जनविकास मा.वि.का शिक्षक दीपेन्द्र रावलको १४ बुँदै वकपत्र

जनविकास मा.वि.का शिक्षक दीपेन्द्र रावलको १४ बुँदै वकपत्र

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २७ गते बुधबार ०८:३३

एक पक्षीय कुरा सुनेर जसरी मार्केट्मा भ्रमपूर्ण हल्ला आएको छ यो केबल मनको लड्डु घिउ सीत खानु उखानसंग मिलेको जस्तो अनुभुति भएको छ । बजारमा हल्ला पिटिएको जस्तो नभई स्कुल परिसर भित्र शान्त वातावरणमा अध्यापन भइरहेको सहर्ष जानकारी गर्दछु ।

जति बाहिर हल्ला आएको छ यो भ्रमपूर्ण रहेको दावी

बेसीशहर– जनविकास मा.वि. बेसीशहर, लमजुङका शिक्षक दीपेन्द्र रावलको १४ बुँदै वकपत्र जारी गर्नु भएको छ । उहाँको वकपत्र बैशाख २७ गते यो प्रतिनिधिको फेसबुक मेसिन्जरमा प्राप्त भएको हो ।
उक्त वकपत्र पढ्दा उहाँकै कुराहरू विरोधाभासपूर्ण देखिन्छन् । जस्तै– उहाँमा विद्यालय प्रशासनले आफूलाई प्रधानाध्यापक नबनाएको कुण्ठा पनि हो कि ? भन्ने देखिन्छ । अर्कोतिर प्रशासनलाई रिझाउन खोजेझैंं पनि देखिन्छ । उहाँले ‘बजारमा हल्ला पिटिएको जस्तो नभई स्कुल परिसर भित्र शान्त वातावरणमा अध्यापन भइरहेको सहर्ष जानकारी गर्दछु ।’ दावी समेत एकातिर गर्नु भएको छ भने अर्कोतिर १३ बुँदासम्ममा पनि उहाँका गुनासा नसकिएर १४ औं बुँदामा ‘बाँकी धेरै छन् सर्बपक्षीय बैठक बसियो भने थप कुरा राखौंला … ’ समेत भन्नुभएको छ । त्यस्तै, समाचार लेख्दा पत्रकारहरूले त्यो विद्यालयको आधिकारिक सर्वेसर्वा व्यक्ति उहाँनै हो र उहाँसँग सोधे, बुझेर मात्र समाचार लेखिनु पर्छ भन्ने आग्रह समेत झल्किन्छ । उहाँकै लेखाईले पनि प्रष्ट बोलिरहेको छ कि उक्त विद्यालय समस्याग्रस्त छ ।
त्यो विद्यालयमा कुनै समस्या नभएको भए बेसीशहर नगरपालिकाले आम्दानी खर्चको लेखा परीक्षण गर्नका लागि किन छुट्टै अडिटरहरू पठाउनु पथ्र्यो ? कुन कुन संकायको कक्षा– १२ सम्मको पढाई बिहान गर्न पाइन्छ भन्ने शिक्षाको कुन निर्देशिकामा छ ? र त्यहाँ त्यस्ता कक्षा चल्ने गरिआएका छन् ? अख्तियारले समेत छापा मार्नु पर्ने स्थिति किन आयो ? यस्ता यावत सबै खाले गतिविधि उहाँले दावी गरेको जस्तो ‘बजारमा हल्ला पिटिएको जस्तो नभई स्कुल परिसर भित्र शान्त वातावरणमा अध्यापन भइरहेको सहर्ष जानकारी गर्दछु ।’ भएर नै हो ? उहाँले प्रेषित गर्नु भएको वकपत्रको पूर्ण विवरण :

लमजुङ जिल्लाकै ठूलो शैक्षिक संस्था जन विकास मा.वि.को बारेमा धेरै नकारात्मक कुराहरू हुँदै आइरहेको छ । जति बाहिर हल्ला आएको छ यो भ्रमपूर्ण रहेको छ । म यस विद्यालयको प्राविधिक धार तर्फको एक प्रशिक्षक भएको नाताले धेरै चोटी विद्यालयको व्यवस्थापन समिति, नगरपालिकाका प्रमुख लगायत सम्बन्धित व्यक्तित्वहरू, अभिभावकहरू, पूर्वविद्यार्थी सामाज र शिक्षक स्टाफहरूको सर्बपक्षीय बैठक बसौं भनी स्कूल प्रशासन साथै अध्यक्ष समक्ष धेरै चोटी अनुनय बिनय गरे हालसम्म कुरो सुनाई हुन सकेको छैन । एक पक्षीय कुरा सुनेर जसरी मार्केट्मा भ्रमपूर्ण हल्ला आएको छ यो केबल मनको लड्डु घिउ सीत खानु उखानसंग मिलेको जस्तो अनुभुति भएको छ ।
मेरा केही प्रश्नहरू रहिआएको छ । सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहान्छु ।
१. हाल जन विकास माविमा कभअयलम second class teacher दुई जना हुनुहुन्छ तर प्र.अ नियुक्त third class teacher लाई गरिएको छ । जुनियरले सिनियरलाई कामकाज गराउन कत्तिको सहज होला ?
२. आज science faculty मा एक जना विद्यार्थी भर्ना हुन नसक्नु यो कस्को कमजोरी हुन सक्ला ?
३. विद्यालयको व्यवस्थापन समिति निर्माण गर्दा शैक्षिक क्षेत्र बुझेका व्यक्तित्व हुनुपर्छ कि पर्दैन ?
४. एउटा शैक्षिक संस्था नीति, नियम, विधान सम्बत रुपले चल्नुपर्छ कि पर्दैन ?
५. यति धेरै faculty चलेको संस्थामा कुनै एक व्यक्तिले सबै faculty को जिम्मा लिन खोज्नु यो जायजपूर्ण हुन सक्ला ?
६. प्रशासन नयाँ नियुक्ति हुन साथ एक हप्ता भित्र एक उच्च मावि दरबन्दीको science शिक्षकलाई बिना कारण निकाल्न खोज्नु कत्तिको न्यायोचित हुन सक्ला ?
७. संस्थामा सबैले आ–आफ्नो क्षेत्राधिकार बुझ्नु पर्छ कि पर्दैन ?
८. सम्बन्धित सबैले शिक्षा ऐन बुझ्न पर्छ कि पर्दैन ?
९. कुनै पत्रिकामा समाचार लेखन गर्दा स्वयम् भौतिक रुपले संस्थामा उपस्थिति भइ सत्य तथ्य बुझी लेख्नु पर्छ कि पर्दैन ?
१०. प्राविधिक धारतर्फको विद्यार्थीले गत बर्ष SEE मा छात्रातर्फ लमजुङकै प्रथम साथै बेसीशहर नगरपालिका भित्र whole मा प्रथम स्थान हासिल गर्दा विद्यालयले सम्मान गर्नु पर्छ कि पर्दैन ?
११. विद्यालयको बार्षिकोत्सव नभएको पनि १० बर्ष भन्दा बदी भइसकेको छ, हुनु पर्छ कि पर्दैन ?
१२. संस्थालाई अगाडि बढाउन सरोकारवाला सहितको संस्थागत निर्णयमा जानु पर्दैन ? आफुखुशी गरेका कामको जिम्मेवारी आफैं लिनुको सट्टा अरुलाई दोष थुपर्न मिल्छ…?
१३. प्रशासन र समितिले जताभावी निर्णय गरी कसैलाई काखा र कसैलाई पाखा गर्न पाइने हो र …?
१४. बाँकी धेरै छन् सर्बपक्षीय बैठक बसियो भने थप कुरा राखौंला खयर सबैको CORDINATION मार्फत समस्याको समाधान गरेर अघि बद्नु पर्दछ भन्ने मेरो मान्यता रहि आएको छ ।
बजारमा हल्ला पिटिएको जस्तो नभई स्कुल परिसर भित्र शान्त वातावरणमा अध्यापन भइरहेको सहर्ष जानकारी गर्दछु ।

प्रकाशित मिति २०८० बैशाख २७, बुधबार २०:३३ गते
हजुरको प्रतिक्रिया