राष्ट्रिय स्वतन्त्र पार्टीको मर्स्याङ्दी गाउँपालिका समिति गठन गर्न आयोजित भेलाको फोटो फिचर

राष्ट्रिय स्वतन्त्र पार्टीको मर्स्याङ्दी गाउँपालिका समिति गठन गर्न आयोजित भेलाको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ८ गते सोमबार ०८:४८

उक्त भेलाले गाउँपालिका समितिका अतिरिक्त तीन वडाका संयोजक तोक्ने काम गरेको छ ।

हामी प्लेनमा विदेश जाने र बाकसमा फर्किने सर्वसाधारणको नियति बदल्न चाहन्छौं : धर्म केसी, जिल्ला संयोजक

लमजुङ– लमजुङमा संगठन विस्तारमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीको मर्स्याङ्दी गाउँपालिका समिति गठन गरिएको छ । भेलाको सो अवसरमा आफ्नो मन्तव्य व्यक्त गर्दै सो दलका जिल्ला संयोजक धर्म केसीले हामी प्लेनमा विदेश जाने र बाकसमा फर्किने सर्वसाधारणको नियति बदल्न चाहन्छौं भन्नुभयो ।
सो अवसरमा बेसीशहर नगरपालिका– ६ का वडाध्यक्ष प्रकाश थापा, वरिष्ठ पत्रकार नवराज पहाडी, लक्ष्मण थापा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । भद्रमोहन थापाको सभापतित्वमा भएको भेलामा थापाकै नेतृत्वमा गाउँ समिति गठन गर्नुका साथै तीन वडाको समिति समेत गठन गरेको छ । उक्त भेलाको फोटो फिचर :

प्रकाशित मिति २०८० जेष्ठ ८, सोमबार २०:४८ गते
हजुरको प्रतिक्रिया