बास नेपाल सहितका संस्थाहरूको ऐक्यवबता : महिलाहरूको व्यापक सहभागिता
लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरमा भ्रष्टाचार विरुद्ध विशाल र्याली र सभाको आयोजना गरियो । नागरिक समाजका नाउँमा आयोजना गरिएको उक्त कार्यक्रम जिल्ला सदरमुकाम बेसीशहरमा जेठ ९ गते भएको हो ।
प्रदर्शन र सभामा नक्कली भुटानी सरणार्थी लगायतका भ्रष्टाचार ठूल्ठूला भ्रष्टाचार काण्डका दोषीलाई कडा कार्वाही गर्न सहभागीहरूले जोडदार माग गरेका हुन् । बास नेपाल सहितका संस्थाहरूको ऐक्यवबता जनाएको सो विरोध र्याली र सभामा महिलाहरूको व्यापक सहभागिता थियो ।
मध्याह्नको चर्को घाममा छाता ओढेर भ्रष्टाचारका विरुद्धमा मातृशक्तिको सहभागिता निकैले लोभ लाग्दो थियो ।
स्वतन्त्र नागरिक समाज लमजुङको नेतृत्वमा भएको सो कार्यक्रममा बास नेपाल लमजुङ शाखा लगायत विभिन्न आमा समूह, संघ संस्थाको सहभागिता थियो । बेसीशहरको मनाङे चौताराबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरी जिससमको सभाहलमा पुगेर सभामा परिणत भएको थियोे ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्ने सबै बक्ताहरूले मुलुक दुर्घटनामा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । मुलुकमा सुशासन र शान्ति सुरक्षाको जिम्मेवारी लिएर उपप्रधानमन्त्री, गृहमन्त्री भइसकेका उच्च व्यक्तित्वहरूको योजना र मिलेमतोमा मानव तस्करीले नेपाललाई विश्वमा लज्जित बनाएको उल्लेख गरे । भ्रष्टाचारमा संलग्न कुनै पनि दोषी नउम्किउन र निर्दाेष नफसुन भन्ने विषयमा सबैको खवरदारी थियोे ।
सो अवसरमा स्वतन्त्र नागरिक समाजका जिल्ला संयोजक डा. बालकृष्ण बरालले भ्रष्टाचारका कारणले मुलुक अत्यन्तै संकटको अवस्थामा पुगेकाले सबै जागरुक बन्नुपर्ने बताउनुभयो ।
भ्रष्टाचार विरुद्ध नागरिक समाजका अभियन्ता खेमजंग गुरुङ, नेपाल पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष कृष्ण केसी, सामाजिक व्यक्तित्व जीवनकुमार श्रेष्ठ, फूलबारी आमा समूहका अध्यक्ष कल्पना बोहोरा, जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पनाकार बासुदेव सेढाई लगायतले आ–आफ्ना धारणा सहित मन्तब्यका क्रममा उपरोक्त चिन्ता व्यक्त गर्नु भएको होे ।
स्वतन्त्र नागरिक समाजका जिल्ला संयोजक डा. बालकृष्ण बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन बासुदेव थापाले गर्नुभएको थियोे ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..