
सात दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दा लगाउने तयारी
अर्जुन रम्तेल खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका– १५ का स्थायी बासिन्दा हुन् । लमजुङको मध्यनेपाल नगरपालिका– ८ लाङ्दीपारी मिदिम खोला जलविद्युत आयोजनाको ड्याम साइडमा मजदुरी काम गर्ने २९ वर्षीय रम्तेलले आफ्ना छिमेकी २५ वर्षीय सुनिल श्रेष्ठको हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
बेसीशहर– लमजुङमा आफ्नै साथीको हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । लमजुङको मध्यनेपाल नगरपालिका– ८ लाङ्दीपारी मिदिम खोला जलविद्युत आयोजनाको ड्याम साइडमा मजदुरी काम गर्ने २९ वर्षीय अर्जुन रम्तेललाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद लिई उनका विरुद्ध कर्तव्य ज्यान मुद्दा लगाउने तयारी बैशाख ३१ गते गरेको छ ।
खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका– १५ का स्थायी बासिन्दा अर्जुन रम्तेलले लमजुङको मध्यनेपाल नगरपालिका– ८ लाङ्दीपारी मिदिम खोला जलविद्युत आयोजनाको ड्याम साइडमा मजदुर काम गर्ने २५ वर्षीय सुनिल श्रेष्ठको हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रम्तेल पनि सोही साइटमा काम गर्दथे । उनीहरूसँगै काम गर्ने खुलेको प्रहरी भनाइ छ ।
साथीलाई सख्त घाइते बनाई पोखतातर्फ लुक्न हिडेका दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका– १५ का २९ वर्षीय अर्जुन रम्तेललाई प्रहरीले पक्राउ गरेको हो । रम्तेलले आफ्ना छिमेकी २५ वर्षीय सुनिल श्रेष्ठलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । २९ गते राती करिब १० बजेको समयमा रम्तेलले धारिलो हतियार चक्कु प्रहार गर्दा श्रेष्ठ गम्भीर घाइते भएका थिए । उपचारका लागि स्थानीय स्वास्थ्य चौकी हुँदै थप उपचारका लागि पोखरा लग्ने क्रममा ३० गते उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
२९ गते राती घरायसी कुरामा विवाद हुँदा अर्जुन रम्तेलले आफ्नो साथी सुनिल श्रेष्ठलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएकोमा स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा उनको निधन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनु भयो ।
सो घटना पश्चात पोखरातर्फ लागेका अर्जुन रम्तेललाई जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय लमजुङ र ईलाका प्रहरी कार्यालय भोर्लेटारको संयुक्त टोलीले पोखराबाट विहान पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनु भयो । पक्राउमा परेका अर्जुन रम्तेललाई अदालतबाट आज ३१ गते सात दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताउनु भयो । उहाँका अनुसार रम्तेललाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान थालिने भएको छ ।
प्रकाशित मिति २०८० बैशाख ३१, आईतवार १८:३० गते