भुटानी शरणार्थी प्रकरणमा रास्वपा सांसद श्रेष्ठद्वारा संकल्प प्रस्ताव दर्ता

भुटानी शरणार्थी प्रकरणमा रास्वपा सांसद श्रेष्ठद्वारा संकल्प प्रस्ताव दर्ता

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ १ गते सोमबार ०७:२४

अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र संगठित अपराध भएकाले यसको गाम्र्भीयता राजद्रोह हो सस्वपाका सांसद स्वर्णिम वग्लेले भन्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले भुटानी शरणार्थी प्रकरणबारे संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराउनु भएको छ । संकल्प प्रस्ताव जेठ १ गते संसद सचिवालयमा दर्ता भएको हो ।
सो संकल्प प्रस्तावमा नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचार, संगठित अपराध र राष्ट्रद्रोहको मुद्दामा निश्पक्ष र प्रभावकारी अनुसन्धान गर्न संसदले सरकारलाई निर्देशन दिनुपर्ने माग गरिएको छ । प्रहरीले सार्वजनिक पद र अख्तियारको दुरुपयोग गरी गरेको अपराधका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखेर पठाउनुपर्ने समेत संकल्प प्रस्तावमा भनिएको छ ।
यो मुद्दाको अनुसन्धानमा भएको प्रगति र संसदमा उठेको प्रश्नका सन्दर्भमा गृहमन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्बन्धित क्षेत्र हेर्ने आयुक्तले संसद समक्ष यथार्थ जानकारी गराउन पनि निर्देशन दिनुपर्ने उहाँले उल्लेख गर्नु भएको छ ।
उता, सोही दलका अर्का सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजद्रोहको संज्ञा दिनु भएको छ । उहाँले टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र संगठित अपराध भएकाले यसको गाम्र्भीयता राजद्रोह भएको बैशाख ३१ गते बताउनु भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउँदै उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय अभिसन्धिलाई टेकेर यसलाई उचाइमा पुर्याउनु पर्ने तर्क गर्नुभयो । उहाँले नेपालबाट सिर्जित भएको काण्डका कारण अमेरिकामा रहेका नेपालीहरूको विषय भएकाले यसलाई सामसुम हुन दिन नहुने जिकिर गर्नु भयो । भ्रष्टहरूले सिष्टमलाई नै प्रभावमा पारेको भन्दै अब नयाँ तवरले अनुसन्धानलाई जोड दिनुपर्ने उहाँको भनाइ छ ।
अन्य सेटिङ र भ्रष्टाचारहरूलाई पनि गहिरो गरी अनुसन्धान गर्नुपर्नेमा उहाँको जोड छ । सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दूतावासको चासो रहनु स्वभाविकै हुने पनि उल्लेख गर्नु भयो । सो प्रकरणलाई ठगी, कीर्ते, मानव तस्करी, अन्तर्राष्ट्रिय संगठित अपराध र राजद्रोह तहको रुपमा लिनुपर्ने उल्लेख गर्नु भयो ।
उहाँले तनहुँ– १ मा राजनीतिलाई संग्लो पार्ने मुद्दा बोकेर गएको र जनताले पनि देशै सपार्नुपर्छ भन्ने सन्देश दिएको धारणा राख्नु भयो ।

प्रकाशित मिति २०८० जेष्ठ १, सोमबार १९:२४ गते
हजुरको प्रतिक्रिया