क्रममा प्रस्ताव लेखन के हो ? परियोजना प्रस्ताव लेखनको विविध पक्ष तथा बिषयमा बारेमा सैद्धान्तिक र व्यवहारिक रुपमा प्रशिक्षक सत्यराज अधिकारीले बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो । सो अवसरमा सहजिकरणका सीपहरू र समूह कार्यको बिषयमा अपाङ्गता निर्देशक समिति गण्डकी प्रदेशका बिषय विज्ञ युवराज पराजुली र प्रतिवेदन लेखेनको बिषयमा राष्ट्रिय अपाङ्ग महासंघ संघीय निवर्तमान सदस्य चन्द्रकान्त पौडेलले सहजीकरण गर्नु भएको थियो ।
प्रशिक्षणको समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश सदस्य कृष्णा रिमाल र फूलवारी सेवा केन्द्रका प्रतिनिधि चेतनाराण पौडेलले सिकाई उपलब्धिका बारेमा प्रकाश पार्नु भएको थियो ।
राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशको आयोजना तथा मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यलय गण्डकी प्रदेशको आर्थिक साझेदारीमा बैशाख २२ र २३ गते उक्त दुई दिने प्रशिक्षण सञ्चालन गरिएको हो ।
सो प्रशिक्षणमा गण्डकी प्रदेशका १० जिल्लाका ४० जना सहभागी रेहेको र लमजुङबाट चार जना सहभागी भएको अपाङ्ग उत्थान समिति राइनास लमजुङका उपाध्यक्ष प्रेमबिनोद बिकले जानकारी दिनु भयो ।

प्रकाशित मिति २०८० बैशाख २४, आईतवार ०८:४७ गते
हजुरको प्रतिक्रिया