चेतन कार्कीको प्रथम स्मृति दिवसमा व्यक्तित्व र कीर्तित्वमा परिचर्चा

चेतन कार्कीको प्रथम स्मृति दिवसमा व्यक्तित्व र कीर्तित्वमा परिचर्चा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ३ गते बुधबार ०८:०१

चेतन कार्कीकी नातिनी मदालसाश्री कार्कीले हजुरबाको मुटुको टुक्रा आफू भएको र उहाँको सत् मार्ग पछ्याउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु हुदा समारोहका सहभागीहरू निकै भावुक बनेको थियो ।

प्रतिष्ठानद्वारा ‘चेतन कार्की सर्जक पुरस्कार’को स्थापना गर्ने, स्मृतिग्रन्थ प्रकाशन गर्ने उदघोष

काठमाडौं– वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको दोस्रो पूण्यतिथि तथा प्रथम स्मृति दिवस कार्यक्रमको आयोजना गरी चेतन कार्कीको व्यक्तित्व र कीर्तित्वको परिचर्चा गरियो । सामाजिक विकास समाज अनामनगरमा सो कार्यक्रम जेठ २ गते गरिएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सर्जक गणेश रसिकले चेतन कार्कीको योगदानको विशेष परिचर्चा गर्नु भएको हो । रसिकले कार्कीसँग २०२५ सालमा आफ्नो परिचय भएको बताउनु भयो । आफूले सर्जक कार्कीलाई उहाँको उपन्यास ‘ढलेको गिलास’बाट चिनेको स्मरण गर्नु भयो । उहाँले भन्नुभयो, ‘चेतन दाईमा प्रचुर क्षमता भए पनि उहाँलाई सधैँ पछाडि पारियो । तथापि, स्वाभिमानी चेतन दाइ हमेशा जगका रूपमा खडा हुनुभयो ।’
प्रतिष्ठानकी संरक्षक गंगा कार्कीले चेतन कार्की देशभक्त र भाषासेवी भएको उल्लेख गर्दै कार्कीले विविध क्षेत्रमा पुर्याएको योगदानको परिचर्चा गर्नु भयो ।
कार्यक्रममा वक्ताहरूले चेतन कार्कीसँगका स्मृतिहरू साझा गरेका थिए । सोअवसरमा अभिनेत्री मिथिला शर्मा, वरिष्ठ साहित्यकार उषा शेरचन, वरिष्ठ साहित्यकार, प्राज्ञ चेतन कार्की प्रतिष्ठानको सल्लाहकार उन्नती शीला बोहरा, रामकाजी कोने, प्रेमराजा महत, उषा शेरचन, मोहन निरौला, डा. सुरेन्द्र केसी, वसुन्धरा भुसाल, मुरारि सिग्देल लगायतले कार्कीसँगको सामिप्यता तथा व्यक्तित्वमा र योगदानबारे विशेष मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ कलाकार मोहन निरौलालाई चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित हुनु भएकोमा प्रतिष्ठानकी संरक्षिका गंगा कार्कीले टीका, प्रमुख अतिथि गणेश रसिकले मालालगाएर बधाई ज्ञापन गर्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानले ‘चेतन कार्की सर्जक पुरस्कार’को स्थापना गर्ने, स्मृतिग्रन्थ प्रकाशन गर्ने पनि जानकारी दिइएको चेतन कार्की प्रतिष्ठानका महासचिव मुरारि सिग्देलले बताउनु भयो । उहाँका अनुसार चेतन कार्कीकी नातिनी मदालसाश्री कार्कीले हजुरबाको मुटुको टुक्रा आफू भएको र उहाँको सत् मार्ग पछ्याउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु हुदा समारोहका सहभागीहरू निकै भावुक बनेको थियो ।
उक्त अवसरमा वरिष्ठ कलाकार चैत्यदेवी सिंह, प्रतिष्ठानका सचिव गायिका रितु कंडेल, कोषाध्यक्ष पंकज कार्की, सदस्यहरू साहित्यकार राधेश्याम लेकाली, दिव्य गिरी, प्रमाश्री कार्की, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ गायक संगीतकार प्रदीप बमजन, नारायण ओली, साहित्यकार शरद प्रधान, वरिष्ठ कलाकार रविन्द्र खड्का, नरेन्द्रबहादुर श्रेष्ठ, हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, शंकर भारती, प्रद्युम्न जोशी, भीष्म उप्रेती, सुशीला देउजा, प्रा.डा. सुमन ढकाल, विजय सागर (भैरहवा) सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै, कार्यक्रममा सहभागी हुनेहरूमा कवि राजेश ढुंगाना (झापा), समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्की, निर्मलरमण पराजुली, राजेश खनाल, प्राज्ञ सुभद्रा भट्टराई, पूजा आराधना (विराटनगर), मन्जु गिरी (मोरङ), साहित्यकार डा बुनु दाहाल, डा. शान्ति गिरी, गीता अधिकारी, प्रकाश घायल, पत्रकार अश्विन कोइराला, साहित्यकार विजयध्वज थापा, नीता श्रेष्ठ, मनिला वन्त,उषा के. सी., राज रजक, विक्रमभक्त जोशी, विनोद नेपाल, देविका तिमिल्सिना, शान्ति शर्मा, शब्दाङ्कुरका सम्पादक धीरकुमार श्रेष्ठ, तारा के. सी., रेणु अधिकारी, लेखिका रत्नलक्ष्मी श्रेष्ठ, लेखिका बीना पोखरेल, कृष्ण खनाल, सुदर्शन श्रेष्ठ, विजय जिरेल, लक्ष्मी अप्सरा पाण्डे, गायिका सिर्जना दाहाल, अमला महर्जन, चिरिमाया महर्जन, रश्मी थापा, शोभा गौतम, कवि सूर्य चापागाईं, चलचित्र पत्रकार संघ पूर्वअध्यक्ष विदुर गिरी, वरिष्ठ कलाकार रवि गिरी, वरिष्ठ मेक अप आर्टिस्ट सन्तु तामाङ, कलाकार सुभाष गजुरेल लगायत हुनुहुन्थ्यो ।
चेतन कार्की प्रतिष्ठानका अध्यक्ष वरिष्ठ नायिका मिथिला शर्माको सभापतित्वमा आयोजित कार्यक्रममा चेतन कार्की प्रतिष्ठानका उपाध्यक्ष उपाध्यक्ष वरिष्ठ कलाकार मोहन निरौलाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव मुरारि सिग्देलले गर्नु भएको थियो ।
दुई घण्टाभन्दा बढी सञ्चालित उक्त स्मृति सभामा अन्तिमसम्म दर्शक श्रोताहरू तन्मय भएर कार्यक्रमका गतिविधिलाई अवलोकन गरेका थिए ।

प्रकाशित मिति २०८० जेष्ठ ३, बुधबार ०८:०१ गते
हजुरको प्रतिक्रिया