
पाउँदीबजार(लमजुङ)– कर्मदा सिर्जना मञ्च नेपालको अठ्ठाइसौँ प्रविधि मैत्री मासिक कविगोष्ठी सम्पन्न भएको छ । यहाँ स्थित कर्मदा सिर्जना मञ्च नेपालको अठ्ठाइसौँ प्रविधि मैत्री कविगोष्ठी मञ्चका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा भाग्यशाली अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो कार्यक्रमको विशिष्ट आमन्त्रित डा. बमबहादुर थापा जिताली हुनुहुन्थ्यो । कार्यक्रममा स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुर्याउँदै आइरहेको छ । यस अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, चारु तथा सुसेली रोचक ढ·बाट स्रष्टाहरूले प्रस्तुत गरेका थिए । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका र शृ·ारिक रसले भरिपूर्ण थिए ।
यस अवसरमा रचना वाचन गर्ने कविहरूमा भाग्यशाली अधिकारी, डा. बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, कलानिधि दाहाल, गणेश आत्रेय, ग·ा लिगल, अनमोल शर्मा, खोलाघरे साहिँलो, चुडा निर्भीक, हरिप्रसाद चौलागाई, जनार्दन अधिकारी धड्कन, द्वारिका कुइकेल, जगदीश्वर पोखरेल, दुर्गाप्रसाद सिग्देल, लक्ष्मीप्रसाद मिश्र, ग·ा आचार्य, बिनुबाबा घिमिरे, शम्भु गजुरेल, उत्तम भेटुबा, वीरबहादुर लोहनी, उर्मिला पन्त पाण्डेय, विष्णुहरि भटराई, सूर्यकुमार पण्डित र जानुका थापा आदि हुनुहुन्थ्यो ।
सो अवसरमा वाचन गरिएका रचनाले देशमा वर्तमानमा भइरहेका विषय बस्तुलाई बिम्ब बनाएर रचना गरिएका थिए । कार्यक्रममा प्रमुख आमन्त्रित अधिकारीले कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो । अहिले छन्द सबैको रोजाईको विषय बनिसकेको छ । छन्द बाटिका मौलौएको छ भन्नुभयो । आज वाचित रचनाले मन्त्र मुग्ध बनाए भन्नु भएको थियो ।
कविगोष्टी महकीय थियो । विशिष्ट अतिथि डा. बमबहादुर थापा जितालीले लमजुङले साहित्यमा गरेको योगदानका विषयमा प्रकाश पार्नुभएको थियो । समीक्षक खोलाघरे साहिँलोले वाचन गरिएका सिर्जनाको सुललित ढ·बाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो । सो अवसरमा निर्भीक भएर वाचन गरिएका कविताको गुण दोष केलाउनु भएको थियो ।
कविगोष्ठीको संयोजन समेत गर्नु भएका मञ्चका अध्यक्ष जगदीश्वर पोखरेलले सम्पूर्ण स्रष्टाको गरिमायम उपस्थितिले कविगोष्ठी सफल बनाउनु हुने सम्पूर्ण स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सो अवसरमा मञ्चका उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको गतिविधि प्रस्तुत गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० जेष्ठ २, मंगलवार १८:४८ गते