विश्व रेडक्रस दिवसमा विद्यालयस्तरीय वक्तृत्वकला

विश्व रेडक्रस दिवसमा विद्यालयस्तरीय वक्तृत्वकला

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २७ गते बुधबार ०९:५१

सो प्रतियोगितामा अनुपा जोशी (कक्षा ९) पहिलो, अस्मी तिवारी (कक्षा ९) दोस्रो, स्वस्तिका जोशी (कक्षा ८) तेस्रो र अपेक्षा अधिकारी (कक्षा ७)ले सान्त्वना स्थान हासिल गरेका थिए ।

जनकल्याण मा.वि.मा गरिएको प्रतियोगितामा १४ जना छात्रछात्राहरू सहभागी

उदीपुर(लमजुङ)– विश्व रेडक्रस दिवस (मे ८) का अवसरमा यहाँ स्थित जुनियर रेडक्रस सर्कल जनकल्याण मा.वि.को आयोजनामा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिको छ । सो प्रतियोगिता ‘मानव जीवनमा रेडक्रसको अवसर’ विषयमा बैशाख २५ गते गरिएको हो ।
उक्त कार्यक्रममा विद्यालयका प्र.अ. सूर्यबहादुर अधिकारी, बेसीशहर न.पा.– १ का वडाध्यक्षको मुख्य आतिथ्यता तथा जु.रे.स. नायक लगायत शिक्षक, विद्यार्थीहरूको उपस्थिति थियो ।
मानव जीवनमा रेडक्रसको अवसर विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ६– १० सम्मका १४ जना विद्यार्थीहरूले भाग लिएका शिक्षक नायक बद्रीनाथ खनालले बताउनु भयो ।
सो प्रतियोगितामा अनुपा जोशी (कक्षा ९) पहिलो, अस्मी तिवारी (कक्षा ९) दोस्रो, स्वस्तिका जोशी (कक्षा ८) तेस्रो र अपेक्षा अधिकारी (कक्षा ७)ले सान्त्वना स्थान हासिल गरेका थिए ।
शिक्षकहरू रामप्रसाद अधिकारी संयोजक, शारदा लोहनी अतिरिक्त क्रियाकलाप संयोजक र शिक्षक प्रभात घिमिरेले निर्णायकको भूमिका निभाउनु भएको थियो ।
प्रतियोगिताका विजयी प्रतियोगीहरूलाई क्रमशः तीन सय, दुई सय, एक सय र ८० रुपैयाँ बराबरका जिन्सी पुरस्कार वितरण भएको थियोे ।
रेडक्रसका संस्थापकको तस्बिरमा अबिरार्पण गरिनुका साथै रेडक्रस र यस संस्थाको विश्वव्यापी संगठन र मानवीय सेवामा खेलेको भूमिकाको विषयमा विचार प्रस्तुत गरिएको थियोे ।
विद्यालय जु.रे.स.का अध्यक्ष प्रतीक्षा बि.क.को अध्यक्ष्यतामा आयोजित कार्यक्रमको सञ्चालन जु.रे.स. सचिव करुणा अधिकारीले गर्नुभएको थियोे ।
सोही अवसरमा नवगठित जु.रे.स. कार्यसमितिका पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ गराइएको सो विद्यायका शिक्षक गोविन्द अधिकारीले बताउनु भयो ।

प्रकाशित मिति २०८० बैशाख २७, बुधबार ०९:५१ गते
हजुरको प्रतिक्रिया