तीन महिने पञ्चाङ्ग अनलाईन प्रशिक्षण सुरु

तीन महिने पञ्चाङ्ग अनलाईन प्रशिक्षण सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ४ गते बिहिबार ०८:१६

ज्योतिष शास्त्रको संरक्षण गर्नु, पञ्चाङ्गमा भएका सामान्य विषयवस्तुको समेत जानकारी गराउनु र हाम्रा चाडपर्व, व्रत, नक्षत्र, तिथिहरुका बारेमा पूर्ण जानकारी हुन आवश्यक भएकाले पनि यो प्रशिक्षण फलदायी हुने विश्वास गरिएको प्रशिक्षक पण्डितको भनाइ छ ।

अनलाइनमार्फत प्रशिक्षण कार्यक्रम सञ्चालन भएको हुँदा नेपालबाट मात्र नभई विभिन्न देशमा रहनु भएका नेपालीहरू समेत प्रशिक्षार्थी सहभागी

पोखरा– तीन महिने पञ्चाङ्ग अनलाईन प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गीता अध्ययन प्रतिष्ठान पोखराको आयोजनामा सो प्रशिक्षण यहाँ जेठ २ गतेबाट सुरु भएको हो ।
अनलाइनमार्फत प्रशिक्षण कार्यक्रम सञ्चालन भएको हुँदा नेपालबाट मात्र नभई विभिन्न देशमा रहनु भएका नेपालीहरू समेत प्रशिक्षार्थीको रुपमा भाग लिइरहेका छन् । पञ्चाङ्ग (पात्रो) हेर्नमा समेत कतिपय कुराहरू छुट्याउन नसकिने र त्यसबाट उत्पन्न हुने दुविधालाई न्यूनिकरण गर्ने मूल उद्देश्य राखेर गीता अध्ययन प्रतिष्ठान पोखरा कास्कीले पञ्चाङ्ग (पात्रो) हेर्ने प्रशिक्षण कार्यक्रम अनलाइन मार्फत सञ्चालन गरिएको प्रशिक्षक सह–प्राध्यापक ज्योतिष दिनानाथ पण्डितले बताउनु भयो । उहाँका अनुसार ज्योतिष शास्त्रको संरक्षण गर्नु, पञ्चाङ्गमा भएका सामान्य विषयवस्तुको समेत जानकारी गराउनु र हाम्रा चाडपर्व, व्रत, नक्षत्र, तिथिहरुका बारेमा पूर्ण जानकारी हुन आवश्यक भएकाले पनि यो प्रशिक्षण फलदायी हुने विश्वास गरिएको छ ।
सो प्रशिक्षण कार्यक्रमले देश तथा विदेशमा रहेका ज्योतिष अनुरागीहरूमा एकरुपता ल्याउने उद्देश्यले निःशुल्क रुपमा सञ्चालन गरिएको बताउँदै हरेक बुधबार र शनिवार नियमित रुपमा गीताको वाचन र प्रशिक्षण गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिष्ठानकी अध्यक्ष न्यौपानेको नेतृत्वमा भएको यो कार्यक्रमले आफूहरूलाई पञ्चाङ्ग सम्बन्धि ज्ञान दिँदै ज्योतिष विधाको महत्व र आवश्यकताको बोध हुने भएकाले पनि यसमा आफूहरू प्रशिक्षार्थीको रुपमा रहेको प्रशिक्षार्थीहरूले बताएका छन् ।
बौद्धिक एवम् सालिन व्यक्तित्वका धनी प्रशिक्षक पण्डितका धार्मिक कर्मकाण्ड र ज्योतिषसँग सम्बन्धित ४ दर्जन बढी पुस्तकहरू प्रकाशित छन् ।

प्रकाशित मिति २०८० जेष्ठ ४, बिहीबार ०८:१६ गते
हजुरको प्रतिक्रिया