विविध कार्यक्रमका साथ रेडक्रसको जिल्लास्तरीय दुई दिने २१ औं शिक्षक नायक तथा जुनियर यूवा गोष्ठी

विविध कार्यक्रमका साथ रेडक्रसको जिल्लास्तरीय दुई दिने २१ औं शिक्षक नायक तथा जुनियर यूवा गोष्ठी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ १ गते सोमबार ०४:२४

आगमी वर्ष २२ औं जिल्लास्तरीय जुनियर युवा रेडक्रस गोष्ठी भक्ति नमूना मा.वि.मा सञ्चालन गर्ने उदघोषका साथ सम्पन्न गरिएको हो ।

सो अवसरमा जिल्लास्तरीय जुनियर यूवा समिति गठन

रामबजार(लमजुङ)– नेपाल रेडक्रस सोसाइटी लमजुङ जिल्ला शाखाको आयोजना तथा कुसुमाकर मा.वि.को आतिथ्यतामा दुई दिने २१ औं शिक्षक नायक तथा जुनियर यूवा रेडक्रस गोष्ठी सोही मा.वि.को हातामा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा कुसुमाकर मा.वि.मा सञ्चालन भएको दुई दिने सो गोष्ठी वैशाख ३० गते सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेयर पाण्डेले रेडक्रस जस्तो मानवतावादी संगठनमा विद्यार्थीहरू कलिलै उमेरदेखि लाग्नु, सक्रिय रहनु सराहनीय पक्ष रहेको बताउनु भयो । उहाँले समाजमा मानवीयताको ह्रास भइरहेको यो बेलामा रेडक्रसको महत्व झनै बढेको बताउनुभयो ।
सो कार्यक्रमको उद्घाटन शत्र जुनियर यूवा रेडक्रस सर्कल कुसुमाकर मा.वि.का अध्यक्ष करुण विश्वकर्माको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति ऋषिराम घिमिरे, मन्त्री मदनकुमार नेउपाने, जुनियर यूवा समितिका संयोजक मातृकाप्रसाद खनाल, जिल्ला कार्य समिति सदस्य सुनिता नेउपाने, प्रदेश जुनियर युवा समितिका संयोजक तीर्थराज तिवारी, भार्लेटार उपशाखा सभापति बद्री पौडल, इशानेश्वर उपशाखाका सभापति मदनसिंह घिमिरे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र घिमिरे लगायत स्थानीय सेमाजसेवीहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो कार्यक्रममा स्वागत गर्दै सोही माविका प्रअ एवं संरक्षक धुव्रराज घिमिरेले विद्यालयको ऐतिहासिक जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक नायक सुवास अधिकारीे गर्नु भएको थियो । कार्यक्रममा विद्यालयवाट स्वागत गीत नाच तथा स्थानीय वालुन प्रदर्शन समेत गरिएको थियो ।
उद्घाटन पश्चात बन्द सत्रको कार्यक्रममा विभिन्न विद्यालयका वार्षिक कार्यक्रमका प्रतिवदन प्रस्तुती र संकलन, रेडक्रस अभियान, रेडक्रसका सात सिद्धान्त, रेडक्रस अभियान चिन्ह्र, यसको प्रयोग नेपाल रेडक्रसका गतिविधि तथा लमजुङ रेडक्रमका गतिविधिहरूको प्रस्तुततिकरण शाखा अधिकुत श्रीकान्त घिमिरेबाट भएको थियो । सो अवसरमा विपद के हो ? यसको व्यवस्थापनमा पूर्वतयारी राहत तथा उद्धार कसरी गर्ने ? जस्ता विविध विषयमा सहभागीहरूलाई सहजीकरण रेडक्रसका कार्यक्रम अधिकृत गणेश गौलीले गर्नु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल र शाखाका ऋषिराम घिमिरेले रेडक्रस अभियान र हालको समसामयिक विषममा सहभागीहरूलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको दोस्रो दिन जुनियर यूवा रेडक्रस सम्वन्धी विषयमा प्रदेश जुनियर यूवा समिति (जुरेस) संयोजक तीर्थराज तिवारीले सहजीकरण गर्दै जुरेसको गठन प्रक्रिया, केन्द, प्रदेश, जिल्ला र उपशाखा तथा विद्यालयमा के कति सदस्य रहेको समति गठन हुने हुन्छ ? त्यसमा समितिको जिम्मेवारी तथा कार्य, दायित्व एवम् कर्तव्य तथा कार्यक्षेत्रका साथमा सुचकहरूका बारेमा जानकारी दिनुु भएको थियो ।
त्यसैगरी, कार्यक्रमको दोस्रो सत्रमा जिल्लास्तरीय जुनियर यूवा समिति गठन, कुुुसमाकर घेषण– पत्र तयारीको लागि ५ सदस्य एक उपसमिति गठन, भावी कार्यक्रमहरू र योजनाको निर्माण गरिएको थियो । गोष्ठीको समापन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश महासचिव रामदत्त पौडेल रहुन भएको थियो ।
समापन कार्यक्रमको जुनियर यूवा रेडक्रस अध्यक्ष करुण विश्वकर्माले गर्नु भएको थियो । समापन कार्यक्रम मध्यनेपाल शिक्षक संघले आपनो स्थापना दिवसको अवसरमा ४४ सहभागी विद्यालयलाई १/१ वैठक पुस्तिका हस्तान्तरण गरिएको थियो । सो अवसरमा प्रदेश महासचिव शिव अधिकारी र महोन घिमिरेको उपस्थिति थियो । विद्यालय अभिभावक संघका अध्यक्ष सुशील अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सो अवसरमा विद्यलायको तर्फबाट मायाको चिनो र स्मारिका अतिथिहरूका लागि वितरण गरिएको थियो । गोष्ठीका लागि मध्यनेपालमा स्थायी बसोबास भई हाल अमेरिका बस्नुहुने मिट्स नेपाल युयसका अध्यक्ष कमल केसी, मध्यनेपाल नगरपालिका तथा इशानेश्वर उपशाखाको आर्थिक सहायोग रहेको थियो ।
आगमी वर्ष २२ औं जिल्लास्तरीय जुनियर युवा रेडक्रस गोष्ठी भक्ति नमूना मा.वि.मा सञ्चालन गर्ने उदघोषका साथ सम्पन्न गरिएको हो ।
उक्त गोष्ठीको उदघाटन अघि सहभागीहरूद्वारा करापुटार वजारमा प्रभात फेरि गरिएको थियो । उक्त गोष्ठीमा लमजुङ जिल्ला भित्रका ४४ मा वि. तथा आधारभूत विद्यालयबाट शिक्षक नायक जुनियर युवा छात्र तथा छात्राहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा गठित जिल्लास्तरीय जुनियर यूवा समिति–
संयोजक : मातृकाप्रसाद खनाल जिल्ला शाखा, सदस्यहरूमा शिक्षक नायक वासुदेव पाण्डे शैलपुत्रिमा.वि. राइनास नगरपालिका, शिक्षक नायक रामशरण ढुङ्गना भक्ति नमुना मा. वि. सुन्दरबजार नगरपालिका, शिक्षक नायक लोकमाया घिमिरे भविश्य निर्माण मा. वि. सुन्दरबजार नगरपालिका, जुनियर छात्र विश्वास घिमिरे कुसुमाकर मा.वि. मध्यनेपाल नगरपालिका, सुलव गुरुङ चन्द्रोदय मा. वि. वाहुनडाँडा, मर्स्याङदी गाउँपालिका, छात्रा सोनिया गुरुङ शारदा मा. वि. मालिङ क्ब्होलासोंथर गाउँपालिका र जस्मिन तामाङ लक्ष्मी मा. वि. मञ्ज्याङ दोर्दी गाउँपालिका चयन हुनुभएको छ ।

प्रकाशित मिति २०८० जेष्ठ १, सोमबार १६:२४ गते
हजुरको प्रतिक्रिया