अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर : ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर : ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २७ गते बुधबार ०८:५५


क्यारोललगायत दर्जनौं महिलाहरूले ट्रम्पविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर गरेका छन् । ट्रम्पले आफूमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप लगातार खण्डन गर्दै आइरहेका थिए ।

सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्न सक्ने

काठमाडौं– अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको सिभिल कोर्टले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो । उनले पीडितलाई क्षतिपूर्ति वापत ५० लाख अमेरिकी डलर दिनुपर्ने अदालतले फैसला सुनाएको बीबीसीले जनाएको छ ।
सो फैसला बैशाख २६ गते भएको हो । अमेरिकी लेखक इ. जिन क्यारलले ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार र मानहानी गरेको आरोप लगाउँदै सन् १९९० मा मुद्दा दर्ता गरेकी थिइन् । उक्त मुद्दामा फैसला गर्दै म्यानहटन ज्यूरीले ट्रम्पलाई दोषी ठहर गरेको हो ।
क्यारलले ट्रम्पविरूद्ध लगाएको बलात्कारको आरोप भने ज्युरीले खारेज गरिदिएको समाचारमा भनिएको छ । सो समाचार अनुसार यौन दुर्व्यवहार र मानहानीमा दोषी ठहर भएपछि ज्युरीले पीडितलाई पाँच मिलियन डलर क्षतिपूर्ति दिन आदेश गरेको छ ।
क्यारोललगायत दर्जनौं महिलाहरूले ट्रम्पविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर गरेका छन् । ट्रम्पले आफूमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप लगातार खण्डन गर्दै आइरहेका थिए ।
पूर्वराष्ट्रपति ट्रम्पका प्रवक्ताले जारी गरेको बयानमा ट्रम्प विरुद्धको अभियान अन्तर्गत अदालतको यो फैसला आएको भन्दै यो राजनीतिबाट प्रेरित भएको टिप्पणी समेत गरिएको छ । यो फैसलाविरुद्ध अपिल गर्ने ट्रम्पको योजना रहेको बीबीसीले जनाएको छ ।
पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबावमा राखेको अभियोगमा ट्रम्पले फौजदारी मुद्दा पनि खेपिरहेका छन् । सो मुद्दाको सुनुवाइ डिसेम्बर ४ मा हुँदै छ ।
डोनाल्ड ट्रम्पले अदालतको फैसलापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘मलाई यी महिला को हुन् भन्ने बिल्कुलै थाहा छैन । यो निर्णय अपमान हो ।’
आगामी राष्ट्रपति निर्वाचनलाई लिएर ट्रम्पविरोधी अभियानअन्तर्गत यो फैसला आएको उनको सचिवालयले जनाएको छ । ज्युरीको आदेशविरुद्ध अपिल गर्ने उनको सचिवालयले जनाएको छ ।
सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्न सक्छ ।

प्रकाशित मिति २०८० बैशाख २७, बुधबार ०८:५५ गते
हजुरको प्रतिक्रिया