‘नइ कीर्ति रत्न’ पदकका साथ ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका अध्यक्ष पहाडी र वरिष्ठ उपाध्यक्ष घिमिरे राजधानीमा सम्मानित

‘नइ कीर्ति रत्न’ पदकका साथ ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका अध्यक्ष पहाडी र वरिष्ठ उपाध्यक्ष घिमिरे राजधानीमा सम्मानित

नवराज पहाडी

@antaranganews

२०८० जेठ १ गते सोमबार ०५:१४

देश विदेशका विभिन्न स्थानमा रहने नेपाली वाङ्मयको श्रीबृद्धिमा योगदान गर्नु हुने कुल २०१ जना स्रष्टाहरूलाई उक्त अवसरमा ‘नइ कीर्ति रत्न’ पदकका साथ सम्मानपत्र समर्पण गर्दै सम्मान गरिएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाइँले जानकारी दिनुभयो ।
उक्त अवसरमा ‘र्कीति र आकृति’ तथा ‘नइ कीर्ति लय’नामक दुई कीर्तिको विमोचन गरिएको थियो । ती कीर्तिमा क्रमशः १६१ जना स्रष्टाहरूको निवन्ध परक रचना र ६४ जना कवि व्यक्तित्वहरूका कविताहरू संग्रहित छन् । ती कीर्तिमा रचना समावेश भएका लेखक/कविहरूले दुवै कीर्तिको संयुक्त रुपमा ती कीर्तिको विमोचन गरिएको थियो ।

गणतन्त्रवादी दावी गर्नेहरूका बीचमा नइ प्रकाशनका सदस्य सचिव नरेन्द्र प्रसाइँले जोशिलो पारामा उदघोष गर्नु भयो– ‘गणतन्त्र मेरो शत्रु हो ।’

काठमाडौं– ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष वरिष्ठ पत्रकार एवम् संस्कृतकर्मी नवराज पहाडी तथा सोही प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवम् कवि युवराज घिमिरे सम्मानित हुनु भएको छ । इन प्रकाशनले शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मजयन्तीका साथ इनको रजत उत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा पहाडी र घिमिरेलाई शनिबार यहाँ आयोजित एक कार्यक्रमका बीच बैशाख ३० गते सम्मान गरेको हो ।
प्राज्ञ मुकुन्दशरण उपाध्याय, महासमालोचक वासुदेव त्रिपाठी, गौरवी नारी भद्राकुमारी घलेको समुस्थितिमा अमर प्राज्ञ वैरागी काइँलाले ‘नइ कीर्ति रत्न’ पदकका साथ सम्मानपत्रद्वारा उहाँहरूलाई सम्मान गर्नु भएको हो । पत्रकारिता र साहित्यका माध्यमबाट नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि पु¥याएको विशिष्ट योगदानको हार्दिक कदर गर्र्दै वरिष्ठ पत्रकार पहाडीलाई सम्मान गरिएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाइँले बताउनु भयो । उहाँका अनुसार घिमिरेको कवि व्यक्तित्वको कदर गर्दै सम्मान गरिएको हो ।
पहाडी पत्रकारिताका अतिरिक्त साहित्य लेखन र लोककला संस्कृतिको क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङ (२०७२)को स्थानाकालदेखि हालसम्म अध्यक्ष रहेर पहाडीले लोपोन्मुख अवस्थामा पुगेको लमजुङको मौलिक ठाडोभाकालाई नयाँ उचाई दिएर अब यो भाका मर्दैन भन्ने स्थिति निर्माण गर्नु भएको छ भने साहित्यको श्रीबृद्धिमा समेत उहाँले योगदान दिदै आउनु भएको छ । स्वतन्त्र पत्रकार संघ नेपालका पूर्वराष्ट्रिय महासचिव समेत रहनु भएका वरिष्ठ पत्रकार पहाडीका कुल चार कीर्ति प्रकाशित छन् भने उहाँको नेतृत्वमा (परिवारबाट) दुई साप्ताहिक र एक अनलाइन सञ्चालन हुँदै आएको छ ।
त्यस्तै, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेको एक एकल कृति प्रकाशित छ भने विभिन्न पत्रपत्रिकामा अनगिन्ति कविता प्रकाशित छन् । उहाँमा समसामयिक घट्नाक्रम तथा परिवेशलाई समेटेर कविता लेख्न सक्ने अलौकिक(आँशु कवि) क्षमता छ ।
सोही अवसरमा साहित्यकार एवम् पत्रकारहरू मोहन दुवाल, हरिहर विरही, पुरुषोत्तम दाहाल, तारानाथ दाहाल तथा त्रिभुवनचन्द्र वाग्ले लगायत सम्मान हुनु भएको छ ।
वरिष्ठ साहित्यकारहरू समेत सम्मानित :
उक्त अवसरमा गौरवी नारी भद्रकुमारी घलेलाई नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईले ‘नइ कीर्ति रत्न’ पदकका साथ सम्मानपत्र समर्पण गर्दै सम्मान गर्नु भएको थियो । त्यस्तै, प्राज्ञ मुकुन्दशरण उपाध्यय, महासमालोचक वासुदेव त्रिपाठी र अमर प्राज्ञ वैरागी काइँलालाई गौरवी नारी भद्राकुमारी घलले ‘नइ कीर्ति रत्न’ पदकका साथ सम्मानपत्र समर्पण गर्दै सम्मान गर्नु भएको थियो ।
छन्दका सारथीहरू सम्मानित :
उक्त अवसरमा सम्मानित हुनुहुन अन्य स्रष्टाहरूमा छन्दका सारथीहरू प्राज्ञ मुकुन्दशरण उपाध्याय, महासमालोचक वासुदेव त्रिपाठी, माधव वियोगी, प्रा. मोहन सिटौला, डा. वमबहादुर जिताली, गोविन्दराज विनोदी, युवराज घिमिरे, डा. लेखप्रसाद निरौला, ओमप्रकाश अधिकारी, ठाकुर शर्मा भण्डारी, धनराज गिरी, गीता निरौला भण्डारी, मुकुन्द शर्मा चालिसे, विनोद खनाल, मनिराज जोशी, रुपा चालिसे, सीता विष्ट कार्की, स्पन्दन विनोद आदि पनि सम्मानित हुनुभएको छ ।
लमजुङका सम्मानित स्रष्टाहरू :
उक्त अवसरमा सम्मानित हुने लमजुङका स्रष्टाहरूमा डा. देवी सुवेदी, डा. वमबहादुर जिताली, नवराज पहाडी, युवराज घिमिरे र सरस्वती श्रेष्ठ सरु आदि हुनुहुन्छ ।
देश विदेशका विभिन्न स्थानमा रहने नेपाली वाङ्मयको श्रीबृद्धिमा योगदान गर्नु हुने कुल २०१ जना स्रष्टाहरूलाई उक्त अवसरमा ‘नइ कीर्ति रत्न’ पदकका साथ सम्मानपत्र समर्पण गर्दै सम्मान गरिएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाइँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा. मुकुन्दशरण उपाध्याय, समालोचक प्रा. डा. वासुदेव त्रिपाठी, भद्रकुमारी घले र प्राज्ञ वैरागी काइँलाबाट स्रष्टालाई ‘नइ कीर्ति रत्न’ प्रदान गर्नु भएको हो ।
अशेष मल्ल, प्रा. डा. उषा ठाकुर, प्रा. डा. गार्गी शर्मा, गोविन्द गिरी प्रेरणा (अमेरिका), टेकनारायण रिमाल कौशिक (म्यानमार), डा. तुलसी भट्टराई, डा. मनसाग्नी, प्रा. रामकुमार पाँडेलगायत हुनुहुन्छ ।
उक्त अवसरमा ‘र्कीति र आकृति’ तथा ‘नइ कीर्ति लय’नामक दुई कीर्तिको विमोचन गरिएको थियो । ती कीर्तिमा क्रमशः १६१ जना स्रष्टाहरूको निवन्ध परक रचना र ६४ जना कवि व्यक्तित्वहरूका कविताहरू संग्रहित छन् । ती कीर्तिमा रचना समावेश भएका लेखक÷कविहरूले दुवै कीर्तिको संयुक्त रुपमा ती कीर्तिको विमोचन गरिएको थियो ।
गणतन्त्रवादीहरूका बीचमा नइ प्रकाशनका सदस्य सचिव नरेन्द्र प्रसाइँले जोशिलो पारामा उदघोष गर्नु भयो– ‘गणतन्त्र मेरो शत्रु हो ।’
उक्त कार्यक्रममा सोही प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाइँले स्वागत गर्दै कार्यक्रमको औचित्यमा प्रकाश पार्नु भएको थियो । सो क्रममा उहाँले भन्नुभयो, ‘यो राजनीतिक मञ्च होइन, यहाँ राजनीति कुरा गरिदैन ।’ तर गणतन्त्रमा अमर प्राज्ञ वैरागी काइलाको जुत्ताको तुनामा समेत नसुहाउने व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको छ, गणतन्त्रमा न्याय र विवेक हुँदैन रहेछ उहाँले तीतो अनुभूति पोखिहाल्नु भयो । उहाँले थप भन्नुभयो, त्यसैले म त बहुदल समेत स्वीकार नगरेको मान्छेले गणतन्त्र मान्ने कुरै भएन, ‘गणतन्त्र त मेरो शत्रु हो ।’ नरेन्द्र प्रसाईबाट त्यस्तो उद्घोष गर्दै गर्दा कार्यक्रमका आधा भन्दा बढी सहभागीहरू हाँसी रहेका थिए भने ती बाहेक केही मौन रहे । केहीको भने अनुहान मलिन देखिन्थ्यो ।
उहाँले थप भन्नुभयो, ‘म कुनै दिनको झापा विद्रोहको संस्थापक सदस्य, पछि राजावादी भएँ, राजावादी हुँ तर राजतन्त्र फर्केछ भने पनि यदि मैले कुनै पद लिए भने त्यो दिनमा मलाई कालो मोसो दल्ने र जुत्ताको माला लगाउनु भए हुन्छ, मलाई पद चाहिदैन ।’
नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाइँको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले सम्मानित व्यक्तित्वलाई मञ्चमा आमन्त्रित गर्नुका साथै समारोहलाई अनुशासन मैत्री बनाउन आह्वान समेत गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० जेष्ठ १, सोमबार ०५:१४ गते
हजुरको प्रतिक्रिया