युवतीलाई भारतको आसाम पुर्याई बेच्ने एक महिला पक्राउ

युवतीलाई भारतको आसाम पुर्याई बेच्ने एक महिला पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ २ गते मङ्गलबार ०५:४०

त्यो समूहले पटक/पटक मानव बेचबिखन गरेको र पक्राउ परेर छुटेर पनि त्यही धन्दामा लागेको पाइएको छ । उनी यसअघि मंसिर १४ गते पक्राउ परेकी थिइन् । झापा जिल्ला अदालतले डेढ लाख धरौटी राखी तारेखमा छुटेकी हुन् । उनका श्रीमान भारतीय नागरिक अजित साह अहिले पुर्पक्षका लागि कारागार भद्रपुरमा छन् ।

त्यो समूहले पटक/पटक मानव बेचबिखन गरेको र पक्राउ परेर छुटेर पनि त्यही धन्दामा लागेको पाइएको छ । झापा जिल्ला अदालतले पुस १४ गते उनलाई डेढ लाख धरौटी माग गरी तारेखमा छुटेकी हुन् ।

काठमाडौं– भारतको आसाममा पुर्याएर युवती बेचबिखन गरेको आरोपमा एकजनलाई प्रहरीले पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका– ३, म्याग्दी बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई जेठ १ गते पक्राउ गरेको प्रहरीले जनाएको हो ।
एक नाबालिकालाई भारतको आसाममा पुर्याएर बेचबिखन गरेकोमा मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले बताउनु भयो । उहाँका अनुसार पक्राउ पर्नेमा म्याग्दी रघुगंगा गाउँपालिका– ३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्री रहेकी छन् । उनलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो । भारतको आसाम, सिल्चर भन्ने स्थानको रेड लाइट एरियाको कोठीमा पुर्‍याई बेचबिखन गरेको प्रहरीले जनाएको हो ।
झापामा पक्राउ परेकी खत्रीमाथि गरिएको अनुसन्धानमा नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पु¥याएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको प्रहरी दावी छ । नेपाल प्रहरीले भारतीय प्रहरी र माइती नेपालको सहयोगमा पीडित किशोरीको उद्धार गरेको हो ।
प्रहरीका अनुसार खत्रीका एक सहयोगीले विसं २०७९ कार्तिक २४ गते एक किशोरीलाई नुवाकोटबाट बस चढेर काठमाडौँमा आफन्त भेट्न आएकी थिइन् ।
बसमा एक पुरूष ती नाबालिकासँगै बसेका थिए । उनीहरूबीच चिनजान भएपछि ती पुरूषले नाबालिकालाई खानेकुरा र पानी दिएका थिए । जसमा बेहोस हुने औषधी मिसाइएको रहेछ एसपी पंगेनीले बताउनु भयो । उहाँका अनुसार लठ्ठिएकी नाबालिकालाई ती पुरूषले काँकडभित्तासम्म पु¥याएका थिए । त्यहाँबाट भने अप्सराको भूमिका सुरू भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको देखिन्छ ।
नेपाल–भारतको सीमामा पुग्दा पनि किशोरी नशामै थिइन् । तर अप्सराले ती किशोरी आफ्नी बहिनी भएको बताउँदै सीमा कटाएकी थिइन् । यताबाट काँकडभित्तासम्म पुर्याउने पुरूष भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पीडित किशोरी बेहोस् भएपछि उनले गिरोहसँगको मिलेमतोमा भारतको आसाम राज्यको सिल्चरको कोठीमा बेचेको अनुसन्धानबाट खु्लेको प्रहरी भनाइ छ । प्रहरीका अनुसार त्यसपछि खत्रीलगायतले पीडितलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएर राखिएको रहेछ । पीडित युवतीलाई बेचबिखनमा लगाउनेमा उनीसहित नेपाल र भारतका ६ जना संलग्नता रहेको खुलेको सो घट्नाको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।
पीडितले दिएको जाहेरी अनुसार खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
भारतको आसाममा कोठी चलाउन उनीहरूले थुप्रै युवतीहरूलाई लगेको हुनुपर्ने ब्युरोको आशंका छ । अनुसन्धानको क्रममा यसरी मानव बेचबिखन गर्ने घटनामा नेपाली र भारतीय गरी ६ जनाको संलग्नता देखिएको छ । प्रहरीका अनुसार यिनीहरूले भारतको आसामको कछर जिल्लाको सिल्चरमा कोठी नै चलाएको पाइएको हो ।
त्यो समूहले पटक/पटक मानव बेचबिखन गरेको र पक्राउ परेर छुटेर पनि त्यही धन्दामा लागेको पाइएको एसपी पंगेनीले बताउनु भएको छ ।
एसपी पंगेनीले भन्नुभयो, ‘नाकामा पुगेपछि भारतीय प्रहरीले पनि उनलाई सोधेको रहेछ । तर लामो यात्रा गरेकाले पनि उनलाई गाह्रो भएको हो भनेर बताएका रहेछन् । नाबालिका आफ्नै बहिनी हो भनेर भारत छिराएको पनि पायौं ।’
एसपी पंगेनीले अप्सरा पनि पहिलो पटक पक्राउ परेकी भने होइनन् । उनी यसअघि मंसिर १४ गते पक्राउ परेकी थिइन् । झापा जिल्ला अदालतले पुस १४ गते उनलाई एक लाख ५० हजार धरौटी माग गरी तारेखमा छुटेकी थिइन् । त्यतिबेला उनका श्रीमान भारतीय नागरिक अजित साह पनि पक्राउ परेका थिए । अहिले साह पुर्पक्षका लागि कारागार भद्रपुरमा छन् ।
एसपी पंगेनीले भन्नुभयो, ‘त्यतिबेला पनि उनीहरूले एक जनालाई लगेर बेचिसकेका र फेरि अर्कैलाई लग्न लाग्दा भेटाएर पक्राउ गरिएको थियो ।’

प्रकाशित मिति २०८० जेष्ठ २, मंगलवार १७:४० गते
हजुरको प्रतिक्रिया