पूर्वराजा ज्ञानेन्द्र र भारतका भावि प्रधानमन्त्री योगीबीच भेटवार्ता

पूर्वराजा ज्ञानेन्द्र र भारतका भावि प्रधानमन्त्री योगीबीच भेटवार्ता

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २८ गते बिहिबार ०७:१२

मुख्यमन्त्री योगी आदित्यनाथलाई भारतको सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)ले आउँदो निर्वाचनमा प्रधानमन्त्री बनाउने भएको छ । झण्डै दुई तिहाई बढी मतका साथ सत्तामा रहेको भाजपाले आउँदो निर्वाचन पनि सहजै जित्ने आंकलन गर्नेहरूको कमी छैन ।

पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो दुई महिनाको अवधिमा यो दोस्रो भारत भ्रमण : पूर्वराज परिवार एक सातासम्म लखनउमै बस्ने

भैरहवा– पूर्वराजा ज्ञानेन्द्र भारतको १० दिने भ्रमणमा हुनुहुन्छ । उहाँ र भारतका भावि प्रधानमन्त्रीका रुपमा समेत चिनिन थाल्नु भएका उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच बैशाख २७ गते भेटवार्ता भएको छ ।
शाह र योगीबीच उत्तर प्रदेशको राजधानी लखनऊमा भेट भएको पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले बताउनु भयो । उहाँका अनुसार पूर्वराजाका परिवारका अन्य सदस्य पनि सहभागी उक्त भेट सौहार्दपूर्ण वातावरणमा भएको छ ।
पूर्वराजा शाह वैशाख २२ गते रूपैडिया नाकाबाट भारततर्फ लाग्नु भएको हो । उहाँको सचिवालयका अनुसार शाह १० दिने भ्रमणका लागि भारत प्रस्थान गर्नु भएको हो ।
केही वर्षअघि पनि योगी आदित्यनाथ र शाहबीच भेट भएको थियो ।
डेढ महिनाअघि मात्रै उहाँ पूर्वी नेपाल हुँदै दार्जिलिङ भ्रमणमा जानुभएको संवाद सचिव पाठकले जानकारी दिनु भयो । उहाँका अनुसार यसपटक नेपालगञ्जबाट स्थलमार्ग हुँदै लखनउ पुग्नुभएका पूर्वराजाको साथमा पूर्वयुवराज पारसबाहेक परिवारका सबै सदस्यहरू साथमा रहनुभएको छ ।
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुनुभएको थियो । नेपालगञ्जको रामलीला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको जीवनस्तर सुधार हुन नसकेको र मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन सबैमा आहृवान गर्नुभएको थियो । पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको स्मरण गर्नु भएको थियो ।
ज्ञानेन्द्र परिवारको सुरक्षा प्रबन्ध उत्तर प्रदेश सरकारले नै लिएको छ । नेपालमा हिन्दूराष्ट्र र राजतन्त्र पुनरागमनको वकालत गर्दै आउनुभएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगले नेपाल राजतन्त्रात्मक हिन्दूराष्ट्र हुनुपर्ने मान्यता सार्वजनिक रूपमा राख्दै आउनुभएको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथलाई भारतको सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)ले आउँदो निर्वाचनमा प्रधानमन्त्री बनाउने भएको छ । झण्डै दुई तिहाई बढी मतका साथ सत्तामा रहेको भाजपाले आउँदो निर्वाचन पनि सहजै जित्ने आंकलन गर्नेहरूको कमी छैन ।
स्मरणीय छ, पछिल्लो दुई महिनाको अवधिमा पूर्वराजा ज्ञानेन्द्रको यो दोस्रो भारत भ्रमण हो ।

प्रकाशित मिति २०८० बैशाख २८, बिहीबार ०७:१२ गते
हजुरको प्रतिक्रिया