साहित्यकार अञ्जना पौडेलको नयाँ कीर्ति ‘चरिमाइ’ उपन्यास बिमोचन

साहित्यकार अञ्जना पौडेलको नयाँ कीर्ति ‘चरिमाइ’ उपन्यास बिमोचन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ २ गते मङ्गलबार ०३:२२

लेखिका पौडेलले स्वतन्त्र रुपमा जन्मिएका मानिस समाजले अनैतिक र कानूनले दण्डनीय मानेको गैरकानूनी क्षेत्रमा शरीरको व्यापार गरेर नारकीय जीवन बांँच्नु परेका ती हजारौं नारीप्रतिको जिम्मेवारी र कर्तव्यका लागि ‘चरिमाई’ लेखिएको तर राजनैतिक पहुँच र आर्थिक सम्पन्नताका कारण अपराधबाट उम्किने समाजका अपराधी आफ्नो उपन्यासको केन्द्रबिन्दु रहेको बताउनु भयो ।

कवि तथा समालोचक प्रा.डा. बेन्जु शर्माको प्रमुख आतिथ्यता तथा शताब्दी साहित्य प्रतिष्ठानकी उपाध्यक्ष रञ्जु दाहालको सभापतित्वमा सो कार्यक्रम भएको हो । लेखिका लमजुङ सत्न साप्ताहिकको सम्पादक समेत हुनुहुन्छ ।

काठमाडौं– साहित्यकार अञ्जना पौडेलको नयाँ कीर्ति ‘चरिमाइ’ उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एक बिशेष कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको छ । शताब्दी साहित्य प्रतिष्ठान तथा इण्डिगो इन्क प्रकाशनको आयोजनामा लेखिका पौडेलको नयाँ कीर्ति चरिमाइको जेठ १ गते विमोचन गरिएको हो ।
कवि तथा समालोचक प्रा.डा. बेन्जु शर्माको प्रमुख आतिथ्यता तथा शताब्दी साहित्य प्रतिष्ठानकी उपाध्यक्ष रञ्जु दाहालको सभापतित्वमा सो कार्यक्रम भएको हो । कार्यक्रममा कथाकार प्राज्ञ माया ठकुरी बिशेष अतिथी हुनुहुन्थ्यो भने प्रा.डा. ज्ञानु पाण्डे, बिश्लेशक ज्ञाननिष्ठ ज्ञवाली तथा साहित्यकार बमबहादुर थापा जितालीको आतिथ्यतामा रहेको थियो ।
प्रमुख अतिथी तथा सभाध्यक्षले संयुक्त रुपमा पानसमा द्वीप प्रज्वलन गरि औपचारिक रुपमा शुरू गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ बेन्जु शर्माले दैनिक रुपमा सुनिने पढिने हिंसा र बलात्कार तथा मानव बेचबिखनका बिषयमा खोजमुलक र सशक्त रुपमा कलम कलम चलाएर उपन्यासको रुपमा आउनु समाज सुसूचित हुने अवसर समेत हो भन्दै चरिमाइ उपन्यासले नेपाली पाठकहरूको मन तान्न मद्दत गर्ने विश्वास गर्दै कीर्तिको सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।
औपन्यासिक कृतिबारे प्रकाश पार्दै प्रा. ज्ञाननिष्ठ ज्ञवालीले अक्षरको खेतीका क्रममा सृजनाको माध्यमबाट उचित शिल्पको प्रयोग गरेर अन्जना पौडेलले पाठकलाई जीवन जगत् र समाज बदल्नका लागि चेतनाको विकाश हुनुपर्ने अनि मात्रै मानव तस्करका रुपमा रहेका सामाजिक रोगबाट उन्मुक्तिका लागि सफल हुने बिचार व्यक्त भएको बताउनु भयो ।
मन्तव्यका क्रममा अर्का बक्ता प्रा. डा. ज्ञानु पाण्डेले अञ्जना पौडेलको उपन्यास स्थलगत रुपमा अध्ययन गरेर लेखिएको उपन्यासको रुपमा रहेकोले यस कथानकको प्रमुख उद्देश्य समाज बदल्ने कर्म निरन्तर चलिरहनु पर्ने बताउंदै सामाजिक आर्थिक र बौद्धिक रुपमा बिपन्न र सामाजिक महारोगका रुपमा ब्याप्त रहेको चेलीबेटी बेचबिखनका बिषय बस्तुलाई कथानकका रुपमा प्रस्तुत गरिएको उक्त उपन्यास नेपाली साहित्यिक क्षेत्रका लागि साथै खोजमूलक र तथ्यात्मक जानकारीका लागि उपयोगी हुने बताउनु भयो ।
उक्त कार्यक्रममा कथाकार तथा प्राज्ञ माया ठकुरीले औपन्यासिक कथानक समाजको लागि जघन्य अपराध हुंदा हुंदै पनि सामान्य रुपमा बुझिन नहुने बताउँंदै समाजमा पाप र धर्मको ख्याल नहुंदा यस्ता मानव तस्करी तथा बेचबिखनका बिषय बस्तुलाईसमेत सामान्य रुपमा व्यवहार गरिएको तर उपन्यासकार पौडेलले यस्ता सामाजिक बिषय बस्तुमा कलम चलाएर सामाजिक उत्तरदायित्व निभाएकोमा उनको प्रशंसा गर्दै कीर्तिको सफलताको कामना गर्नु भएको थियो ।
विमोचित कीर्तिका लेखिका एवम् विद्यावारिधिका क्रममा रहनु भएकी उपन्यासकार अञ्जना पौडेलले चेतनास्तरको कमीको साथै आर्थिक र सामाजिक कमजोरीका कारण आफ्नाबाटै बम्वैमा बेचिएका हजारौँ दिदी बहिनीहरूको न्यायको लागि तीनको सामाजिक आर्थिक सम्मानका लागि ‘चरिमाइ’ लेखिएको बताउनु भयो । उहाँले स्वतन्त्र रुपमा जन्मिएका मानिस समाजले अनैतिक र कानूनले दण्डनीय मानेको गैरकानूनी क्षेत्रमा शरीरको व्यापार गरेर नारकीय जीवन बांँच्नु परेका ती हजारौं नारीप्रतिको जिम्मेवारी र कर्तव्यका लागि ‘चरिमाई’ लेखिएको तर राजनैतिक पहुँच र आर्थिक सम्पन्नताका कारण अपराधबाट उम्किने समाजका अपराधी आफ्नो उपन्यासको केन्द्रबिन्दु रहेको बताउनु भयो । विमोचित कीर्तिका लेखिका पौडेलले नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, गीत, मुक्तक, हाइकु आदि विविध विधामा कलम चलाइरहनु भएको छ । लेखिका लमजुङ सत्न साप्ताहिकको सम्पादक समेत हुनुहुन्छ ।
अतिथीहरूलाई रुद्राक्षको माला खादा लगायतले सम्मान गरिएको उक्त कार्यक्रममा समालोचक तथा साहित्यकार तर्कना शर्माद्वारा स्वागत मन्तव्य राखिएको थियो ।
विमोचन कार्यक्रममा दर्जनौं साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८० जेष्ठ २, मंगलवार १५:२२ गते
हजुरको प्रतिक्रिया