राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा मर्स्याङ्दी गाउँपालिकास्तरीय समिति गठन : अध्यक्षमा भद्रमोहन थापा चयन

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा मर्स्याङ्दी गाउँपालिकास्तरीय समिति गठन : अध्यक्षमा भद्रमोहन थापा चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ९ गते मङ्गलबार ०५:४१

हिजोका दिनमा व्यवस्था परिवर्तन भयो, सर्वसाधारणको अवस्था र नेताहरूको चरित्र बदलिएन, अब हामी अवस्था र चरिब बदल्न चाहन्छौं : धर्म केसी, जिल्ला संयोजक

उक्त भेलाले गाउँपालिका समितिका अतिरिक्त तीन वडाका संयोजक चयन

लमजुङ– लमजुङमा संगठन विस्तारमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीको मर्स्याङ्दी गाउँपालिका समिति गठन गरिएको छ । सो भेलाले सालिन व्यक्तित्वका धनी भद्रमोहन थापालाई पालिका अध्यक्षमा चयन जेठ ८ गते गरेको छ । समितिको उपाध्यक्षमा भीम तामाङ चयन हुनुभएको छ भने सचिवमा चन्द्रप्रसाद घिमिरे, कोषाध्यक्षमा शोभा थापा चयन हुनुभएको छ ।

यसैगरी, समितिको सदस्यहरूमा जीवन थापा, बाबुराम थापा, कुमबहादुर तामाङ, आरोश गुरुङ, राम थापा, बशन्तबहादुर घर्ती र डिलबहादुर सुनार चयन हुनुभएको छ । यसैगरी, वडानं ३ को सभापतिमा दीपक भण्डारी, वडानं– ८ मा भीमप्रसाद घले र वडानं– ९ को सभापतिमा सुदीप अधिकारी चयन हुनुभएको रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटाले जानकारी दिनुभएको छ ।
उक्त भेलाको रास्वपाका जिल्ला संयोजक धर्म के.सी. र सहसंयोजक अशोक सापकोटाले संयुक्त रुपमा घण्टी बजाएर उदघाटन गर्नु भएको थियो । सो अवसरमा आफ्नो मन्तव्य व्यक्त गर्दै सो दलका जिल्ला संयोजक धर्म केसीले हामी प्लेनमा विदेश जाने तर बाकसमा फर्किने सर्वसाधारणको नियति बदल्न चाहन्छौं, हरेक दिन १२, १५ जना नेपाली दाजुभाइहरू बाकसमा फर्किरहेको दर्दनाक अवस्था यसपोर्टमा देख्न सकिन्छ, यस्तो धन्दा बन्द हुनुपर्छ, हामी त्यो पक्षमा छौं भन्नुभयो ।

उहाँले निर्वाचनका बेलामा आफू मत माग्न आउँदा लुकेर भोट त तपाईलाई नै हो तर ऐले हामीलाई नभेट्नु होला, भेटेको भन्ने कतै थाहा नहोस् र फोटो पनि कतै नदेखियोस् भन्ने स्थिति थियो तर आज जुन उत्साहका साथ यहाँहरूको गरिमामय उपस्थिति भएको छ, यो सुखद र उत्साह बर्द्धक छ अब डराउनु पर्ने अवस्था छैन, यो देश बनाउने अभियान हो । आफ्नो बाँकी जीवन र भावि सन्ततिको भविश्य बनाउने र देश बचाउने अभियान हो, देशका सुशासन कायम गर्न र आफ्नै देशमा केही न केही उद्यम गरेर गरीखाने वातावरण बनाउन हामी लागि परेका छौं ।

परिवर्तन हाम्रै पालामा सम्भव छ र त्यो गर्नु पर्छ हामीले नै गर्ने हो, हामीले नगरे कस्ले गर्छ ? त्यसैले अब जालको पर्दा च्यात्नु पर्छ भन्ने सन्देश यो भेलाले दिन सफल भएको छ उहाँले भन्नुभयो । नेता केसीले हिजोका दिनमा आन्देलन गरेर व्यवस्था बदलियो, हामी नेपालीको अवस्था बदलिएर र नेताहरूको चरित्त बदलिएन अब मिसन ०८४ मा तपाईहरूको मतले उनीहरूलाई विदा गर्नु पर्छ भन्ने आह्वान गर्ने भयो । उहाँले मेरो विदेशमा राम्रो कमाई भएको जागिर थियो, ऐसआरामको जिन्दगी बिताउन सक्थे तर त्यो सबै छाडेर देश विग्रियो, हाम्रो जिल्ला पनि बिग्रियो अब यसरी बसेर हुन्न भने आफू स्वदेश र गाउँ फर्केर आएको हुँ त्यसैले यो बेला देश र गाउँ समाज बनाउने हो, सबै मिलेर त्यो काम गरौं, सम्भव छ भन्नुभयो । उहाँले लमजुङबासीले अब कम्तिमा एक सय युनिट विद्युत निःशुल्क पाउनु पर्छ हामी त्यो अभियानमा छौं भन्नुभयो । आजसम्म ठूला भनिएका दलले हाइड्रपावरबाट निःशुल्क सेयर पाएका कारणले यसबारेमा बोल्न सकेका छैनन् तर हामी गरेर देखाउँछौं भन्नुभयो ।
सो अवसरमा बेसीशहर नगरपालिका– ६ का वडाध्यक्ष प्रकाश थापाले सर्वसाधारणको चाहना के कस्तो छ भन्ने हाम्रो वडाबासीले व्यवाहारमै देखाइसकेका छौं, अब जिल्लाका बाँकी ७४ वडामा पनि यस्तै अभियान सञ्चालन गर्नु पर्छ भन्नुभयो । उहाँले पुराना पार्टीले देश बनाउन सक्दैनन् भन्ने सिद्ध भइसकेको छ भन्दै नेताहरूकै चरित्रका कारणले देश कंगाल भएको छ, कार्यालयहरूमा गयो भने घुस बिना काम बन्दैन, आधा/एक घण्टामा हुने कामका लागि दिनभर कुर्नु पर्छ, सके त अर्को दिनमासमेत धाउन पर्ने हुन सक्छ, हिजो चप्पल लगाएर हिड्ने नेताहरूको बिना आम्दानी गगनचुम्बी घर के कसरी बने ? अब हामीले उनीहरूलाई सोध्नु पर्छ भन्नुभयो । रास्वपाको पनि नेताहरू निष्पक्ष हुनुपर्छ अन्यथा, हामी आफ्नै पार्टीका नेतालाई पनि बिदा गर्न सक्छौं उहाँले उल्लेख गर्र्दै अबको पालो घण्टीको हो र हुनुपर्छ त्यसका लागि सबै एक जुट होऔं भन्नुभयो ।
यसैगरी, वरिष्ठ पत्रकार नवराज पहाडीले शुभकामना मन्तव्य व्यक्त गर्दै आफूले जिल्लामै बसेर पत्रकारिता गर्नु पर्छ भन्ने मान्यताका साथ पत्रकारिताको थालनी गरेको र आज त्यो अवधारणा स्थापित भएकोमा खुशी छ तर पत्रकारहरूले गर्न सक्ने धेरै काम हुन नसक्दा भने दुःखी छु भन्नुभयो । उहाँले पत्रकार आफैमा मानवअधिकावादी, न्याय र सुशासनको पक्षघर हो तर आफ्नो झण्डै ४३ वर्षको पत्रकारिता जीवनमा प्रायः यी कुराको अनुभूति गर्न नपाएको, यो देशमा न्याय र सुशासन हराएको छ । मावन अधिकार पनि ठूलावडाका लागि मात्र भएको छ भन्नुभयो । उहाँले आजका दिनसम्म मुलुकमा भएको परिवर्तन ठूलाबडा नेताहरू र तिनका लागि आसेपासेलाई मात्र पोस्ने काम भयो, भइरहेको छ अब त्यसता धन्दा बन्द हुनुपर्छ भन्नुभयो । उहाँले भ्रष्टाचारले देश डुङडुङ्ति गह्नाएको छ ।

सुशासन कुन चरीको नाम हो भन्ने स्थिति उत्पन्न भएको छ, सर्वसाधारणको अवस्था भने प्रतिदिन खस्कदो छ । तर, त्यसका बिरुद्धमा कलम चलाउँदा आफ्नो व्यक्तिगत सुरक्षासमेत नहुने स्थिति उत्पन्न भयो, कथित ठूलो भन्ने दलहरूको त्यो अवस्था सिर्जना गरेका छन्, तिनका पछि नलाग्दा न्याय पनि ज्यानको सुरक्षा नहुने, न्याय नपाउने अवस्था उत्पन्न भएको छ, त्यसका विरुद्धमा रास्वपाले चालेको कदम ठीक लागेको र यो दलमा सबै नेपालीको भविष्य छ भन्ने आफ्नो ठम्याइँ रहेको उल्लेख गर्नु भयो । उहाँले ठूला भन्ने दलका नेताहरूले नदीनाला, उद्योग कलकारखाना त बेचेकै थिए अब त हामी सर्वसाधारण नेपालीलाई शरणार्थी बनाएर बेच्न थालेको खुलासा भइरकेको छ भने अब यिनीहरूबाट के आशा गर्ने ? भन्ने प्रश्न गर्दै मुलुकमा सुशासनका लागि रास्वपाको एकलौटी सरकार हुन आवश्यक रहेको छ, त्यसका लागि बेलैमा सबै लागौं भन्नु भयो ।
यसैगरी, मर्स्याङदी गाउँपालिका– ९ का लक्ष्मण थापाले घण्टी पार्टी नै हामी सर्बसाधारणको प्राण हो भन्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले ठूला भन्ने प्रायः सबै दलका लागि मौका दियौं, सबैलाई सत्तामा पुर्याऔं तर कसैले पनि हामी सर्वसाधारणको हीत गरेनन् । त्यसैले अब घण्टीबाट नै हाम्रो भविश्य उज्जल हुन्छ, यसमा लागौं भन्नुभयो ।
भद्रमोहन थापाको सभापतित्वमा भएको उक्त भेलामा उहाँले आफूलाई भाषण उस्तो गर्न नआउने तर काम गर्न भने पछि नपर्ने बताउँदै सबैले देश र गाउँ समाज बनाउन राम्रो काम गर्नु पर्ने र त्यसिका लागि घण्टी पार्टीमा जुट्नु पर्ने बेला आएको उल्लेख गर्नु भयो । उक्त भेलाको सञ्चालन सोही दलका सुन्दरबजार नगर सभापति श्याम के.सी.ले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० जेष्ठ ९, मंगलवार ०५:४१ गते
हजुरको प्रतिक्रिया